relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७७ जेठ ८, बिहिबार

    गुल्मीका कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारत गुल्मीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान ७ बजेर १० मिनेट जाँदा उनको मृत्यु भएको प्रदेशको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले जनाएको छ । गुल्मीको मदाने गाँउपालिका वडा न ६ का ४१ बर्षीय ती बिरामीको अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरको सहायतमा उपचार भइरहेको थियो । सो बिरामीको मृत्युबारे बुधबार पनि समाचार आएका भए...

  • २०७७ जेठ ८, बिहिबार

    थप ९ जनामा कोरोना संक्रमण पुष्टि, टेकु अस्पतालबाट चारजना डिस्चार्ज

    काठमाडौं – नेपालमा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल कोरोना संक्रमितको संख्या ४५३ जना पुगेका छन् । झापामा ८ र रुपन्देहीका एकजना गरी ९ जनामा बिहीबार कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०,...

  • २०७७ जेठ ७, बुधबार

    थप २५ जनामा कोरोना संक्रमण

    काठमाडौं – नेपालमा २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार बाँकेका ६ जना, कपिलवस्तुका १३ जना, नवपरासीका एकजना र धनकुटाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार संक्रमित हुने तीन वर्षीय बालकसहित ४८ वर्षीय पुरुषसम्म छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सातजना महिला र १८ पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।   बाँकेको...

  • २०७७ जेठ ७, बुधबार

    जेठ मसान्तसम्म हवाइ उडान बन्द गर्ने निर्णय

    काठमाडौं – सरकारले घरेलु तथा अन्तर्राष्ट्रिय हवाइ उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लम्ब्याए पनि हवाइ उडानबारे निर्णय गरेको थिएन ।

  • २०७७ जेठ ७, बुधबार

    थप ७ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ४३४ पुगे

    काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक प्राप्त जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

  • २०७७ जेठ ७, बुधबार

    संक्रमितको बसोबास रहेकोले मैतीदेवी क्षेत्र सिल

    काठमाडौं – कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरिएको छ । मंगलबार कोराना संक्रमित पुष्टि भएका रामेछापका व्यक्ति मैतीदेवी क्षेत्रमा बसिरहेकाले उक्त क्षेत्र सिल गरिएको हो । सडकमा डोरी बाँधेर ‘कोरोना प्रभावित क्षेत्र’ लेखी आवतजावतमा प्रतिबन्ध लगाइएको छ । उक्त क्षेत्रमा प्रहरी पनि परिचालित छन् । योसँगै संक्रमितको सम्पर्कमा आएका मैतीदेवी क्षेत्रका मानिसहरुको स्वाब संकलन पनि भइरहेको छ ।...

  • २०७७ जेठ ७, बुधबार

    पोखराका होटल असोजसम्म बन्द हुने

    काठमाडाैं - नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । लकडाउन कतिसम्म जाने हो निश्चित नभएकाे र लकडाउन खोलिहाले पनि...

  • २०७७ जेठ ७, बुधबार

    कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण

    काठमाडौं - काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एकजना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको समाचार प्राप्त भएकाे छ । यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको बुझिएकाे छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । दुवै प्रहरी कर्मचारी ब्यारेकमै बस्दै आइरहेका छन् । ब्यारेकमा ९० जना...

  • २०७७ जेठ ७, बुधबार

    कोरोना संक्रमित विरामीको मृत्यु हल्ला : अस्पताल

    काठमाडौं – गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ । उनको मृत्यु भएको समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको हो । अस्पतालले गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको...

  • २०७७ जेठ ७, बुधबार

    लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिभएको नेपालको नक्सा सार्वजनिक

    काठमाडौं – गत सोमबार मन्त्रिपरिषद्ले पारित गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ । नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ । अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ । यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक...

  • २०७७ जेठ ६, मंगलबार

    फोहोर विसर्जनमा अवरोध भए बल प्रयोग : काठमाडौं प्रजिअ

    ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ‘लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जनमा भएको अवरोधले थप समस्या भएको छ,’ काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले...

  • २०७७ जेठ ६, मंगलबार

    थप ११ जनामा कोरोना संक्रमण

    काठमाडौं – नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबारमात्र ८० जनामा कोरोना संक्रमण पाइएको थियो । यो संख्यामा मंगलबार ११ जना थपिएका छन् । यसअघि आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना...

Pages