STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आषाढ १३, बुधबार

    भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि  दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । “कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति...

  • २०८० आषाढ १२, मंगलबार

    चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

    काठमाडौं - चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । उनी आज दिउँसो २ : ३० बजेको फ्लाइटमा नेपाल आइपुगेको अध्यागमन विभागले पुष्टि गरेको छ । उनी बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएको विभागका निर्देशक खिमराज भुषालले जानकारी दिए । उनीसहित अरु ६ जना पनि आएका छन् जसमा एकजना महिला रहेकी छन् । ज्याकमा टुरिष्ट भिसा लिएर नेपाल भित्रिएको विभागले जनाएको छ । ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका...

  • २०८० आषाढ १२, मंगलबार

    विमानस्थलमा यात्रुको बिदाइमा एक जना र स्वागतमा ३ जना मात्रै जान पाइने

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो । ठाउँको सीमितता र भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयलले...

  • २०८० आषाढ १२, मंगलबार

    बालेनसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

    काठमाडौं - उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीशहरू गोकर्ण डाँगी र जगदीश घिमिरेको इजलासले प्रमुख शाहसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगर्नु/नगराउनु यथास्थितिमा राख्नु भनी...

  • २०८० आषाढ १२, मंगलबार

    ललिता निवास प्रकरणमा पक्राउ परेका ३ जना रिहा

    काठमाडौं - ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना रिहा भएका छन् । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी रिहा भएका हुन् । प्रहरीले उनीहरुलाई कागज गराएर रिहा गरेको हो । स्टे–अर्डरमा पक्राउ नगर्न आदेश दिइएको अवस्थामा कागज गराएर छाडिएको बताइएको छ। मंगलबार रिहा भएका तीन जनासहित ७...

  • २०८० आषाढ १२, मंगलबार

    असार १४ गते सार्वजनिक बिदा

    काठमाडौं - नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद (ईद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने...

  • २०८० आषाढ १२, मंगलबार

    " चोभार ब्लुज ” लगायत उत्तम आख्यान पुरस्कारका लागि तीन कृतिहरुको नाम सार्वजनिक

    साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार – २०७९’ का लागि अन्तिम सूची प्रकाशित गरिएको छ । जसअनुसार विक्रम भक्त जोशीको निकथा सङ्ग्रह ‘चोभार ब्लुज’ पर्न सफल भएको छ । पहिलो पुस्तकको रूपमा आख्यान लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को अन्तिम सूचीमा ‘चोभार ब्लुज’ पर्न सफल भएको हो । पुरस्कारको अन्तिम सूचीमा...

  • २०८० आषाढ १२, मंगलबार

    चितवन खबर पत्रिकाले राजधानीमा मनाए वार्षिकोत्सव

    चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो  १२ ओँ वार्षिकोत्सव काठमाडौँमा एक भव्य कार्यक्रम गरेर मनाएको छ । चितवनका सकृय सन्चारकर्मि हरि कार्की लकिको नेतृत्वमा स्थापित लक्की मिडिया हाउसबाट छापा पत्रकारिताको क्षेत्रमा एक दशकभन्दा अगाडि देखि अनवरत रूपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक...

  • २०८० आषाढ १२, मंगलबार

    कीर्तिपुरमा उदाहरणीय कार्यक्रम : क्यारिअर टक–शिक्षा अभिमुखीकरण

    कीर्तिपुर/कीर्तिपुर नगर पालिका १० वडा कार्यालयको सहकार्यमा कीर्तिपुर नगरपालिका १० वडास्थित तःननी दाफा खलःको आयोजनामा तथा १० वडाकै सनस्टार क्लब र द लोकल्स किपूको सह–आयोजनामा एसईई तथा प्लस टु परीक्षा दिइबसेका विद्यार्थीहरु लक्षित कार्यक्रम क्यारिअर टक २०८० शिक्षा अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । असार ९ गते शनिबार कीर्तिपुर ९ वडा नयाँबजार पांगा जाने दोबाटोस्थित कृष्ण क्याटरिबको...

  • २०८० आषाढ १२, मंगलबार

    खुवाको ‘हब’ बन्दै चुच्चेखोला

    हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गर्नु भएको हो । उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोस अझै घटेको छैन । उहाँ अहिले पनि बिहान ५ देखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त हुनुहुन्छ । खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही...

  • २०८० आषाढ १२, मंगलबार

    बसुन्धरामा फेला फरेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको राससलाई जानकारी दिनुभयो । उक्त वस्तु आज बिहान ८।३० बजे फेला परेको थियो । रासस  

  • २०८० आषाढ १२, मंगलबार

    कक्षा ११ काे भर्ना शुल्क पेस गर्न सबै निजी विद्यालयलाई कामनपाकाे निर्देशन

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । कामपाले सूचना जारी गर्दै सबै निजी विद्यालयहरुलाई यही असार मसान्तसम्म कुनकुन शीर्षकमा कति शुल्क लिने हो उक्त विवरण पेस गर्न भनेको हो । कामपाको शिक्षा ऐन २०७५ को दफा २७, ९९० बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय...

Pages