STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ बैशाख २०, शनिबार

    ताप्लेजुङमा भीषण आगलागी, ७ घर र ११ पसल जलेर नष्ट

    काठमाडौं – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति भीषण आगलागी भएको छ । बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् । आगो अहिले करिब नियन्त्रण लिइसकेको र आगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी निरौलाको टोली, मेयर र स्थानीयवासी खटेका थिए । घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगालागी नियन्त्रण गर्न...

  • २०७७ बैशाख २०, शनिबार

    सगरमाथाको शिखरमा ५–जी

    काठमाडौं (एजेन्सी)– विश्वको सर्वोच्च शिखर सगरमाथामा ५–जी दुरसंचार सेवा पुर्याइएको छ । चिनियाँ भेगबाट अब सगरमाथा चढ्ने पर्वतारोहीले अब शिखर पुगेपछि तीव्र गतिको ५–जी दुरसंचार सेवाको प्रयोग गर्न सक्नेछन् । चिनियाँ सरकारी माध्यमले शुक्रबार प्रकाशित समाचारअनुसार विश्वकै माथिल्लो भेगमा ५–जीको आधार स्टेशनको सुरुवात गरिएको छ । चिनिया दुरसञ्चार कम्पनी चाइना मोइबालका अनुसार यस आधार स्टेशन ६,५०० मिटरया...

  • २०७७ बैशाख २०, शनिबार

    जाजरकोटमा नुन प्रतिकिलो ६० रुपैयाँ

    जाजरकोट (रासस)– जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन । यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् । कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड...

  • २०७७ बैशाख २०, शनिबार

    महोत्तरीमा अज्ञात रोगबाट ११ को मृत्यु

    काठमाडौं – महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापतिको मृत्यु भएको छ । यस्तै भङ्गाहा वडा नम्बर ६ जमुनियाँका ४८ वर्षीय पलट साह पनि शनिबार मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो । बर्दिवासको मेघरोल र भङ्गाहाको मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि...

  • २०७७ बैशाख १९, शुक्रबार

    वडाध्यक्षमाथि गोली प्रहार

    काठमाडौं – कपिलवस्तु ८ वडाका वडाध्यक्षमाथि गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ । यशोधरा गाँउपालिका ८ वडाका अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि दुईजना अज्ञात व्यक्तिले शुक्रबार राति गोली हानेको जनाइएको छ । आफ्नै घरमा सुतेका वडा अध्यक्षमाथि चार राउण्ड गोली हाने पनि उनलाई गोली नलागेको प्रहरीले जनाएको छ । प्रहरीले एक व्यक्तिलाई घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिई अनुसन्धान अगाडि अघि...

  • २०७७ बैशाख १९, शुक्रबार

    नागढुंगामा डिस्इन्फेक्सन टनेल

    काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा निर्मित ‘डिस्इन्फेक्सन टनेल’को शुक्रबार उद्घाटन भएको छ । चन्द्रागिरी नगरपालिको सहयोगमा सुन्दर यातायात प्रालिले सो टनेल निर्माण गरेको र टनेलको संचालन नागढुंगाका प्रहरीले गर्ने भएको छ । टनेलले गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । टनेलभित्र गाडी प्रवेश...

  • २०७७ बैशाख १९, शुक्रबार

    नेपालमा थप दुईजनामा कोरोना संक्रमण, कुल संक्रमित ५९ जना पुगे

    काठमाडौं – नेपालमा शुक्रबार दुईजना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेका छन् । यीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुईजना कोरोना संक्रमित भेटिएका हुन् । रूपन्देहीका २५ वर्षीय युवक र नेपालगञ्जका ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित...

  • २०७७ बैशाख १९, शुक्रबार

    जेठ अन्तिम साता एसइई गर्न सिफारिस

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सरकारलाई सिफारिस गरेको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो प्रतिवेदन बुझाइएको थियो । २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने कार्यदलले प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा एसईई र कक्षा १२...

  • २०७७ बैशाख १८, बिहिबार

    बुद्धजयन्तीको दिन लुम्बिनीमा २५६४ दीप प्रज्वलन गरिने, अन्य औपचारिक कार्यक्रम स्थगित

    काठमाडौं – यस वर्ष २५६४ औं बुद्ध जयन्तीको उपलक्ष्यमा वैशाख २५ गते वैशाख शुक्ल पूर्णिमाको दिन लुम्बिनीमा २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ । लुम्बिनी विकास कोषले यसबाहेक विश्वव्यापी महामारी बनिरहेको कोरोना संक्रमणको कारण यस वर्ष बुद्धजयन्तीका सबै औपचारिक कार्यक्रम स्थगित भएको जनाएको छ । कोषले यस वर्ष नेपाल सरकारको निर्देशन पालना गरी सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती...

  • २०७७ बैशाख १७, बुधबार

    थप तीनजनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमित ५७ पुगे

    काठमाडौं – नेपालमा थप तीनजना नयाँ कोरोना संक्रमण भेटिएको छ । बुधबार बाराका दुईजना र पर्साको एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् । दिल्लीको एक धार्मिक सभामा सहभागी भएर फर्किएका जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षका पुरुषमा संक्रमण पाेजेटिभ देखिएका छन् ।  आज...

  • २०७७ बैशाख १६, मंगलबार

    नेपालमा कोरोना संक्रमित संख्या ५४ पुग्यो

    काठमाडौं – नेपालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । रौतहटमा दुईजनामा नयाँ कोरोना संक्रमण देखिएपछि नेपालमा कुल कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । यीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकीका विभिन्न अस्पतालमा आइसोलेसनमा राखी उपचार भइरहेको छ । रौतहटका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका छन् ।...

  • २०७७ बैशाख १६, मंगलबार

    उपत्यका आसपासमा नयाँ शहर निर्माण गरिने

    शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ शहर निर्माणका लागि बजेट तर्जुमा गरिने बताउनुभएको छ । मन्त्रालयमा आज सांसदसँगको छलफलमा राज्यमन्त्री मानन्धरले प्रस्तावित टोखा छहरे सुरुङमार्ग, निर्माणाधीन नौबिसे सुरुङमार्ग आदि आयोजनाका साथै वैकल्पिक चक्रपथसहितको नयाँ शहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी...

Pages