STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७८ फाल्गुण २३, सोमबार

    काेइला बाली सुत्दा नवजात शिशुसहित एकै परिवारमा पाँचकाे मृत्यु

    काठमाडौं - ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४, नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सोमबार चार जनाको घरभित्रै र अचेत भेटिएका दुई दिने नवजात शिशुको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ । । उनका अनुसार नवजात शिशुसहित अन्दाजी ५५ वर्षीया घरमुली काइली स्याङताङ, उनकी बुहारी २२ वर्षीया सुष्मा, नाति ९ वर्षीय आशिष र नातिनी ५ वर्षीया आश्माको मृत्यु...

  • २०७८ फाल्गुण २२, आइतबार

    बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित

    काठमाडौं - बलात्कार आरोपमा पक्राउ पर्नुभएका सांसद मोहन बानियाँलाई निलम्बन गरिएको छ । प्रतिनिधिसभाको बैठकले आइतबार उहाँलाई निलम्वन गरहेको हो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकबाट सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराउनुभयो । एक महिलाले बलात्कारको उजुरी दिएपछि उहाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहनुभएको उहाँमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • २०७८ फाल्गुण २२, आइतबार

    तनहुँकाे हार्डवेयर गोदाममा आगलागी

    काठमाडौं - तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आगलागी भएको छ ।  भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।  आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । 

  • २०७८ फाल्गुण २०, शुक्रबार

    लुटपाटमा संलग्न आठजना पक्राउ

    नेपाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शङ्कर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै...

  • २०७८ फाल्गुण १८, बुधबार

    पशुपतिमा पुल भत्किँदा दुई जना घाइते

    काठमाडौं - काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको छ । प्रहरीका अनुसार शिवरात्रीको दिन मंगलबार ७ लाख बढी...

  • २०७८ फाल्गुण १६, सोमबार

    नयाँ वानेश्वरमा भेटिएकाे प्रेसर कुकर "बम" नक्कली

    काठमाडाैं- काठमाडौंको बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ । सोमबार बिहान संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो ।  कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । कुकुरभित्र इँटाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताए । उनले प्रेसर कुकर तर्साउनका लागि राखिएको र कुकरभित्र...

  • २०७८ फाल्गुण १५, आइतबार

    पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने

    काठमाडौं - अभिनेता पल शाहले आजै प्रहरीसामु आफैं उपस्थित हुने दावी गरेका छन् । सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै शाहले यस्तो दावी गरेका हुन् । उनले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले समयमै प्रहरीसामु उपस्थित हुन नसकेको बताएका छन् । प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफी समेत मागेका छन्। 'मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार...

  • २०७८ फाल्गुण ११, बुधबार

    सञ्चालकद्वारा सहकारीका ६ करोड हिनामिना, गठी कसुरमा अनुसन्धान सुरु

    काठमाडौँको पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ । उनीहरुले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।     रकम दुरुपयोग तथा हिनामिना गर्नेमा सहकारीका...

  • २०७८ फाल्गुण ५, बिहिबार

    ठमेलबाट मूर्ति चोरी गर्ने दुई पक्राउ

    फागुन ४, काठमाडौं - नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश बागदासलाई बुधबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले...

  • २०७८ फाल्गुण ४, बुधबार

    प्य्राङ्कको नाममा नागरिकलाई सास्ती र हैरानी दिने पक्राउ

    फागुन ४, काठमाडौं - नेपाल प्रहरीको साइबर ब्युरोले प्य्रांक गर्दै हिँड्ने प्य्राङ्कस्टर आकाश सेढाइँलाई पक्राउ गरेको छ । प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्युरोले पक्राउ गरेको जनाइएको छ । झापा विर्तामोडका सेढाइँले ८ वर्षअघिदेखि प्य्राङ्क भिडियो बनाउँदै आएका थिए । उनी नेपालका सबैभन्दा पुरानो प्य्राङ्कस्टरमध्येमा पर्छन् । उनले युट्युब च्यानलमा पछिल्लो...

  • २०७८ फाल्गुण ४, बुधबार

    बन्दको अवज्ञा गरेको भन्दै कृषि मन्त्रालयको गाडी तोडफोड

    काठमाडौं - बन्दको अवज्ञा गरेको भन्दै सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् । बन्दकर्ताले ढुंगा प्रहार गर्दा ००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको जनाइएको छ । काठमाडौंबाट सुदूरपश्चिम प्रदेश जाँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा...

  • २०७८ माघ २६, बुधबार

    सौताको हत्या गरेको आरोपमा महिला पक्राउ

    माघ २६, काठमाडौं - हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् ।   महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो । पक्राउ...

Pages