राष्ट्रिय
-
२०७७ बैशाख २५, बिहिबार
आज २५६४ औं बुद्धजयन्ती : साँझ ७ बजे दीप प्रज्वलनको आह्वान
काठमाडौं – आज २५६४ औं बुद्धजयन्ती । विश्व शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मजयन्ती । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको कारण आज हुने भनिएका सम्पूर्ण औपचारिक कार्यक्रमहरु रद्द भइसकेका छन् । लकडाउनको अवस्थामा घरमै बसेर बुद्धको वचन स्मरण गर्न एवं बेलुका दीप प्रज्वलन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक भिडियो सन्देश जारी गर्दै आह्वान गरेका छन् । बुद्धजयन्तीको अवसरमा एक...
-
२०७७ बैशाख २५, बिहिबार
बुद्धजयन्तीको अवसरमा राष्ट्रपतिबाट स्वयम्भूमा दीप प्रज्वलन
काठमाडौं – २५६४ औं बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार काठमाडौंको स्वयम्भूनमा दीप प्रज्वलन गरेकी छन् । राष्ट्रपति भण्डारी अपरान्ह १२ बजेतिर स्वयम्भू पुगेकी थिइन् । भण्डारीले स्वयम्भू परिसरभित्र रहेको आनबुद्धि बिहारमा दीप प्रज्वलन गरेकी थिइन् । काठमाडौं महानगरपालिका १५ का वडाध्यक्ष ईश्वर डंगोलले वर्षेनी बुद्ध जयन्तीको अवसरमा औपचारिक कार्यक्रम भइरहे पनि यसपटक कोरोना...
-
२०७७ बैशाख २५, बिहिबार
कपिलवस्तुका दुईमा कोरोना पुष्टि, कुल संंक्रमित १०१ पुगे
काठमाडौं – कपिलवस्तुमा २ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ भने प्रदेश ५ मा मात्र संक्रमितको संख्या २६ पुगेको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण हुँदा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । बिहीबार कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका २ युवकको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । उनीहरु मायादेवी...
-
२०७७ बैशाख २५, बिहिबार
बुद्ध जयन्तीको साँझ दीप प्रज्वलन
काठमाडौं– कोरोना भाइरसको संक्रमणको कारण देशभर बुद्धजयन्तीको कुनै औपचारिक कार्यक्रम नभए पनि साँझपख दीप प्रज्वलन गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले...
-
२०७७ बैशाख २४, बुधबार
कोरोनाबाट निको भएर आज ६ जना घर फर्किए
काठमाडौं – कोरोना संक्रमणको उपचार भइरहेका ६ जनाको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि बुधबार बिहान उनीहरुलाई डिस्चार्ज गरिएको छ । उदयपुरबाट संंक्रमण देखिएपछि उपचारको लागि उनीहरुलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा ल्याई उपचार गरिएको थियो । उनीहरु सबै भारतीय नागरिक हुन् भने उनीहरु उदयपुरको एक मस्जिदमा बस्दै आएका थिए । उनीहरुसँगै संक्रमण देखिएका अन्य ७ जनाको उपचार भइरहेको छ ।
-
२०७७ बैशाख २४, बुधबार
विश्व स्वास्थ्य संगठनको विज्ञ टोली नेपालगञ्जमा
काठमाडौं – विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको संयुक्त विज्ञ टोलीले नेपालगन्ज पुगेर स्थलगत अध्ययन सुरु गरेका छन् । अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका पाँच जना कर्मचारी नेपालगन्जमा खटिएका छन् । स्वास्थ्य मन्त्रालयका पनि केही अधिकारी संलग्न छन् । एकै पटक धेरै ब्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिनुको कारणबारे विज्ञ टोलीले अध्ययन गर्दैछ । अध्ययन पश्चात उक्त टोलीले अब के गर्ने भन्ने बारे...
-
२०७७ बैशाख २४, बुधबार
जेठ ५ गतेसम्म लकडाउन लम्बियो
काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउन यही जेठ ५ गतेसम्मको लागि लम्ब्याइएको छ । यसअघि चैत ११ गतेदेखि लगाएको लकडाउन २५ वैशाखसम्म छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आगामी जेठ पाँच गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि जारी लकडाउनलाई ११ दिन थप गर्ने निर्णय गरेको छ । हाल नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि...
-
२०७७ बैशाख २४, बुधबार
वीरगञ्जका १७ जनामा कोरोना संक्रमण, कुल संख्या ९९ पुगे
काठमाडौं – पर्सा (वीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो । संक्रमितमा २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्ति...
-
२०७७ बैशाख २४, बुधबार
वीरगञ्जका १७ संक्रमित एकै परिवारका
काठमाडौं – बुधबार १७ जनामा देखिएका वीरगञ्जका संक्रमितहरु सबै एकै परिवारको रहेको समाचार प्राप्त भएको छ । वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पुष्टि गत आइतबार भएको थियो । उसैको परिवारका सदस्यहरुको परीक्षणमा कोरोना पोजेटिभ आएको हो । संक्रमित परिवारले आफूहरु बाहिर नगएको बताएपछि उनीबाट नै संक्रमण सरेको अनुमान छ ।
-
२०७७ बैशाख २४, बुधबार
एसईई खारेज हुनुपर्छ : सांसद
काठमाडौं – प्रतिनिधिसभाको बुधबार बसेको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुले एसईई परीक्षा खारेज हुनुपर्ने माग गरेका छन् । कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) अहिले स्थगित अवस्थामा छ । नयाँ शिक्षा नीति बनिसकेपछि पनि एसईईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने माग सांसदहरुले गरेका हुन् । सांसदहरुले एसईई परीक्षाको अवधारणा परिवर्तन गर्ने अवसर अहिले...
-
२०७७ बैशाख २३, मंगलबार
नयाँ भर्ना नलिनू, अनलाइन कक्षाको नाममा शुल्क नलिनू : सरकार
काठमाडौं – कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क लिन नपाइने निर्णय सरकारले गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सरकारले अर्को निर्णय नगरेसम्मको लागि उक्त निर्णय लिएको हो । सहसचिव दीपक सुवेदीले जारी गरेको सूचनामा हाल स्थगित रहेको माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा विषयमा भने कुनै निर्णय नभएको...
-
२०७७ बैशाख २३, मंगलबार
थप ७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ८२
काठमाडौं– नेपालगन्जका थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।


