STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० बैशाख ३, आइतबार

    एमाले अध्यक्ष ओली अस्वस्थ

    काठमाडौं - भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।” आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन...

  • २०८० बैशाख ३, आइतबार

    बालकोटमा ढिस्कोले पुर्दा एकको मृत्यु

      भक्तपुर - कौशलटार–सिरुटार जाने सडक खण्डको भित्री बस्ती नयाँ ढल खन्दा माटोको ढिस्कोले पुरिँदा आज अपराह्न एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भीर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाइटस्थित भित्री बस्तीमा नयाँ ढल विस्तारका लागि खाल्डो खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्को खसेर पुरिँदा सुनसरी गढी गाउँपालिका–२ घर भई हाल बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको...

  • २०८० बैशाख ३, आइतबार

    वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम

    काठमाडौं– सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन...

  • २०८० बैशाख ३, आइतबार

    मन्त्रिपरिषद् विस्तार : परराष्ट्रमन्त्रीमा एनपी साउद नियुक्त

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत...

  • २०८० बैशाख ३, आइतबार

    काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा पहिलो नम्बरमा

    काठमाडौं - हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ । यो समाचार तयार पर्दा सम्म काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले १९४ छ । यसअघि बिहान काठमाडौं प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको थियो । अहिले झनै प्रदुषण बढेर पहिलो नम्बरमा पुगेको छ । एक्युआई १५० भन्दा माथि भएमा...

  • २०८० बैशाख २, शनिबार

    शताब्दी पुरुष सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन

    काठमाडौं - वाङमय शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान ५:१५ मिनेट जाँदा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  ‘बिहीबारदेखि उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ८४ वर्षसम्म संस्कृतिविद् सत्यमोहन जोशीसँग सहयात्रा गरेकी राधादेवी लामोसमयदेखि विभिन्न रोगको उपचारमा...

  • २०८० बैशाख १, शुक्रबार

    २०८० मा कुन दिन के को सार्वजनिक बिदा ?

    काठमाडाैँ– नेपाल सरकारको गृह मन्त्रालयले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि संवत् २०८० साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्मको सार्वजनिक एवम् पर्व बिदाहरूको सूचना प्रकाशन गरेको छ । १) नयाँ वर्ष – बैसाख १ गते शुक्रबार । २) विश्व मजदुर दिवस – (मे १) – बैशाख १८ गते सोमबार । ३) बुद्ध जयन्ती – बैशाख २२ गते शुक्रबार । ४) राई, लिम्बू, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्व – चण्डी...

  • २०८० बैशाख १, शुक्रबार

    उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

    काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो । तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो । अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा...

  • २०८० बैशाख १, शुक्रबार

    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीले दिए २०८० सालकाे शुभकामना

    काठमाडौं– नयाँ वर्ष विस २०८० सालको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख र दलका नेताहरुले छुट्टाछुट्टै रुपमा शुभकामना व्यक्त गरेका छन् । यसै अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गर्दै राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण...

  • २०८० बैशाख १, शुक्रबार

    आजबाट विक्रम सम्वत २०८० साल शुरु

    काठमाडाै– आज विक्रम सम्वत् २०८० सालको पहिलो दिन। नयाँ वर्ष २०८० साल आजदेखि सुरु भएको छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै...

  • २०८० बैशाख १, शुक्रबार

    सर्वोच्चलाई प्रधानमन्त्रीको १३ बुँदे लिखित जवाफ

    काठमाडौं - सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत आज सर्वोच्च अदालतमा बुझाइएको प्रधानमन्त्रीको १३ बुँदे लिखित जवाफमा आफूविरुद्ध दायर गरिएको रिट निवेदनमा कुनै पनि संवैधानिक आधार र कारण नभएकाले खारेज गर्नुपर्ने उल्लेख छ । “नेपालको संविधानको धारा १७ को...

  • २०८० बैशाख १, शुक्रबार

    मेरो सांसद पद खारेज भएकै छैन : ढाकाकुमार श्रेष्ठ

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साधारण सदस्य र सांसद दुबैबाट निष्कासनमा परेका डा. ढाकाकुमार श्रेष्ठले आफ्नो सांसद पद खारेज नभएको बताएका छन् । बिहीबार कानुन व्यवसायीसँग परामर्श गरेपछि उनले संविधान र कानुनअनुसार आफ्नो सांसद पद यथावत नै रहेको बताएका हुन् । तर, रास्वपाको संसदीय दलका नेता तथा डोलप्रसाद अर्यालले भने श्रेष्ठलाई कारबाहीपश्चात् नयाँ सांसद नियुक्तिको प्रक्रिया अघि बढाउन...

Pages