राष्ट्रिय
-
२०७७ बैशाख ७, आइतबार
नेपालमा थप एकजनामा कोरोना संक्रमण, कुल संक्रमित ३१ पुग्यो
काठमाडौँ – नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको हो । यसअघि उदयपुरमा १२ जनामा एकैपटक कोरोना संंक्रमण देखिएको थियो । उदयपुरका ६५ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । ती व्यक्ति नेपाली वा भारतीय हुन् भन्ने खुलेको छैन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ भने दुईजना यस संक्रमणबाट निको भएर घर गइसकेका छन् ।
-
२०७७ बैशाख ७, आइतबार
नेपालमा कोरोनाबाट निको हुने चारजना पुगे
काठमाडौं – सेती प्रादेशक अस्पतालमा भर्ना भएका २१ वर्षीय युवक कोरोना संक्रमणबाट निको भएर घर फर्केसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या चार पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ रहेका छन् भने यसबाट अहिलेसम्म कसैकाे पनि मृत्यु भएकाे छैन । यसअघि शनिबार धौलागरी अस्पतालमा भर्ना भएकी ६५ वर्षीय महिला, शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंबाट १९ वर्षीय युवती...
-
२०७७ बैशाख ६, शनिबार
नेपालकी दोस्रो कोरोना संक्रमित निको भएर घर फर्किइन्
काठमाडौं– नेपालीकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत थिइन् । उनी शनिबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमित देखिएका छन् भने तीमध्ये दुईजना संक्रमणबाट...
-
२०७७ बैशाख ५, शुक्रबार
बुढानीकलण्ठमा इटालीबाट फर्किएकी महिलाको र्यापिड टेष्ट पोजेटिभ
काठमाडौं– बुढानीलकण्ठ नगरपालिकामा इटालीबाट आएकी एक महिलाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी)मा एन्टिबडी पोजेटिभ देखिएको छ । नगरपालिकाले विदेशबाट आएकाहरुको आरडिटी टेष्ट सुरु गरेपछि ती महिला आफै परीक्षणको लागि आएका थिए । उनको आरडिटी पोजिटिभ देखिए पनि पिसिआर विधिबाट परीक्षण हुन बाँकी छ । पिसिआर परीक्षणको लागि उनको स्वाब संकलन गरी पठाइएको छ । आरडिटीमा पोजेटिभ देखिएकाहरुको पनि पिसिआर परीक्षणमा...
-
२०७७ बैशाख ५, शुक्रबार
मोरङकी एक युवतीको ‘आरडिटी’ पोजेटिभ
काठमाडौं– कोरोना संक्रमण रोकथामको लागि सरकारले र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी परीक्षण)लाई तिब्र बनाएको छ । यो सँगै यस टेष्टमा पोजेटिभ देखिनेहरु पनि भेटिँदैछन् । यसैक्रममा मोरङकी एक युवतीमा पनि कोरोना भाइरसको एन्टिबडी पोजेटिभ देखिएको छ । २४ दिनअघि भारतको बैंग्लोरबाट फर्किएकी ती युवतीको बिहीबार आरडिटी विधिबाट परीक्षण गरिएको थियो । उनी भारतबाट फर्किएदेखि ‘होम क्वारेन्टाइन’मा बस्दै आएकी थिइन् ।...
-
२०७७ बैशाख ५, शुक्रबार
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई कारवाही गर्न राष्ट्रिय मानव अधिकार आयोगको माग
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनमा अतिआवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा घटनाका दोषी प्रहरीलाई कानूनबमोजिम कारवाही गर्न, घाइतेको निःशुल्क उपचार गर्न तथा सम्पूर्ण प्रहरीलाई संयमित भई कार्य गर्न आयोगले आग्रह गरेको छ । कोरोना भाइरस...
-
२०७७ बैशाख ५, शुक्रबार
एकैदिन १४ नयाँ कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमित संख्या ३० पुग्यो
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को १४ जना नयाँ संक्रमित नेपालमा भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरका १२ जना र चितवनका दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको हो । उदयपुरका संक्रमितमध्ये केही भारतीय रहेको जनाइएको छ । एकैपटक यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएको नेपालमा यो पहिलोपटक हो।
-
२०७७ बैशाख ५, शुक्रबार
घर फर्कन चाहनेलाई उद्धार गर्न समाजवादीको माग
काठमाडौं– कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनको समय काठमाडौंबाट तराई÷मधेस फर्कन चाहने वा पैदल यात्रा गरी बाटोमा विचल्लीमा परेकालाई उद्धार गर्न समाजवादी पार्टीले सरकारसँग माग गरेको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा शुक्रबार (चैत ५ गते) जारी प्रेस विज्ञप्तिमा आ–आफ्ना गृहजिल्ला वा गन्तव्यसम्म पुग्न चाहनेलाई त्यहाँसम्म जानको लागि आवश्यक...
-
२०७७ बैशाख ४, बिहिबार
अनावश्यरुपमा बाहिर निस्किए थुनामा !
काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले वैशाख १५ गतेसम्मको लागि लकडाउन लम्ब्याएको छ । योसँगै लकडाउनलाई अब कडा पार्ने र यसको पालना नगरी अनावश्यक रुपमा निस्किनेलाई थुनामा समेत राख्न सकिने निर्णय सरकारले गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडा गर्ने निर्णय...
-
२०७७ बैशाख ४, बिहिबार
हेटौँडामा चार जनामा ‘आरडिटी पोजेटिभ’
कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो । हेटौँडामा आजदेखि शुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका दुई वडामा ४९ जनाको रगतको नमूना परीक्षण गरिएको थियो । वडा नं ४ मा भने चार जनामा...
-
२०७७ बैशाख २, मंगलबार
लडकडाउन थप्ने सरकारको तयारी, भारतमा वैशाख २१ सम्म लम्बियाे
काठमाडौं– कोभिड १९ कोरोना भाइरस रोकथामको लागि सरकारले वैशाख ३ गतेसम्म लम्ब्याएको लकडाउन पुनः थपिने तयारी हुँदैछ । लकडाउन कति दिन लम्ब्याउने भन्ने विषयमा मंगलबार बैशाख २ गते बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुने एक मन्त्रीले जनाएको छ । ती मन्त्रीले जनाएअनुसार लकडाउन १० दिनसम्म थप्न सकिन्छ । पछिल्लो अवस्था हेर्दा लकडाउन थपिए अझै कडा हुने अवस्था रहेको छ । मंगलबार बिहान ११ बजेदेखि बसिरहेको बैठकमा...
-
२०७७ बैशाख २, मंगलबार
सनसिटी अपार्टमेन्टका दुईमा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या १६ पुग्यो
काठमाडौं– पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुको कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । र्यापिड टेष्टमा सनसिटीमा बसिरहेका एकै परिवारका तीनजनाको परीक्षण पोजेटिभ आएपछि सोमबार उनीहरुलाई पाटन अस्पताल लगिएको थियो । उनीहरुको स्वाब परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा दुईजनामा...


