-
२०८० आषाढ ७, बिहिबार
मेयर शाहले सुनाए काम र उपलब्धि
काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो नेतृत्वमा हालसम्म गरिएका काम र प्राप्त उपलब्धि सुनाएका छन्, र आगार्मी बर्षका लागि गर्न आँटेका योजना र कामहरुको फेहरिस्त पेस गरेका छन् । निकै महत्व र अर्थपूर्ण छ मेयर बालेन शाहको आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रमका क्रममा उपलब्धि र आगामी योजनाका बारेमा दिएको आजको विवरणहरु । मेयर बालेन र काठमाडौं महानगर केन्द्र सरकार, प्रदेश सरकार देखि...
-
२०८० आषाढ ७, बिहिबार
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग
उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् ।ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको विरोध गर्दै हाल आलुप्याजलगायतका सामानको आयातामा भन्सार बिन्दुमै नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर एक दशमलव पाँच र १३ प्रतिशत भ्याट थप हुँदा यस्ता वस्तुमा २३ दशमलव पाँच प्रतिशत कर लाग्ने भएको...
-
२०८० आषाढ ७, बिहिबार
कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली...
-
२०८० आषाढ ७, बिहिबार
साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्ला अदालतबाटै किनारा
अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज बनेको छ । नेपाल प्रहरीले सरकारले गरेको निर्णयले पीडितको सास्ती अली कम हुने र प्रहरीलाई पनि होलो हुने बताएको छ । उच्च अदालत पाटनले पनि चेक ‘बाउन्स’को...
-
२०८० आषाढ ७, बिहिबार
पशुपति अध्ययन केन्द्र स्थापना गरिँदै
पूर्वीय दर्शनका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पशुपति क्षेत्रमा पशुपति अध्ययन केन्द्र स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले प्रस्तावित गुरुयोजनामा समेत पशुपति अध्ययन केन्द्र स्थापना गर्ने अवधारणा अघि सारेको छ । गुरुयोजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट पारित भई मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको जनाइएको छ । नेपाल वेद विद्याश्रमसँगै निर्माण गरिने अध्ययन...
-
२०८० आषाढ ६, बुधबार
ललितपुरमा योग दिवस मनाइयो
ललितपुरमा योग र योगासम्बन्धी अभ्यास छलफल गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर, यस क्षेत्रमा काम गर्दै आएका सङ्संस्था, प्रहरी, कर्मचारी र समाजसेवीको अगुवाइमा दिवस मनाइएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार सन् २०१५ देखि सुरु भएको यो दिवस हरेक वर्ष जुन २१ मा मनाइन्छ । यसवर्ष ‘मानवताका लागि योग’ मूल नाराका साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस...
-
२०८० आषाढ ६, बुधबार
चार प्रतिशत बालबालिकामा दृष्टिदोष
नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ । अर्विसको आर्थिक सहयोगमा सङ्घले सञ्चालन गरेको उक्त परियोजनामार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार चार सय ६० बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो । सन् २०१८ देखि २०२२...
-
२०८० आषाढ ६, बुधबार
‘मेयर उम्मेदवारको टिकट पाउने सम्भावना छ’ : समाजसेवी राजकमल महर्जन
कीर्तिपुरको सन्दर्भमा, अब फेरि पनि कीर्तिपुरलाई लालकिल्लाको रुपमैं फर्काउने पहल पनि भइरहेको छ । यसमा सम्पूर्ण जनसमुदायहरुमा अपील पनि गर्दछु कि, निश्चिन्त हुनुहोस्, पहिलेको गल्ती दोहोरिने छैन, अब आउने समयमा कीर्तिपुर लालकिल्लाको रुपमै परिणत हुनेछ । कीर्तिपुर/‘राजाको कमल...राजकमल । तर, म जनताको कमल...जनकमल भई कीर्तिपुर र कीर्तिपुरबासीको हकहित एवं विकासको लागि राजनीतिमा होमिएको छु ।’ यो भनाई हो,...
-
२०८० आषाढ ५, मंगलबार
सुदूरपश्चिमका मन्त्री सिंहको दुर्घटनामा मृत्यु
काठमाडौँ - बझाङमा भएको गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते मन्त्री सिंहसहित पीएसओ (प्रहरी हवल्दार) दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका...
-
२०८० आषाढ ५, मंगलबार
राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा पेस मेकर राखिएको हो । राष्ट्रपति पौडेलको मुटुको चाल बेलाबखत कम हुने गरेकाले पेस मेकर राखिएको अस्पतालले विज्ञप्ति जारी गरी जनाएको छ । शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका हो ।...
-
२०८० आषाढ ५, मंगलबार
झुटा विवरण दिएको आरोपमा घोराही सिमेन्टलाई कारवाही गरिने
काठमाडौं – घोराही सिमेन्ट ईन्डष्ट्रिजले सर्वसाधारणका लागि आईपिओ खुलाएको एक साता पनि नहुँदै स्थगित भएको छ । कम्पनीले सर्वसाधारणलाई ठग्ने योजना सहित फर्जी आईपिओ भराएको भन्दै सीडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी गराएपछि धितोपत्र बोर्डले आईपिओ रोक्ने निर्णय गरेका हो । कम्पनी घाटामा गएको थाहा पाएका कर्मचारी र स्थानीयले समेत पैसा कुम्ल्याएर भाग्छन् कि भन्ने डरले खरिद नगरेको आईपिओ सर्वसाधारणका लागि...
-
२०८० आषाढ ५, मंगलबार
चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, चार अर्ब बढी जरिवाना
काठमाडौं - विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो । विशेष अदालतका अनुसार तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना भएको छ ।...


