-
२०८० आषाढ ९, शनिबार
"द योगिनी" डकुमेन्ट्रीको प्रोमो र पोस्टर अष्ट्रेलियामा रिलिज
नेपाल मण्डलमा बौद्ध शिक्षाको अध्ययन अध्यापन त अभ्यास गर्ने प्राचीन परम्परागत केन्द्र बहा बहीको उद्गम स्थलको रुपमा रहेको भनी इतिहासकारहरुले इंगित गरेको काठमाडौंको पुर्वी उत्तर क्षेत्रमा रहेको गुंबहा: ( गुंबिहार) र त्यहाँ रहेको बज्रयोगिनी सहित अन्य चार योगिनीको तथ्यहरुलाई बुनेर तयार पारिएको डकुमेन्ट्री द योगिनीको प्रोमो र पोस्टरको अष्ट्रेलियाको सिड्नी शहरमा एक कार्यक्रमका बीच रिलिज गरिएको छ ।...
-
२०८० आषाढ ८, शुक्रबार
उपप्राध्यापक चलाउनेले ताेडे अनसन
काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आज अनसन तोडेका छन्। पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनसन बस्दै आएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले चलाउनेलाई दही खुवाएर अनसन तोडाएका हुन् । मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी सङ्घ (विसङघ)का कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनसन...
-
२०८० आषाढ ८, शुक्रबार
मनसुन प्रणाली देशभर फैलियो
काठमाडौं - गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट आगमन भएको थियो । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिन असार ८ गतेदेखि १०...
-
२०८० आषाढ ८, शुक्रबार
वीर अस्पतालमा आजदेखि निःशुल्क शय्या
काठमाडौं - वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए। उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए। उनका अनुसार...
-
२०८० आषाढ ८, शुक्रबार
आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गरिने
काठमाडौं - उच्च अदालत पाटनको आदेशसँगै नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गर्ने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गर्ने जानकारी दिएको हो । विज्ञप्तिमा शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने पनि भनिएको छ । संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आदिपुरुषबाहेक अन्य स्वदेशी तथा...
-
२०८० आषाढ ८, शुक्रबार
प्रत्यक्ष प्रश्नोत्तरमा प्रधानमन्त्रीले दिए १३ सांसदका प्रश्नका उत्तर
काठमाडाैं - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए । विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात विषयमा सांसदले जिज्ञाशा राखेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले सरकार किसानका सामस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी आवको बजेट...
-
२०८० आषाढ ८, शुक्रबार
नेपालभाषा अध्ययन गर्ने छात्राहरुलाई नीलपद्म छात्रवृत्ति दिने घोषणा
नेपालभाषालाई माध्यम भाषाका रुपमा लिएर अध्ययन गर्ने छात्राहरुलाई छात्रवृत्ति दिने उद्देश्यले नीलपद्म छात्रवृत्तिको घोषणा गरिएको छ । वरिष्ठ मानवअधिकारकर्मी तथा पूर्व स्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरकी धर्मपत्नि नीलशोभा तुलाधरको पहिलो पुण्य तिथिको सन्दर्भ पारेर छात्रवृत्तिकालागि नीलपद्म अक्षयकोष खडा गरिएको कुरा परिवारले जनाएको छ । नेपालभाषालाई माध्यम भाषा बनाएर पठनपाठन हुने जगत सुन्दर ब्वनेकुथिमा...
-
२०८० आषाढ ७, बिहिबार
रास्वपाको एक वर्षको यात्रा सौहार्दपूर्ण : रवि लामिछाने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले नेपाली समाज परिवर्तनका लागि तयार भएको आफूहरुले पाएको बताए । पार्टी सुरुवात गर्दा नागरिकले आफूहरुलाई विश्वास गरेको तर उक्त विश्वास मतपत्रमा देखिन्छ वा देखिदैन...
-
२०८० आषाढ ७, बिहिबार
काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश
काठमाडौं - उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । चलचित्र संघका कानुन व्यवसायी जयलाल भण्डारीका अनुसार यो...
-
२०८० आषाढ ७, बिहिबार
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं - उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासमा भएको छलफलपछि मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन् । चलाउनेको तर्फबाट अधिवक्ता...
-
२०८० आषाढ ७, बिहिबार
नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित
काठमाडौं - आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपाल दुई पटककाे विश्वविजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएर नेपाललाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो। तर, नेपालले उक्त चुनौती सामना गर्न असमर्थ रह्यो ।...
-
२०८० आषाढ ७, बिहिबार
राष्ट्रियताको सवालमा अदालतलाई मान्दिनँ : बालेन साह
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा कुनै पनि अदालत र कानूनको कुरा नमान्ने बताएका छन् । काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश दिएलगतै उनले यस्तो बताएका हुन् । उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवाल आउँदा कुनै कानून र अदालत नमान्ने बताए । मेयर साहले आफूलाई भारतीय चलचित्रकाे प्रदर्शन राेक्दा स्टन्ट...



