-
२०८० आश्विन ४, बिहिबार
एसईई पूरकको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि
काठमाडौं- २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको अनुसार ७५ हजार ८९७ जना (६६.९७ प्रतिशत) को ग्रेड वृद्धि भएको छ । कार्यालयले गत साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धि परीक्षाको नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझे...
-
२०८० आश्विन ४, बिहिबार
साफ यू-१९ च्याम्पियन्सिप : नेपाल पाकिस्तानसँग पराजित
काठमाडौं- नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो । अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो । पहिलो पटक यू-१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुआत गरेको छ । दुई पटकको...
-
२०८० आश्विन ४, बिहिबार
सरकार र आन्दोलनरत शिक्षकबीच भोलि औपचारिक वार्ता हुने
काठमाडौं- सरकार र आन्दोलनरत शिक्षकहरुबीच भोलि औपचारिक वार्ता हुने भएको छ । बिहीबार बिहान र साँझ दुई चरणमा छलफल भए पनि औपचारिक वार्ता भने शुक्रबार हुने भएको छ । बिहीबार बिहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए । साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री...
-
२०८० आश्विन ४, बिहिबार
दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप
सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१...
-
२०८० आश्विन ४, बिहिबार
आवासको अधिकारसम्बन्धी नियमावली जेलियो सिंहदरबारभित्रै
काठमाडौँ, संविधानको धारा ३७ मा ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ’ भनी मौलिक हकका रुपमा आवासको हक राखिएको छ तर कार्यान्वयनमा भने जान सकेको छैन ।आवासको हक कार्यान्वयनमा जान नसक्नुको मुख्य कारण संविधानमा मौलिक हकका रुपमा राखिएका विषयको कानून तीन वर्षमा बनिसक्नुपर्नेमा त्यसो हुन नसक्नु नै हो । संविधानको धारा ३७ ९२० मा ‘कानूनबमोजिम बाहेक कुनैपनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट...
-
२०८० आश्विन ४, बिहिबार
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ
नेपालगञ्ज, बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् । उनीहरुले...
-
२०८० आश्विन ४, बिहिबार
भिआइपीलाई मापदण्ड विपरित दिइएका सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन
काठमाडौं - संसदीय समितिले भिभिआइपी तथा भिआइपीहरुलाई मापदण्ड विपरित दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भिभिआइपी र भिआइपीहरुलाई मापदण्ड विपरित उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले...
-
२०८० आश्विन ४, बिहिबार
आज पनि शिक्षकहरू सडकमा, विद्यालयहरू अनिश्चितकालीन बन्द
काठमाडौं - आजदेखि सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द भएका छन् । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द भएको हो । आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । ‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबारदेखि अनिश्चितकालिन...
-
२०८० आश्विन ३, बुधबार
चितवनका वरिष्ठ पत्रकार ढकाललाई लक्की मिडिया सम्मान
चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले चितवनका वरिष्ठ पत्रकार नवराज ढकाललाई सम्मान गर्ने भएको छ । राजधानी आस्था साप्ताहिक पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक ढकाललाई मिडियाले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड-२०८० तथा सम्मान कार्यक्रम’ मा पत्रकारिता विधातर्फ सम्मानित गर्न लागिएको हो । मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले लामो समयदेखि चितवनमा रहेर...
-
२०८० आश्विन ३, बुधबार
द्रुत बस सेवा सञ्चालन शुभारम्भ
काठमाडौँ– काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन शुभारम्भ गरिएको छ । संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क सडक खण्डमा सुरु गरिएको द्रुत बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरेका हुन् । १३ दशमलव ४ किलोमिटरको उक्त सडक खण्डमा द्रुत बस सेवा सञ्चालनका लागि यसअघि नै मार्किङको काम सम्पन्न भइसकेको छ । द्रुत बस सेवा सञ्चालन...
-
२०८० आश्विन ३, बुधबार
देशभरिका शिक्षकहरुको माइतीघर मण्डलमा प्रदर्शन
काठमाडौं - विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमाथि असन्तुष्टि जनाउँदै देशभरीका शिक्षकहरु भेला भएर काठमाडौं माइतीघरमा आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड...
-
२०८० आश्विन ३, बुधबार
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान
काठमाडौं - एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो । त्यस्तै, नेपालमा सन् २०२३ मा मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहने...


