अपराध-दुर्घटना
-
२०७८ मङ्सिर २०, सोमबार
गोली लागेर मृत्यु
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप...
-
२०७८ मङ्सिर १४, मंगलबार
ट्यांकर पल्टिँदा डिजेल थाप्नेकाे भीड
१४ मंसिर, दाङ - २० हजार लिटर डिजल बोकेको एक ट्यांकर घोराही उपमहानगरपालिका–३ चौपट्टा नजिक दुर्घटनाग्रस्त भएको छ । डिजल बोकेको ट्यांकर पल्टिँदा डिजल पोखिएको छ । लगत्तै डिजल भर्न स्थानीयको भिड लागेको छ । सोमबार बेलुकादेखि नै डिजल भर्नेको भिड लागेको हो । प्रहरीले डिजल भर्न रोक लगाएको भएपनि स्थानीयले नमानेको, जर्किन र ठूला ड्रम बोकेर दुर्घटना स्थलमा गएर थापेका छन् । नेपालगञ्जबाट घोराही स्थिति...
-
२०७८ मङ्सिर १२, आइतबार
जाजरकोट बस दुर्घटनामा पाँच जनाको मृत्यु, २९ घाइते
काठमाडाैं, १२ मंसिर- जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको बस बराहचौर नजिक दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार गए राति भएकाे दुर्घटनामा पाँच जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको डीएसपी थापाले...
-
२०७८ मङ्सिर ८, बुधबार
भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्काल
८ मंसिर, भक्तपुर - चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेक सर्ट र झोलाका आधारमा प्रहरीले कङ्काल पहिचानको...
-
२०७८ मङ्सिर ८, बुधबार
कांग्रेसको मतगणनास्थलमा गोली चल्यो
८ मंसिर २०७८, बुधबार, काठमाडौ - नेपाली कांग्रेसको नेतृत्व चयन गर्न मतदान भएको प्युठानमा मतगणनाका क्रममा गोली चलेको छ । कांग्रेसका कार्यकर्ताले गोली चलाउदा २ जना प्रहरी घाईते भएका छन । नेतृत्व चयनका लागि भएको मतगणनाका क्रममा देउवा पक्षले हार्ने निश्चित भएपछि मतगणना भइरहेको स्वर्गद्धारी क्याम्पसको च्यानलगेट फुटाएर मतदानस्थलमा जान लागेका देउवा पक्षिय कार्यकर्तालाई प्रहरीले रोक्न खाजेपछि उनीहरुले...
-
२०७८ मङ्सिर ७, मंगलबार
कीर्तिपुर ३ वडा ज्येष्ठ नागरिक देश दर्शन भ्रमणको क्रममा नवलपुरस्थित सिजि धाममा जंगली माहुरी आतंक
नवलपुर/कीर्तिपुर नगरपालिका ३ वडा कार्यालयद्वारा आयोजित पाँचौं पटकको ज्येष्ठ नागरिक देश दर्शन भ्रमणको क्रममा नवलपुरस्थित चौधरी ग्रुपद्वारा निर्मित सिजि धाममा जंगली माहुरी आतंक भएको छ । मंसीर ३ गते लुम्बिनी पुगी ४ गते भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिर दर्शन गरी फर्केको उक्त भ्रमण टोली मंसीर ५ गते दिउँसो करिब १२ बजेतिर नवलपुरस्थित सिजि धाम भ्रमणको लागि पुगेको थियो । सिजि धाम छिर्नासाथ जंगली ...
-
२०७८ कार्तिक ३०, मंगलबार
मुगुको गमगढी बजारमा भीषण आगलागी
मंगलबार, कात्तिक ३० - मुगुको गमगढी बजारमा भीषण आगलागी भएको छ । गए राति पुरानो गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर पूर्ण रूपमा नष्ट भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । राति साढे १२ बजेतिर आगलागी सुरु भएको हो । आगो निभाउने प्रयास अहिले पनि जारी रहेको महतले बताए । उनले आगलागीमा मानवीय क्षति भएकाे जानकारी अहिलेसम्म प्राप्त नभएकाे बताए । आगो नियन्त्रणमा लिन जोडिएका घरहरू...
-
२०७८ कार्तिक २९, सोमबार
मुस्ताङ हिमपहिरो : खोँच नभएको भए ठूलो मानवीय क्षति हुथ्यो
२८ कात्तिक काठमाडौँ - मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आज बिहान अप्रत्याशित रुमपा ठूलो हिउँ पहिरो खस्यो । बस्तीभन्दा निकैमाथि पहिरो खसे पनि त्यसको असर बस्तीसम्मै आइपुगेको थियो । “बीचमा पर्ने ठूलो खाँेच नभएको भए, ठूलो मानवीय क्षति नै हुन्थ्यो”, प्रत्यक्षदर्शीसमेत रहनुभएका उक्त वडाका अध्यक्ष नरप्रसाद हिराचनले रासससँगको कुराकानीमा भन्नुभयो । उक्त खोँचमा अहिले हिउँको पहाड आएर...
-
२०७८ कार्तिक २३, मंगलबार
मोरङ कारागारमा कैदीबन्दीबीच झडप
२३ कात्तिक, विराटनगर - जिल्ला कारागार मोरङमा मंगलबार बिहान कैदीबन्दीबीच दोहोरो झडप भएको छ । विराटनगरको हाटखोलामा रहेको साे काररागारमा दुई पक्षबीच बिहान १० बजेतिर झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार आन्तरिक प्रशासनप्रति कैदीबन्दीले असन्तुष्टि व्यक्त गरेपछि दोहोरो झडप भएको पाइएको छ । कारागारका चौकीदार र नाइकेको समूहसँग अरु कैदीबन्दीको झडप भएको...
-
२०७८ कार्तिक ४, बिहिबार
बाढीपहिरोबाट मृत्यु हुनेको संख्या सय नाघ्यो
काठमाडौँ - अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार साँझसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो । साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा...
-
२०७८ कार्तिक ३, बुधबार
विराटनगर एयरपोर्टमा बाढी पस्यो, सबै उडान स्थगित
३ कात्तिक २०७८ - विराटनगर - अविरल वर्षाले केशलिया खाेलामा आएकाे बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । विमानस्थलभित्र सबै स्थान जलमग्न भएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए । एयरपोर्टकाे धावनमार्गमा पनि डेढफिटसम्म पानी जमेकाे छ । टर्मिनल भवनभित्र पनि पानी जमेकाे छ । खरेलले भने, ‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ ।’ उनका...
-
२०७८ कार्तिक ३, बुधबार
शुक्लाफाँटामा एकाविहानै हात्तीले आक्रमण गर्दा दम्पतीको मृत्यु
३ कात्तिक २०७८ - महेन्द्रनगर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल...


