अपराध-दुर्घटना
-
२०७७ मङ्सिर २३, मंगलबार
लोकसेवा आयाेगको सर्भर ह्याककाे आरोपमा ३ जना पक्राउ
काठमाडौं – लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनामा ३ जना पक्राउ परेका छन् । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानोगाउँका २५ वर्षका विवेक महर्जन, कास्कीको पोखरा महानगरपालिका...
-
२०७७ मङ्सिर २१, आइतबार
खाग तस्करसँग प्रहरीकाे झडपमा गाेली चल्दा एकजना घाइते, दुई पक्राउ
बुटवल-७ सुख्खानगरमा खाग तस्करसँगकाे झडपमा आइतबार बिहान साढे ९ बजे गाेली चल्दा एकजना गम्भीर घाइते भएका छन् । गैडाकाे खाग तस्करीमा संलग्नताकाे आशंकामा अनुसन्धानका लागि पुगेकाे प्रहरी टाेलीमाथि आक्रमण गर्ने समूहका एकजना घाइते भएका हुन् । संदिग्धहरूले प्रहरीकाे पेस्ताेल खाेसेर गाेली हान्दा आफ्नै साथीलाई लागेकाे प्रहरीकाे भनाइ छ । स्थानीय कलश हाेटलमा गैडाकाे खागसहित संदिग्ध चार बसेकाे खबर पाएपछि...
-
२०७७ मङ्सिर २१, आइतबार
डोटीमा जिप दुर्घटनामा वडासचिवसहित ३ जनाको मृत्यु
डोटी - डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ७ मा म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनक राज पाण्डेले जानकारी दिए। उनका अनुसार दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ कि वडा सचिव मन्जु त्रिपाठी र केआई सिंह गाउँपालिकाका ४० वर्षीय...
-
२०७७ मङ्सिर २०, शनिबार
हुम्लामा जिप दुर्घटनामा चारजनाको मृत्यु
सिमकोट : हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन्। सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।...
-
२०७७ मङ्सिर १९, शुक्रबार
फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन । डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई...
-
२०७७ मङ्सिर १९, शुक्रबार
उदयपुरमा बम विस्फाेट, पाँचजना घाइते
उदयपुर – उदयपुरको कटारी नगरपालिका- ८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राती बम विष्फोट हुँदा पाँच जना मजदुर घाइते भएका छन्। विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा.१.ख.७९९२ नम्बरको स्काभेटर, एक नम्बर नखुलेको मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ भने अन्य तीन वटा स्काभेटरमा क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले जानकारी दिए। राती सात जनाको...
-
२०७७ मङ्सिर १८, बिहिबार
राती हिटर बालेर सुत्दा निस्सासिएर आमा र एक महिनाकी छोरीकाे मृत्यु
काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा आमा एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी बिहीबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको थियाे । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल...
-
२०७७ मङ्सिर १४, आइतबार
चरा ठोक्किएपछि हेलिकप्टर दुर्घटना
नुवाकोट– बागलुङको गलकोट नगरपालिकाबाट काठमाडौंको लागि उडेको हेलिकप्टर नुवाकोटको बेलकोटगडी नगरपालिका–६ मा दुर्घटना भएको छ । कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टरमा चिल चरा ठोक्किदा दुर्घटना भएको हो । हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विरजंग भण्डारी सामान्य घाइते भएका छन् । हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल...
-
२०७७ मङ्सिर ११, बिहिबार
सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
मकवानपुर – मकवानपुर प्रहरीले गण्डकी प्रदेशसभा सदस्य (सांसद) दिपक मनाङेकी श्रीमती दिक्छेनलाई मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार उनलाई हेटौंडाबाट पक्राउ गरेकोे हो । गण्डकीे प्रदेश सांसद दिपक मनाङेकी श्रीमतीलाई कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले देशभर ब्यापक खोजी गर्दा हेटौंडाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक...
-
२०७७ मङ्सिर १०, बुधबार
बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका युवकको मृत्यु
काठमाडाैँ – बर्दिबासमा मंगलबार ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका बर्दिबास- १ का ४३ वर्षीय बुद्धिराज न्यौपाने (सञ्जय)को उपचारको क्रममा गए राति ग्राण्डि अस्पताल काठमाडौंमा मृत्यु भएको हाे । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बासिन्दा बिस्नु बम्जनले...
-
२०७७ मङ्सिर ९, मंगलबार
६ वर्षीया बालिकाको शव फेला, बलात्कारपछि हत्याकाे आशंका
महोत्तरी - महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो । बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका...
-
२०७७ मङ्सिर ८, सोमबार
प्याराग्लाइडिङ दुर्घटनामा चालकको मृत्यु
पोखरा – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु घाइते भएका छन् साेमबार फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । दुर्घटनामा चालक पोखरा महानगरपालिका–२८ घर भई लेकसाइड ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ । यात्रु बूढानीलकण्ठ नगरपालिका–२, काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् । दुघर्टनापछि दुबैलाई...


