-
२०८० आश्विन ७, आइतबार
राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु-याउने विश्वास आफूले लिएको बताए। प्रधानमन्त्री दाहालले...
-
२०८० आश्विन ७, आइतबार
चितवनमा ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' असोज २५ गते हुने
मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड-२०८० तथा सम्मान कार्यक्रम’ असोज २५ गते हुने भएको छ । भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा बिहान ११ बजेदेखि हुने कार्यक्रममा देशभरबाट विभिन्न विधाका दुई दर्जन कलाकार सहित स्थानीयस्तरमा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई सम्मानित गरिने जनाइएको छ । आयोजक संस्था लक्की मिडिया हाउस चितवनका...
-
२०८० आश्विन ७, आइतबार
सहर पस्न थाले भोकाएका जङ्गली हात्ती
झापा, झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्नुहुन्थ्यो । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना हो, फुल टिप्दाटिप्दै ऐया पनि भन्न नपाई उहाँलाई जङ्गली हात्तीले लपेटेर किच्यो । जङ्गली हात्तीको आक्रमणमा परेर पन्नादेवीको घटनास्थलमै ज्यान गयो । असार १९ गते अर्जुनधारा–३ की १३ वर्षीया...
-
२०८० आश्विन ७, आइतबार
नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन
काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक ९अर्गानिक० तकारीको हाटबजार सञ्चालनमा ल्याइएको छ । हाजबजार प्रत्येक शुक्रबार र शनिबार लाग्छ । हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस् प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि सञ्चालनमा लाइएको हो । विशेषगरी प्राङ्गारिकरुपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन...
-
२०८० आश्विन ७, आइतबार
राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक
काठमाडौँ, नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ । महाशाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो ।...
-
२०८० आश्विन ७, आइतबार
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
बेइजिङ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुँदै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गर्नुभयो । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ...
-
२०८० आश्विन ६, शनिबार
लक्कि फिल्मी अवार्डमा रेडक्रसकर्मी ढकाललाई मानवीय सेवा अवार्ड
मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले रेडक्रसकर्मी कृष्णप्रसाद ढकाललाई मानवीय सेवा अवार्ड प्रदान गर्ने भएको छ । असोज २५ गते भरतपुरमा हुने ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ मा मानवीय सेवा विधातर्फ ढकाललाई सम्मानित गर्न लागिएको छ । मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले कोभिड सहितका विभिन्न असहज अवस्थामा बिरामीको उद्धार तथा रगतको प्रबन्ध गर्न महत्वपूर्ण...
-
२०८० आश्विन ६, शनिबार
नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित
नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा...
-
२०८० आश्विन ६, शनिबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आजदेखि
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै आज चीन पुगेका हुन् । उनी नेपाली समय अनुसार विहान १० बजे हाङजाओ विमानस्थलमा ओर्लिएका हुन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा चीन भ्रमणमा पुगेका उनी करिब एक साता लामो भ्रमणमा रहनेछन् । प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका प्रस्थान...
-
२०८० आश्विन ५, शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट
काठमाडौँ– संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकाकी फस्ट लेडी जिल बाइडेनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरेका छन् । उनले भने, ‘अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यानो...
-
२०८० आश्विन ५, शुक्रबार
शिक्षक र सरकारबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौं - तीन दिनदेखि आन्दोलनरत शिक्षकहरु र सरकारबीच सात बुँदे पत्रमा सहमति भएको छ । शुक्रबार दिउँसो गृहमन्त्रालयमा शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले तयार पारेको सात बुँदे मस्यौदापत्रमा दुई पक्षबीच सहमति भएको । उक्त सहमतिसँगै शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने पनि समझदारी भएको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई पक्षबीच...
-
२०८० आश्विन ५, शुक्रबार
शिक्षकहरू तेस्रो दिन पनि आन्दोलनमा
काठमाडौं - शिक्षकहरूको तेस्रो दिनको आन्दोलन सुरू भएको छ। आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। माइतीघर मण्डादेखि नयाँ बानेश्वरसम्म सवारी साधन चलेका छैनन्। संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध शिक्षकहरूले मंगलबारदेखि जारी छ। अहिले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरू र सरकारबीच तेस्रो चरणको वार्ता जारी छ। सिंहदरबारमा सरकारका मन्त्रीसहितको टोली र आन्दोलनको नेतृत्व...


