राष्ट्रिय
-
२०७७ जेठ १, बिहिबार
घरधनीलाई चेतावनी : सुचना लुकाए घर नै सिल हुने, क्वारेन्टाइनको खर्च पनि व्यहोर्नुपर्ने
काठमाडौं – ललितपुर वडा नं. ६ मा अरु जिल्ला वा विदेशबाट फर्किकाहरुलाई प्रवेश निषेध गरिएको छ । ललितपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेर लकडाउनको समयमा अन्य जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् । बहालमा बस्नेहरुलाई आफ्नो घरमा प्रवेश नदिन र वडामा जानकारी गराउन सुचनामा भनिएको छ । कसैले सूचना लुकाए उसको घर नै सिल गर्ने र...
-
२०७७ जेठ १, बिहिबार
शुक्रबारदेखि लकडाउन कडा हुने
काठमाडौं – उपत्यकामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जारी लकडाउनलाई कडा बनाइने भएको छ । गृहमन्त्रायलले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयर, प्रहरी अधिकारीहरुसँग छलफल गरी शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको हो । अब शुक्रबारदेखि आवतजावतको चेकिङमा कडाइ हुने तथा भित्री सहरमा पनि कडाइ गरिने जनाइएको छ । मन्त्रालयले बिहीबारदेखि सबैखाले पास पनि रद्द गरिसकेको...
-
२०७७ जेठ १, बिहिबार
काठमाडौंका ७ वर्षीय बालकसहित थप ३ जनामा संक्रमण पुष्टि
काठमाडौं – काठमाडौंका एक ७ वर्षीय बालकसहित थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसको साथै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । संक्रमितहरु काठमाडौं, चन्द्रागिरी नगरपालिका दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि बिहीबारै कपिलवस्तु निवासी ६ वर्षीया बालिका जो शिक्षण अस्पतालमा उपचाररत...
-
२०७७ बैशाख ३१, बुधबार
थप २४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २४३ पुगे
काठमाडाै - बुधबार थप २४ जनामा बुधबार कोरोना संक्रमण देखिएको छ। आजै मध्यान्न दुई जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना बाँके र अर्का कपिलवस्तुका हुन्। यीसहित बुधबार कुल २६ जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ। बुधबार थपिएका संक्रमितहरु १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थपिएका...
-
२०७७ बैशाख ३१, बुधबार
कपिलवस्तु र बाँकेमा गरी दुईजना नयाँ संक्रमित भेटिए
काठमाडौं । बुधबार कपिलवस्तु र बाँकेमा गरी दुईजना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो । बुधबारै बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका...
-
२०७७ बैशाख ३१, बुधबार
‘उपत्यका आवत–जावतमा थप कडाई गरौँ’ - मेयर शाक्य
विजयरत्न असंबरे कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै उपत्यकाबाट बाहिरिएका नागरिक कतिपय शक्तिको आडमा वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक त विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्सबाट पनि उपत्यका भित्रिने गरेका छन् । उपत्यकामा एकै दिन तीन जना संक्रमित फेला परेपछि अझ उपत्यकाबासीलाई नराम्ररी झस्काई दिएको छ भने यसरी संक्रमित भएकाहरु सबै बाहिरी...
-
२०७७ बैशाख ३१, बुधबार
अस्पतालबाट भागेका संक्रमितमध्ये एक सम्पर्कमा, एकजना बेपत्ता
काठमाडौं – वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोनाभाइरस संक्रमितमध्ये एकजना सम्पर्कमा आएका छन् भने एकजनाको खोजि भइरहेको जनाइएको छ । आइसोलेसन रहेर उपचार गराइरहेका दुईजना संक्रमित राजनाथ यादव र असफर हवारी भागेको अस्पताल स्रोतले जनाएको छ । उनीहरु शौचालयको झ्यालबाट भागेका हुन् । पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् ।
-
२०७७ बैशाख ३०, मंगलबार
लिपुलेकबारे भारतसँग वार्ता गर्न कोरोनाको अन्तसम्म पर्खिन सक्दैनौं : सरकार
काठमाडौं – लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विषयमा वार्ता गर्न नेपाल सरकारले कोरोनाको अन्त पर्खिन नसक्ने जवाफ फर्काएको छ । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे भारतले कोरोनापछि वार्ता गर्ने भने पनि नेपालले वार्ताको लागि पर्खिन नसक्ने जवाफ फर्काएको छ । नेपालले भारतको यस कार्यमा आपत्ति जनाइसकेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा...
-
२०७७ बैशाख ३०, मंगलबार
ललितपुरकी चेली कन्चन अमात्यलाई लन्डनमा सम्मान
काठमाडौं – ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ । उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मूल्यांकन गर्दै उनलाई बेलायतको शाही परिवारले उक्त सम्मान दिएको हो । सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन् । गत वर्ष २०१९ मा अमात्य डायना अवार्ड रोल अफ अनरबाट सम्मानित भइसकेकी थिइन् । उक्त...
-
२०७७ बैशाख ३०, मंगलबार
शताब्दी पुरुषको जन्मोत्सव तथा नइ पुरस्कार स्थगित
विजयरत्न असंबरे विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहन नसकेको अवस्थामा सिर्जित सङ्कटको यो विषम परिस्थितिले गर्दा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आज वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम स्थगित गरेको छ । साहित्यसेवी दम्पती नरेन्द्रराज प्रसाईं र ईन्दिरा प्रसाईको नइ प्रकाशनले देशदेशान्तरका विविधक्षेत्रका...
-
२०७७ बैशाख ३०, मंगलबार
एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपालमा एकैदिनमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म यति धेरै संख्यामा कोरोना पुष्टि भएको यो पहिलोपटक हो । पर्सा जिल्लामा मात्र ३९ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, त्यस्तै कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र बाराका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रायले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । थपिएका...
-
२०७७ बैशाख ३०, मंगलबार
शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश
काठमाडौं – शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । वैशाख ३० गते मंगलबार जोशी १०१ वर्षमा लागेका हुन् । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लागु भएकोले सत्यमोहन जोशीका औपचारिक कार्यक्रमहरु छैनन् । ललिपतुर महानगरपालिकाका उपमेयर गीता सत्यालले लकडाउनका कारण कुनै कार्यक्रम आयोजना नगरिएको बताइन् । जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले...


