STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० बैशाख ५, मंगलबार

    देशभर ६४ स्थानमा डढेलो

    काठमाडौं– काठमाडौं उपत्यकासहित देशका अधिकांश ठूला सहरमा घाम लागिरहेको छ तर, मौसम धुम्म देखिन्छ। सास फेर्न गाह्रो भएजस्तो हुने, नाकका प्वाल पोल्ने र आँखा पिरपिराए जस्तो हुने क्रम केही दिनदेखि चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलमा प्रदूषणको मात्रा अधिक हुँदा यस्तो भइरहेको हो। देशका विभिन्न स्थानमा डढेलो लाग्दा मौसममा खराबी आएको बताइएको छ। अहिले हावाहुरी चल्ने समय हो। जमिनको धुलो...

  • २०८० बैशाख ५, मंगलबार

    मिटरव्याजपीडितको समस्या समाधान नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने लिङ्देनको चेतावनी

    काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि हिजो (सोमबार) निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सना समेत गरे ।...

  • २०८० बैशाख ५, मंगलबार

    काठमाडौँ–तराई मधेस द्रुतमार्गको अवलोकनमा प्रधानमन्त्री प्रचण्ड

      काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार निर्माणाधीन काठमाडौँ—तराई मधेश द्रुर्तमार्गको अवलोकन गरेका छन् । मंगलवार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरवको सो परियोजनाको अवलोकन एवं निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री दाहालसँगै...

  • २०८० बैशाख ५, मंगलबार

    आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक: प्रधानमन्त्री प्रचण्ड

      काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीतिगत एवम व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् । आजदेखि यहाँ सुरु भएको ‘पावर समिट(२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित...

  • २०८० बैशाख ४, सोमबार

    कांग्रस महामन्त्री गगन थापाद्धारा भित्तेपात्रो विमोचन

    चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसल कै चर्चित सन्चार गृहको रूपमा रहेको लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०८० को भित्तेपात्रो प्रकाशनमा ल्याएको छ । सो भित्तेपात्रोको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रमकाबीच भरतपुरमा विमोचन गर्नुभएको हो । विमोचनपछि थापाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेकोले लक्की मिडिया हाउसलाई थप सफलताको शुभकामना दिनुभयो ।...

  • २०८० बैशाख ४, सोमबार

    व्यवसायी महर्जनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

    काठमाडौं - नेपाल मदिरा व्यवसायी महासंघको आगामी नेतृत्वको लागि पाटन ललितपुरका मदिरा व्यवसायी मुकुन्द महर्जनले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । महासंघको यही बैशाख ८ र ९ गते काठमाडौंमा आयोजना हुन लागेको १७ औं साधारणसभा तथा १२ औं महाधिवेसनमा देशभरका मदिरा व्यवसायीहरुले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै व्यवसायी महर्जनद्वारा विहीबार जारी...

  • २०८० बैशाख ४, सोमबार

    कोरोनाबाट फेरि १ को मृत्यु, १०४ जनामा संक्रमण पुष्टि

      काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको निधन भएको हो । १ हजार ६ सय ३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जनामा कोरोना देखिएको थियो । यस्तै, १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना देखिएको थियो । पीसीआर र एन्टीजेन दुवै परीक्ष गर्दा कूल १०४ जनामा...

  • २०८० बैशाख ४, सोमबार

    वायुसेवा निगमले तीन जहाज खरिद गर्ने

    काठमाडौं -राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि...

  • २०८० बैशाख ४, सोमबार

    स्मार्ट टेलिकमको लाइसेन्स खारेज

    काठमाडौं -बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्मार्ट टेलिकमको सम्पक्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । प्राधिकरणले स्मार्ट टेलिकमलाई बक्यौता रकम...

  • २०८० बैशाख ४, सोमबार

    प्रधानन्यायाधिश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति

    काठमाडौं - प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न छिटोभन्दा छिटो संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार बसेको सभामुखसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठकले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संवैधानिक परिषद्को...

  • २०८० बैशाख ४, सोमबार

    सिंहदरबारभित्रको फोहोर नउठेपछि काठमाडौं महानगरविरुद्ध सर्वाेच्चमा रिट

    काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । काठमाडौं महानगरले सिंहदरबारभित्रको फोहोर नउठाएपछि आइतबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका हुन् । दर्ता भएको रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटमा जनस्वास्थ्यमा गम्भीर असर परेको अधिवक्ता...

  • २०८० बैशाख ३, आइतबार

    सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद घोटाला : मुद्रण केन्द्रका कार्यकारी निर्देशकविरुद्ध मुद्दा

    काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा नौजनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। उनका अनुसार उनीहरूविरुद्ध रु ६९ करोड माग दाबी गर्दै मुद्दा दायर गरिएको हो। निर्देशक पौडलसहित सीडीआई...

Pages