-
२०८० आषाढ १५, शुक्रबार
ढल्यो कोशीमा एमाले नेतृत्वको सरकार
काठमाडाैँ - नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । तर कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसेको छ । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीले...
-
२०८० आषाढ १५, शुक्रबार
मलेसियालाई हराउदै नेपाल समूह विजेता
काठमाडौं - मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो। मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए । कप्तान मोहम्मद आलिफले १५ तथा मुहम्मद...
-
२०८० आषाढ १५, शुक्रबार
पिम नेपाल फिल्म फेस्टिभलमा " प्रकाश ” सर्वोत्कृष्ट
आर्यन सिग्देलले जिते सर्वोत्कृष्ट अभिनेता अवार्डं पावर इन्टरनेशनल मिडियाको आयोजनामा हालै सम्पन्न पाँचौ पिम नेपाल फिल्म फेस्टिभलमा बहु प्रशंसित चलचित्र " प्रकाश ” सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको छ । यसै चलचित्रका लेखक विकास सुबेदी बेस्ट राइटर अवार्ड जित्न सफल भए । नेपालको एकमात्र समावेशी चलचित्र महोत्सवको रुपमा विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको पिम नेपाल फिल्म फेस्टिभल असार १३ गते आरम्भ...
-
२०८० आषाढ १५, शुक्रबार
इच्छुमती सफाइ सुरु
काठमाडौँ महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने इच्छुमती ९टुकुचा० नदी सफाइ गर्न सुरु गरेको छ । कमलादीबाट नेशनल ट्रेडिङसम्म सफाइ सुरु गरिएको हो । सफाइसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार इच्छुमतीको दायाँबायाँ चाररचार मिटर खुला भाग छोड्नुपर्ने मापदण्ड कायम गराउन वडाले पहल सुरु गरेको वडासदस्य वीरेन्द्र महर्जनले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रमा पर्ने इच्छुमती...
-
२०८० आषाढ १५, शुक्रबार
पञ्चेबाजासहित महानगरद्वारा रोपाइँ
राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वडानं १२ स्थित बखरीमा सामूहिक रोपाइँ गरेको छ । पञ्चेबाजासहित गरिएको रोपाइँ कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, आर्थिक विकास समिति संयोजक श्याम घिमिरे, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हीरालाल कामत, वडासदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनीतिक दलका स्थानीय नेता, समाजसेवी, टोल सङ्गठनमा...
-
२०८० आषाढ १५, शुक्रबार
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
बिहीबार मध्याह्नदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो । साँझ ५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएसँगै केही बेरमा ढुङ्गासहित पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो । सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय...
-
२०८० आषाढ १४, बिहिबार
मनाइयो बकर ईद
काठमाडाैँ - मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली...
-
२०८० आषाढ १४, बिहिबार
नमाज पाठ गरी मनाइयो बकर ईद
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी...
-
२०८० आषाढ १४, बिहिबार
भक्तपुरमा ‘रोजगार मेला’
मध्यपुरथिमि नगरपालिकाले स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘मेरो वृत्ति मेरो खोजी, मेरो सीप भविष्यको दीप’ भन्ने नाराका साथ ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार’ मेला आयोजना गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लामै पहिलो पटक स्थानीय जनशक्तिलाई तत्कालै स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको...
-
२०८० आषाढ १४, बिहिबार
पाँचौं पिम फिल्म फेस्टिभलमा नेवाः फिल्म " उच्च शिक्षा ”
काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिभल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिभलको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रथम उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सव चलिचत्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको कामना गरे...
-
२०८० आषाढ १३, बुधबार
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ ।उहाँ यही असार २ गते अस्पतालमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा उपचारपछि आज दिउँसो निवास फर्कनुभएको हो । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सक, परामर्श...
-
२०८० आषाढ १३, बुधबार
चलचित्रमा रङ्गकर्मी
रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत पर्नुहुन्छ । उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन् । लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजी हुँदा प्रायः लेखक र निर्देशक पनि...


