relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७७ बैशाख २३, मंगलबार

    नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप

    काठमाडौं – लकडाउन उल्लंघनको विषयलाई लिएर नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप भएको समाचार प्राप्त भएको छ । नेपालगञ्जमा आजबाट निषेधाज्ञा जारी भएको छ । नेपालगञ्जमा निषेधाज्ञाबारे प्रहरीले बिहानैदेखि माइकिङ्ग गरिरहेका छन् । निषेधाज्ञाबीच पनि केही स्थानमा स्थानीय बाहिर निस्केका हुन् । यसैबीच निषेधाज्ञा उल्लंघन गर्ने केही व्यक्तिलाई प्रहरीले लाठीले हानेपछि स्थानीयले ढुङ्गामुढा गरेका हुन् । कफ्र्युको...

  • २०७७ बैशाख २३, मंगलबार

    एसईई होइन, आन्तरिक परीक्षा : प्याब्सन

    काठमाडौं – कोभिड–१९ कोरोना भाइरसले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको विकल्प खोज्न सरकारसँग आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै मंगलबार प्याब्सनले एसईईको ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ । ‘‘विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा...

  • २०७७ बैशाख २३, मंगलबार

    काठमाडौंमा फेरि कोरोना ! निकाे भइसकेकाेमा पुनः संक्रमण पुष्टि

    काठमाडौं – कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्केका काठमाडौंका पुरुषमा पुनः संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । गत ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११...

  • २०७७ बैशाख २३, मंगलबार

    लकडाउन लम्बिने संकेत

    काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लगाउँदै आएको लकडाउनलाई निरन्तरता दिने भएको छ । यस विषयमा मन्त्रिपरिषद्को बैठकले थप छलफल गरी निर्णय गर्नेछ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा लकडाउन सकारात्मक रहेको र सरकारले लिएको बाटो सही भएको निष्कर्ष निकालेको छ । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि...

  • २०७७ बैशाख २३, मंगलबार

    बुद्धजयन्तीको साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान

    काठमाडौं – वैशाख २५ गते २५६४ औं बुद्ध जयन्तीको दिन कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन साँझ ७ बजे दीप प्रज्वलनको लागि सरकारले आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो । कोरोना भाइरस महामारीको कारण बुद्धजयन्तीको दिन लुम्बिनीमा हुने भनिएकोे...

  • २०७७ बैशाख २३, मंगलबार

    मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित

    विजयरत्न असंबरे मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित प्रत्येक वर्ष नेपाल संबतको बछलाथ्व १४ तिथिमा मनाइँदै आएको मातृभाषा पत्रकारिता दिवस यो वर्ष हाललाई नहुने भएको छ । विक्रम सम्बत अनुसार यो वर्ष २०७७/०१/२४ गते बुधबार परेको यो दिवसको सन्दर्भमा सम्पूर्ण मातृभाषी पत्रकारहरु मातृभाषा पत्रकारिता दिवस मनाउन उत्साहीत भएता पनि विश्वभर फैलिएको कोभिड १९ को महामारीले नेपाललाई पनि प्रभावित गरेको...

  • २०७७ बैशाख २२, सोमबार

    सात दिनको लागि कर्णाली प्रदेश सिल

    काठमाडौं – सोमबार राति १२ बजेदेखि लागु हुने गरी सात दिनको लागि कर्णाली प्रदेश सिल गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश सरकारले सिलको निर्णय लिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश ५ र सुदूरपश्चिम प्रदेशसँग जोडिएका सीमा नाका सिल गर्नुका साथै २७ स्थानमा मेडिकल...

  • २०७७ बैशाख २२, सोमबार

    छायाँदेवी कम्प्लेक्सविरुद्ध आईएलओ र युएनमा निवेदन

    काठमाडौं – छायाँदेवी कम्प्लेक्स प्रा.लि.विरुद्ध नेपालस्थित आइ.एल.ओ. र यु.एन. कार्यालयमा इमेल मार्पmत निवेदन परेको छ । ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानका सम्पदा अभियन्ता प्रेमराज शिल्पकारद्वारा सन् २०२० मे ३ तारिखमा छायाँदेवीविरुद्ध निवेदन दिएका थिए । विश्व प्रसिद्ध पर्यटन स्थल ठमेल जस्तो स्थानमा सम्पदा अतिक्रमण भइरहेको र यसमा नेपाल सरकारका विभिन्न निकायहरुले गैरजिम्मेवारपना...

  • २०७७ बैशाख २२, सोमबार

    लायन्स क्लब र राउण्ड टेबलद्वारा पत्रकारहरुलाई राहत प्रदान

    विजयरत्न असंबरे काठमाडौं – लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसंग सहकार्यमा नेवाः पत्रकार राष्ट्रिय दबूले ८० जना पत्रकारहरुलाई सोमबार राहत वितरण गरेको छ । सो अवसरमा लायन्स क्लब अफ काठमाडौं विशाल बजारका प्रेसिडेण्ट सुर्यतेज शाक्यले पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्रचार्य र र महासचिव सुनील महर्जनलाई राहत सामग्री हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गर्नुभएको सामग्री लकडाउन...

  • २०७७ बैशाख २२, सोमबार

    नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यु

    काठमाडौं – कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि बाँकेको नेपालगञ्जमा मंगलबार (२३ गतेदेखि २५ गतेसम कर्फ्यु राख्ने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको थियो । संघीय सरकारले जारी गरेको लकडाउनसँगै नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख २३ गते मंगलबार बिहान...

  • २०७७ बैशाख २२, सोमबार

    अपहरणसम्बन्धमा सांसद र पूर्वआईजिपीविरुद्ध निवेदन

    काठमाडौं– सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निवेदन दर्ता गरेको छ । सांसद डा. यादवले आफुलाई अपहरण गरेको भन्दै सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध निवेदन दर्ता गरेको हो । प्रहरीले जाहेरी लिन नमानेपछि कानुनअनुसार सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गरिएको जनाइएको छ । सरकारी वकिल कार्यालयमा दर्ता भएको उजुरी...

  • २०७७ बैशाख २१, आइतबार

    नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – नेपालगञ्जमा आइतबार एकैपटक ९ जना र वीरगञ्जमा १ जना गरी एकै दिन १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । संक्रमितहरु ७ देखि ५८ वर्ष उमेरका छन् । वीरगञ्जका संक्रमित भने ३६ वर्षका पुरुष हुन् । यससँगै नेपालमा कोरोना...

Pages