STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७८ भाद्र १४, सोमबार

    नइ रजत महोत्सव तथा नइ पुरस्कार समर्पण समारोह अब असोजमा

    विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्षदेखि नइ प्रकाशनले   नइ पुरस्कार समर्पण समारोह र नइ रजत महोत्सवका कार्यक्रम स्थगित  अवस्थामा रहेको  थियो । यसरी स्थगित अवस्थामा रहेको सो समारोह अब  आगामी असोज ९ गते काठमाडौंमा नइ रजत महोत्सव पुरस्कार र २०७६ र २०७७ सालका नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम रहेको बेहोरा नइ प्रकाशनले  सुचना जारी गरी जानकारी गराएको छ । सो सुचनामा उल्लेख   ...

  • २०७८ भाद्र ९, बुधबार

    टिसिरिजको सहभागितामा गायन, नृत्य र अभिनय प्रतिभा छान्ने रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ प्रशारण हुने

    एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा देखाउन पाउने रियालिटि शो नाइस टेलिभिजनबाट प्रसारण हुने भएको छ । यही भदौ ११ गते शुक्रबारबाट नेपालमै पहिलोपटक एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ सुरु हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टि–सिरिज स्टेज वर्क गुहावटी र टि–सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा उक्त शो हुन लागेको कुरा नाइस टिभि सुत्रले...

  • २०७८ भाद्र २, बुधबार

    निर्देशक देवकुमार श्रेष्ठको नेपालभाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं – नेपालभाषाको म्युजिक भिडियो क्षेत्रमा बिग–बजेट म्युजिक भिडियो एल्बमको रुपमा लोकप्रिय रहेको ‘ल्वःवन’ एल्बमका निर्देशक देवकुमार श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक, रचनाकार एवं संगीतकार भेष महर्जनको हेभी रक गीत ‘हाल हाल...’को म्युजिक भिडियोको निर्देशन श्रेष्ठले गरेका हुन् । सो भिडियो नाइस टेलिभिजनको ‘झीगु सः’ नेवार कार्यक्रममा हिजो मंगलबार बेलुकी प्रिमियर भएको हो ।यस...

  • २०७८ श्रावण २८, बिहिबार

    कथा : ‘स्तनको कोठी’

    – प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’ उसले मलाई धोका दिई, त्यो पनि नाटकीय रुपमा । कुनै चलचित्रको धोका जस्तो लाग्छ मलाई, मैले थापेको धोका । उस्ले बुनेको धोका फिल्मी शैलीको थियो र म एक असहाय त्यस चलचित्रको पात्र । त्यस युवतीको लागि सारा संसार त्यागेर विवाह गर्ने सोचसमेत बनाएको थिएँ । खेर गयो मेरा सारा यावत सपनाहरु, कति सजिलै । त्यो युवती मेरो डेरामा खुबै आउँथी । मसित के के सिक्ने बहानामा ऊ आइरहन्थी...

  • २०७८ श्रावण २५, सोमबार

    १६ वटा स्ट्रीङ्गको सारंगी निर्माता कीर्तिपुरका हरिशरण नेपाली

    ‘सारंगी त बनाएँ, तर विक्रेता छैन । राज्यस्तरबाट पनि वास्ता गरेको छैन । नेपालको संगीत क्षेत्रले पनि चासो देखाएको छैन ।’ यो भनाई हो कीर्तिपुरका बरिष्ठ सारंगीवादक हरिशरण नेपालीको । बि.सं. २०१५ साल कार्तिक २२ गते जन्मनु भएका कीर्तिपुर नगरपालिका ९ वडा ध्वाखासि टोलका बरिष्ठ सारंगीवादक हरिशरण नेपालीले १६ वटा तार (स्ट्रीङ्ग) भएको सारंगी बनाउनु भएको छ । नेपालको ऐतिहासिक महत्वको मौलिक बाजा सारंगीमा विशेष...

  • २०७८ श्रावण २४, आइतबार

    इ चितवन खबरको प्रथम वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवन प्रा.लि.द्वारा सञ्चालित इ चितवन खबर डट कमको गौरवमय प्रथम वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।  काठमाडौंमा सम्पन्न  एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा  प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका महासचिव चेत...

  • २०७८ श्रावण २३, शनिबार

    जनकवि श्रेष्ठको जीवनी कवि कथा प्रकाशन गरिने

    नेपाल सम्बत अनुसार  जनकवि दुर्गालाल श्रेष्ठको  जन्मदिन दिल्लागा एकादशीको दिन पर्दछ । तदनुसार यो वर्ष उहाँको   जन्मदिन श्रावण २० गते पर्न आएको थियो । उहाँको जन्मदिनको अवसर पारेर अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उहाँको जीवनी ‘कवि कथा’ बजारमा ल्याउने घोषणा गरिएको छ । श्रावणकृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ यो वर्ष ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गर्नु भएको छ । यसै अवसरमा श्रीदुर्गालाल...

  • २०७८ श्रावण १८, सोमबार

    नायिका रोजिना सुवाल शनिबार नेवाः एफएमको ‘ई...द टाईम’मा उपस्थित हुने

    नेपालभाषा चलचित्र एवं म्यूजिक भिडियो क्षेत्रकी एक चर्चित नायिका रोजिना सुवाल आउँदो श्रावण २३ गते शनिबार कीर्तिपुरस्थित नेवाः एफएम १०६.६ मेगाहर्जको ‘ई...द टाईम’ कार्यक्रममा सहभागी हुने भएकी छिन् । शनिबार बिहान ७ः४० देखि ८ः४० सम्म उक्त नेवाः एफएम १०६.६ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण हुने सांगितिक कार्यक्रम ‘ई...द टाईम’का संचालक संचारकर्मी ललेन्द्र शाक्य हुन् । कलाकारहरुको मनका कुरा एवं सहभागी...

  • २०७८ श्रावण १८, सोमबार

    निफ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका विजेतालाई पुरस्कार प्रदान

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको चौंथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को पुरस्कार आइतबार एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।  गत बैशाख २३ देखि २७ गतेसम्म भर्चुअलको माध्यमबाट सम्पन्न सो चलचित्र महोत्सव  कोरोनाको कारण अनलाइनबाट सम्पन्न भएको र पुरस्कार विजेता घोषणा पनि भए पनि पुरस्कार बितरण बाँकी रहेको थियो । सोही  निफको पुरस्कार  आइतबार राजधानीमा एक कार्यक्रमका बीच...

  • २०७८ श्रावण १७, आइतबार

    बुद्ध शान्तपार्क अनलाइन भजन सिजन२ सम्पन्न, बरिष्ठ अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्रीलाई सम्मान

    दबू प्याखंको युगदेखि कलाकारितामा सकृय रहँदै आएका वरिष्ठ अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्री रामबीर मानन्धरलाई बुद्ध शान्तपार्क अनलाइन सम्मान प्रदान गरिएको छ। बुद्ध शान्तपार्क अनलाइनको आयोजनमा भएको बुद्ध भजन प्रतियोगिता को फाइनल प्रतिस्पर्धाको साथमा प्रदान गरिएको विशेष सम्मान कार्यक्रममा नेपालका ख्यातिप्राप्त अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्री रामबीर मानन्धर र कलाकार तथा व्यवसायी...

  • २०७८ श्रावण १२, मंगलबार

    हास्य अभिनेता राजाराम पौड्यालले शुरु गरे आफ्नै युट्युब च्यानल

    हास्य विधामा ख्याति कमाएका अभिनेता राजा राम पौड्याल ले आफ्नै एक युट्युब च्यानलको एक अौपचारिक कार्यक्रमका बीच अौपचारिक आरम्भ गरेका छन् । आफ्नै नाममा खोलेको युट्युब च्यानलमा आफैले निर्माण गरेको छोटो चलचित्र " हिंग" को पनि प्रदर्शन आरम्भ गरेका छन् । अभिनेता पौड्याल स्वयंले लेखेको कथामा निर्माण गरेको यस चलचित्रको निर्देशन आर्यम नकर्मि ले गरेका हुन् । यस छोटो चलचित्रमा राजा राम पौड्याल ,आर्यम नकर्मि र...

  • २०७८ श्रावण ८, शुक्रबार

    ज्योती सिङ्गिङ स्टारको सेमिफाइनलमा पुग्नेहरु तय गरियो

    ज्योति म्यूजिकको आयोजनामा संचालन भैरहेको ज्योती सिङ्गिङ स्टार २०७८ को दोस्रो चरणको नतिजा प्रकाशित भएको छ । श्रावण ४ गते सोमवार बिहान ८  बजे उक्त ज्योति सिंगिङ स्टार २०७८ को दोस्रो चरणको नतिजा सार्वजनिक भएसँगै सेमिफाईनलमा पुग्ने प्रतियोगीहरु पनि तय भएको छ ।    नेपालभाषा र नेपाली भाषा गरि दुई विधा रहेको उक्त प्रतियोगितामा  नेपालभाषाका टप १५ र  नेपाली भाषाका टप २० सेमिफाइनलिष्टको नामावली सार्वजनिक...

Pages