STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७८ चैत्र २९, मंगलबार

    अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

    अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेको प्रहरीले जनाएको छ । हातहतियार बोकी ज७प ७९३२ नंको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट...

  • २०७८ चैत्र २१, सोमबार

    ग्याँस सिलिन्डर पड्किँदा ३ बालबालिकाको मृत्यु

    काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर पड्किँदा ३ जना बालबालिकाको ज्यान गएको छ ।  आइतबार बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास सिलिन्डर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृत्यु हुनेहरुमा १० वर्षीय इशाक तामाङ, ६ वर्षीय सरगम तामाङ र साढे २ वर्षीया दिव्या तामाङ रहेकी छिन् । प्रहरीका अनुसार ग्याँस लिक हुँदा दुर्घटना भएको हो ।

  • २०७८ चैत्र १६, बुधबार

    टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

    गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो ।घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै  मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको...

  • २०७८ चैत्र १५, मंगलबार

    बम पड्किँदा दुईजना घाइते

    काठमाडौं - सुनसरीको इटहरी-२ स्थित नव जागृति टोलमा गए राति साढे १० बजेतिर सुतली बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । विष्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । घाइते दुवैको अहिले उपचार भइरहेको छ । थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ‘...

  • २०७८ चैत्र १३, आइतबार

    यात्रुबाहक बस पल्टिंदा ४ को मृत्यु, ३२ घाइते

    काठमाडौं - सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना भएको छ । आज आइतबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार रहेका अन्य ३२ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको...

  • २०७८ चैत्र ११, शुक्रबार

    पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    काठमाडौं - तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई रु एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए । जोशी धरौटी...

  • २०७८ चैत्र ४, शुक्रबार

    पल शाहविरुद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायरड

    काठमाडौं - अभिनेता पल शाहविरुद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेकाे हो ।एक किशोरीले दिएको जाहेरीका आधारमा अनुसन्धानपछि अभियाेगपत्र दायर गरिएकाे हाे । शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो । कानुनको उक्त दफामा १८ वर्षभन्दा कम उमेरकी...

  • २०७८ फाल्गुण २७, शुक्रबार

    भक्तपुरमा घाँटी रेटेर महिलाकाे हत्या घटनामा दुईजना पक्राउ

    काठमाडौं - भक्तपुरमा एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछें बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भई हाल भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल छन् । काभ्रेपलाञ्चोक,...

  • २०७८ फाल्गुण २६, बिहिबार

    सङ्खुवासभा बस दुर्घटना : उपचारका क्रममा थप एक जनाको मृत्यु

    सङ्खुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । उपचारका लागि हेलिकोप्टरबाट धरान लगिएकी मादी नगरपालिका–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो ।

  • २०७८ फाल्गुण २६, बिहिबार

    सङ्खुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु

    खाँदबारी - सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटनाग्रस्त भएकाे छ । मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । आज बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । स्थानीयका अनुसार बसमा करिब १९...

  • २०७८ फाल्गुण २४, मंगलबार

    चाबहिलको सिरक-डसना स्टोरमा भीषण आगलागी

    काठमाडौं - मंगलबार साँझ ८ बजे काठमाडौं महानगरपालिका–६ चाबहिल, सरस्वतीनगरस्थित सिरक-डसना स्टोरमा भीषण आगलागी भएको छ। गोपीकृष्ण हलको पछाडि रहेको सिरक-डसना बनाउने ठाउँमा भीषण आगलागी हुँदा वरिपरिका घरमा समेत क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। आगलागी नियन्त्रणका लागि चार वटा दमकल पुगेको र आगो नियन्त्रण लिने काम भइरहेको बताइएको छ । आगलागी कसरी भयो भन्नेबारे खुलेको छैन ।

  • २०७८ फाल्गुण २४, मंगलबार

    उपत्यकामै ‘जब सेन्टर’ खोलेर ठगी

    काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा केही व्यक्तिले ‘जब सेन्टर’ खोलेर ठगी गरेका छन् । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गरेको पाइएको हो । घरमै बसी जागिर मिल्छ भनी झुटा प्रचारप्रसार गर्ने गरेका पनि फेला परेको प्रहरीले उक्त सूचनामार्फत सम्पर्कमा आएका व्यक्तिलाई त्यसका सञ्चालकले जागिरका लागि...

Pages