-
२०८० आषाढ २२, शुक्रबार
ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन्ः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताउनुभएको छ । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उहाँले सामाजिक, आर्थिक रुपान्तरणमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । “राजनीतिक परिवर्तनपछि जनताको जीवनमा गुणात्मक परिवर्तन हुनुपथ्र्यो, त्यसो हुन सकेको छैन”,...
-
२०८० आषाढ २१, बिहिबार
एलओडी पुगेकी नाबालिग बलात्कृत, सञ्चालकविरुद्ध पक्राउ अनुमति
ललितपुर - काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको हो । यो घटना जेठ ३१ गते बिहानको हो । एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन...
-
२०८० आषाढ २१, बिहिबार
एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले...
-
२०८० आषाढ २१, बिहिबार
परेन पानी सुरु भएन रोपाइँ
बाँकेमा पर्याप्त वर्षाद् नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी नपरेका कारण धान रोपाइँ सुरु नभएको जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकोले धान रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ । जानकी गाउँपालिकाको साइगाउँ, बेलभार क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण...
-
२०८० आषाढ २१, बिहिबार
बजारमा नेपाली आँपकै एकछत्र राज
फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप...
-
२०८० आषाढ २१, बिहिबार
‘प्रधानमन्त्री प्रचण्ड सदैव सङ्घीय संसद्प्रति जवाफदेही हुनुहुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको दाबी गर्दै यस विषयमा...
-
२०८० आषाढ २१, बिहिबार
नारी टिभी उद्घाटन समारोह
नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा नारी टेलिभिजन एचडीले आफ्नो प्रशारण प्रारम्भ गरेको छ । नारीहरुको नसुनिएका कथा, नारी उत्पीडनको व्यथा, समाजका नारीहरुको भुमिका र महत्व, समाज परिवर्तनमा नारीहरुको अग्रसरता यस्तै आदि कुराहरुलाई नारी टिभिले आफ्नो मुख्य उद्देश्य राखेको छ । बाजुराको बुढीगंगा नगरपालिका, वडा नम्बर १० मा बृहत कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिक रुपमा प्रशारणमा आएको छ । करिब १ लाख...
-
२०८० आषाढ २०, बुधबार
काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा बस्नेत
गृहमन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहनुभएका बस्नेतलाई काठमाडौँको सिडिओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि...
-
२०८० आषाढ २०, बुधबार
कामपामा सबैभन्दा धेरै आगलागीका घटना
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौँ महानगरपलिकामा तीन सय ९९ विपद्का घटना घटेका छन् । यसमा सबैभन्दा धेरै आगलागिका घटना रहेको कामपाले जानाएको छ । ती घटनामध्ये एक सय ६२ आगलागीका घटना भएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कामपा क्षेत्रभित्र ग्यास चुहाव भएर हुने आगलागी र बत्तीको पोलमा हुने आगलागीका घटना बढी छ ।...
-
२०८० आषाढ १८, सोमबार
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
काठमाडौं - पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको सोमबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य मूल्य घटाएको हो। मूल्य घटेसँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइने भएको छ । निगमद्वारा जारी विज्ञप्तिअनुसार पहिलो वर्गअन्तर्गत चारआली,...
-
२०८० आषाढ १८, सोमबार
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा : गठबन्धन
काठमाडौं - सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा काँग्रेसलाई नेतृत्व दिने भएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशमा गठबन्धनबाट काँग्रेस ठूलो दल भएकाले कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा...
-
२०८० आषाढ १८, सोमबार
डि सिने अवार्डको एकै वर्ष तीन संस्करण
छाँयाछवि क्रियशनद्वारा वर्षेनी आयोजना गर्दै आइरहेको चलचित्र पुरस्कारको कार्यक्रम डि सिने अवार्डको १३ अौं र १४ अौं संयुक्त रुपमा सोमबार सम्पन्न भएको छ भने १५ अौं संस्करण पनि यसै वर्षको कार्तिक तिर हुने कुरा अायोजक समितिका अध्यक्ष शान्तिप्रियले बताउनु भएको छ । सोमबार राजधानीको रसियन हाउसमा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा अध्यक्ष शान्तिप्रियले बताउनु भए अनुसार विश्वभर फैलिएको कोभिड महामारीको...


