राष्ट्रिय
-
२०७७ जेठ ६, मंगलबार
काठमाडौं, भक्तपुर र ललितपुरका समेत गरी २७ जना नयाँ कोरोना संक्रमित
काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुरमा समेत गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । थपिएका २७ जनामध्ये उपत्यकाका मात्र पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र...
-
२०७७ जेठ ६, मंगलबार
पहिलोपटक चिकित्सकलाई कोरोना संक्रमण
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा नेपालमा पहिलोपटक एक चिकित्सकसमेत परेका छन् । ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका थिए । ती चिकित्सक...
-
२०७७ जेठ ६, मंगलबार
स्वास्थ्यकर्मीको सम्पर्कमा आएकामा कोरोना संक्रमण
काठमाडौं – धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका पाँचजना व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको समाचार प्राप्त भएको छ । उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । संक्रमितहरु धनकुटा जिल्ला अस्पतालका एकजना प्रहरी, एकजना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान...
-
२०७७ जेठ ५, सोमबार
कोरोनाले मृत्यु भएकी महिलाको शिशुमा कोरोना नेगेटिभ
काठमाडौं - कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशुमा काेरोना संक्रमण नेगेटिभ पाइएको छ । शिशुसहित मृतक महिलाकी श्रीमान र परिवारका ४ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालले जानकारी दिए । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा...
-
२०७७ जेठ ५, सोमबार
बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बन्दै, नेपालकाे माैसम मंगलबारदेखि प्रभावित हुने
बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेको छ। नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातका कारण मंगलबारदेखि नेपालको मौसम पनि प्रभावित हुने जनाएको छ। ‘हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ,’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन...
-
२०७७ जेठ ५, सोमबार
एकै दिन ५३ जनामा कोरोनाभाइरस संक्रमण
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७...
-
२०७७ जेठ ५, सोमबार
काठमाडौं महानगरपालिका विशेष बैठक कोरोना रोकथाममा केन्द्रित
विजयरत्न काठमाडौं – काठमाडौँ महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग माग गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण सम्बन्धमा जेठ ४ गते बसेको बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा उपत्यका प्रवेश...
-
२०७७ जेठ ५, सोमबार
एकै दिन ८० जनामा संक्रमण, कुल संक्रमित ३७५ पुगे
काठमाडौं – सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित सोमबार रातिसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या...
-
२०७७ जेठ ५, सोमबार
रोल्पाको आइसोलेसनमा एक युवकको मृत्यु
काठमाडौं – रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । काठमाडौबाट आइतबार राति ती युवक रोल्पा पुगेका थिए । ती युवक लामो समयदेखि मृगौला रोगी रहेका थिए । काठमाडौंस्थित शिक्षण अस्पतालबाट डायलसिस गरेर रोल्पा गएको जनाइएको छ । टिचिङ अस्पतालबाट पुगेको र खोकी समेत देखिएकोले ती युवकलाई आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमै ती युवकको मृत्यु भएको हो । मृत्युपछि कोरोनाको आशंकामा मृतकको स्वाब...
-
२०७७ जेठ ५, सोमबार
थप नौ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडौं - नेपालमा थप नौ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितकाे संख्या ३०४ पुगेकाे छ। सोमबार देखिएका संक्रमित रौतहट र बाराका रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। काठमाडौंमा गरिएकाे परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक...
-
२०७७ जेठ ४, आइतबार
कोरोनाबाट मृत्यु भएकी महिला टोखामा बस्थिन्
काठमाडौं – नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी महिला काठमाडौं टोखामा बस्दै आएकी समाचार प्राप्त भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि मात्र श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् । मृतक त्यसयता टोखामा कोठा भाडामा लिएर बस्दै आएकी र ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन्...
-
२०७७ जेठ ४, आइतबार
फेरि थपियो १० जना नयाँ संक्रमित, कूल संक्रमित २९१
काठमाडौं – नेपालमा आइतबार फेरि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो । कोरोना संक्रमितहरुमा रौतहट...


