STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७९ जेठ २२, आइतबार

    पेट्रोलपम्पमा ग्यास विस्फोट हुँदा दुई घाइते

    काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।     घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्ने १८ वर्षीय दीपककुमार शाह घाइते भएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझ ५ बजेको समयमा इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने...

  • २०७९ जेठ २२, आइतबार

    टेकुको कनक पेट्रोल पम्पमा विस्फोट, दुईजना घाइते

    काठमाडौं - काठमाडौंको टेकुमा रहेको एक पेट्रोल पम्पको इन्धन राख्ने ट्यांकी विस्फोट भएको छ । उक्त विस्फोटमा परी दुई जना घाइते भएका छन् । टेकुस्थित कनक पेट्रोल पम्पको ट्यांकीमा विस्फोट भएको हो । इन्धन राख्ने ट्यांकी वेल्डिङ गर्ने क्रममा विस्फोट भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले जानकारी दिए । मट्टितेल राख्ने गरिएको पुरानो ट्यांकी वेल्डिङ गर्ने क्रममा विस्फोट...

  • २०७९ जेठ १९, बिहिबार

    नवनिर्वाचित चाँगुनारायण ७ का वडाध्यक्ष श्रेष्ठविरूद्ध पक्राउपुर्जी जारी

    काठमाडौं - भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष निर्वाचित भएको हप्तादिनमै श्यामकृष्ण नायजु श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी तथा फौजदारी आरोपमा उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिएको हो । वडा अध्यक्ष श्रेष्ठविरुद्ध सरकारी जग्गा बैना गरी कीर्ते गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । सोही आधारमा प्रहरीले अनुसन्धानका लागि अदालतको स्वीकृतिमा पक्राउ पुर्जी...

  • २०७९ जेठ १७, मंगलबार

    श्रीमान्–श्रीमती मृत फेला

    कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् । श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । उहाँले घटनाको प्रकृति हेर्दा...

  • २०७९ जेठ १७, मंगलबार

    सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

    पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो ।     प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घटनामा परेको एक दिनपछि मात्रै हिमालको फेदीको सानुसरेमा जहाज ठोक्किएर दुर्घटना भएको घटनास्थल...

  • २०७९ जेठ १६, सोमबार

    हराएकाे तारा एयरकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियाे

    काठमाडौं - तारा एयरकाे हराएकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाे वनाइएकाे छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हाे । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएका जानकारी दिए । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा...

  • २०७९ जेठ १३, शुक्रबार

    जावलाखेलमा रेनु दाहाल सवार गाडी दुर्घटनामा, घाइते दाहाल खतरामुक्त

    काठमाडौं - भरतपुरका नवनिर्वाचित मेयर रेनु दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।  नेकपा माओवादीका...

  • २०७९ जेठ १३, शुक्रबार

    नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बुलेटमा आगलागी

    नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा युपि १७ एटि ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी भएको हो ।बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी...

  • २०७९ जेठ १०, मंगलबार

    बलात्कार आरोपी पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने

    काठमाडौं - सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । पीडितको बयानपछि पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हाे ।गत बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी युवतीले मानवबेचिबखन तथा ओसारपसार...

  • २०७९ जेठ ८, आइतबार

    मकवानपुर जिप दुर्घटनामा चारजनाकाे मृत्यु

    काठमाडौं - मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा शनिबार चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ । आठजना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही...

  • २०७९ जेठ ७, शनिबार

    आठ वर्षअघिकाे बलात्कार आराेपमा स्वयम्भूबाट एकजना पक्राउ

    काठमाडौं - आठ वर्षअघि (२०१४) को मिस इन्टरनेसनल ग्लोबल नेपाल प्रतियोगितामा सहभागी भएकी युवतीलाई बलात्कार गरेको अभियोगमा आरोपी मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धानबाट खटिएको टोलीले पाण्डेलाई शनिबार स्वयम्भूबाट पक्राउ गरेको हो । पाण्डेमाथि होटलमा बोलाएर बलात्कार गरेको पीडित युवतीले टिकटक भिडियोमार्फत भनेकी छन् । उनले २० वटा भिडियो बनाइ आफूमाथि यौनहिंसा गर्ने पाण्डेलाई कारबाही...

  • २०७९ जेठ ७, शनिबार

    याैनहिंसाका दाेषीलाई कारबाहीकाे माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं - सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ। प्रतियोगितामा भाग लिएकी एकजना किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको हो। पीडितले नाम नै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही...

Pages