अपराध-दुर्घटना
-
२०७९ जेठ ७, शनिबार
डाेटीमा बस दुर्घटना, ५ जनाकाे अवस्था गम्भीर
काठमाडौं - अछामतर्फ गइरहेकाे बस आज बिहान डाेटीमा दुर्घटनाग्रस्त भएकाे छ । दुर्घटनामा परी घाइते भएका १२मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको...
-
२०७९ जेठ ७, शनिबार
हावाहुरीले मेचीनगरमा क्षति
मेचीनगर नगरपालिका–७ मा गए राति हावाहुरीसहितको वर्षा आउँदा कुखुराको खोर ढलेर किच्दा एक मजदुर घाइते भएका छन् । कुखुरा फार्मका एक हजार ८०० ब्रोइलर चल्लासमेत मरेका छन् । हुण्डरीले बिजुलीका पोलमाथि रुख ढालेका कारण मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध भएको छ । पाक्न लागेको मकैबाली ढलेका छन् । मेचीनगर वडा नं ७ को रौनिका कृषि तथा पशुपालन फार्मका कर्मचारी साजन लिम्बू कुखुराको खोर ढलेर घाइते भएका...
-
२०७९ जेठ ७, शनिबार
डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता
डोटीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । कैलालीबाट अछामका लागि...
-
२०७९ बैशाख ३०, शुक्रबार
स्याङजामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु
काठमाडौँ - स्याङजामा शुक्रबार भएको जिप दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिप अनियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप...
-
२०७९ बैशाख २८, बुधबार
कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौंको कलंकी चोकमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल...
-
२०७९ बैशाख १४, बुधबार
थिमिस्थित स्यानिटरी गोदाममा आगलागी
काठमाडौं - मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल...
-
२०७९ बैशाख १०, शनिबार
आगलागीमा चार बालबालिकाको मृत्यु
काठमाडौं- आगलागीमा परेर जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँका चार जना बालबालिकाको मृत्यु भएको छ । तीन जना बेहोस अवस्थामा भेटिएका छन् । आगलागी शुक्रबार राति ११ः४५ बजेतिर भएको हो । आगलागीमा परेर मानसिं सार्कीका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो । आगोले सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश तथा भान्जी १४ वर्षीया तिर्सना सार्कीको मृत्यु...
-
२०७९ बैशाख ९, शुक्रबार
अक्सिजन प्लान्ट विस्फोटकाे घटनामा छानबिन समिति गठन
काठमाडौं - ललितपुरमा बिहीबार अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुईजनाको मृत्यु भएको घटना छानबिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति बनाएको छ । छानबिनका लागि मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्य समिति बनाइएको हो । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समितिलाई ७ दिनभित्र घटनाको यथार्थ जानकारी पेश गर्न भनिएको जानकारी दिएको छ । बिहीबार विहान अक्सिजन सिलिण्डर...
-
२०७९ बैशाख ७, बुधबार
मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु
मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२...
-
२०७९ बैशाख ५, सोमबार
भैरवनाथको रथले किचेर वृद्धको मृत्यु
भक्तपुरको बिस्काः जात्रामा भैलः खः ९भैरवनाथको रथ० ले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेका छन् । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले कसपाललाई मृत घोषणा...
-
२०७९ बैशाख ४, आइतबार
पल शाह प्रकरण : नाबालिगले फेरिन् बयान
काठमाडौं - नायक पल शाह (पूर्णविक्रम शाह) ले आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी नाबालिगले अदालतमा आफ्नो बयान फेरेकी छन् । पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएकी हुन् ।...
-
२०७९ बैशाख २, शुक्रबार
एक वर्षमा दुर्घटनामा परी बागमती प्रदेशमा ३६० जनाको मृत्यु
विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२०...


