साहित्य-कला
-
२०७८ जेठ २, आइतबार
"मायालु तिमीलाई"मा छल्किएको सन्देश र अन्जुको प्रेम (भिडियो सहित)
नेपालको संगीत क्षेत्रमा अहिले दिन दिनै नयाँ म्युजिक भिडियोहरु प्रकाशमा आउने क्रम जारी छ भने यसै क्रममा मनछुने प्रेमिल गीत "मायालु तिमीलाई"को भिडियो सार्बजानिक भएको छ । निमा शेर्पाको स्वरमा रहेको गीतको आकर्षक भिडियो राइजिंग स्म्युल ग्रुप युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको आकर्षक भिडियोमा सन्देश श्रेष्ठ र अन्जु चौलागाईं को अभिनय रहेको छ । जि डि तामाङ्ग को शब्द तथा संगीत रहेको...
-
२०७८ बैशाख ३१, शुक्रबार
फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक (भिडियोसहित)
साहित्यकार एवम् गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक भएको छ ।यो गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । बाबुल गिरीको संगीत तथा एरेञ्ज रहेको गीतमा बाबुलकै स्वर रहेको छ । द पिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा दिनेश राजबाहकको मिक्सिङ छ भने जनकराज खकुरेलको स्वरांकन छ । संजीत सागर मगरको निर्देशन रहेको गीतको भिडियोमा विश्वास भण्डारीको छायाँकन तथा...
-
२०७८ बैशाख २८, मंगलबार
नइ रजत महोत्सव र त्रिमुर्ति निकेतनका पुरस्कारहरु लकडाउनको कारण स्थगित
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले संसारमा त्रास फैलाइरहेको छ भने सङ्कटको यस्तो विषम परिस्थितिको सिर्जनाका कारण नइ प्रकाशनले नइ रजत महोत्सवका कार्यक्रम हाललाई स्थगित गरेको छ । साथै नइ प्रकाशनले शताब्दी पुरुष सत्यमाेहन जाेशीको १०२ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी वैशाख ३० गते काठमाडौंमा २०७६ र २०७७ सालका नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम रहेकोमा सो समेत स्थगित गरेको कुरा...
-
२०७८ बैशाख २८, मंगलबार
न्यूरोड गेटैमा... एसराज आराध्यलक्ष्मीको जोडी
अहिले प्रतिदिन युट्युब मार्फत नयाँ नयाँ म्युजिक भिडियोहरु प्रकाशमा आउने क्रम बढिरहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको यो समय त झन दिनहुँ जसो नयाँ म्यूजिक भिडियोहरु रिलिज भइरहेका छन् । यसै क्रममा हाइलाइट्स नेपाल युट्युब मा गायक नवीन महर्जन ‘मुगलछेँ’ को गीत ‘न्यूरोड गेटैमा’ को म्यूजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ...
-
२०७८ बैशाख २७, सोमबार
सांगीतिक आकाशका एक अमर तारा : प्रेमध्वज प्रधान
प्रेमध्वज प्रधानलाई नेपालको गोल्डेन भ्वाइस मानिएको छ । संगीत क्षेत्रमा प्रेमध्वज प्रधानजस्ता अतुलनीय अन्य कलाकार छैनन् र हुँदैनन् पनि । नेपालभाषाको पहिलो पप म्ये भनिएको ‘बाला बाला चिंगु मिखा’ जस्तो उल्लेखनीय गीत गाउनुभएका प्रेमध्वज नेपालको संगीत क्षेत्रका त्यस्ता एक प्रतिभा हुन् जसको वर्णन केही हजार शब्दमा गर्न सम्भव छैन । नेपालभाषाको संगीत क्षेत्रमा प्रेमध्वजले जति पनि गीत गाए, ती सबै लोकप्रिय...
-
२०७८ बैशाख १६, बिहिबार
नवगायिका सुमनको नेवार गीत ‘भ्वासि जुयाः...’ सार्वजनिक
काठमाडौं – कोरोना जोखिमबाट बच्न जारी निषेधाज्ञा सँगसँगै नेपालभाषाका म्युजिक भिडियोहरु पनि सार्वजनिक हुने क्रम जारी छ । यसै सन्दर्भमा यसपटकको लकडाउन हुनु एक दिनअघि बुधबार नवगायिका सुमन श्रेष्ठ ‘मुना’ले गाएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेवार फिल्म क्षेत्रका लोकप्रिय कलाकार रुपेन्द्र श्रेष्ठ थक्वाःमिको अभिनय रहेको सो म्युजिक भिडियोमा नवअभिनेत्री मुस्कान राजभण्डारीको पनि अभिनय रहेको...
-
२०७८ बैशाख १३, सोमबार
नौजनालाई नइ बाल पुरस्कार प्रदान गरिने
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका नौ जना बालबालिकालाई २०७७ सालको नइ बाल पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो भने सो निर्णय अनुसार सुश्री सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको कुरा उक्त प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी गराएको छ ।...
-
२०७८ बैशाख १२, आइतबार
चारजनालाई नइ पुरस्कार प्रदान गरिने घोषणा
वाङमय क्षेत्रमा विविध प्रकाशनका माध्यमबाट र विविध पुरस्कारहरु प्रदान गरेर पहिचान बनाएको संस्था नइ प्रकाशनले चार जना महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले नेपाली भाषासाहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत श्री घनश्याम राजकर्णिकारलाई साठी हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।...
-
२०७८ बैशाख ११, शनिबार
पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ को म्युजिक भिडियो सार्वजनिक (म्यूजिक भिडियाेसहित)
यो मन मेरो मन कहिल्यै नबलिदिनु दुःखमा न आत्तिदिनु सुखमा न मात्तिदिनु यो मन मेरो मन कहिल्यै नबलिदिनु गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । विभिन्न सामाजिक परिस्थितिका कारण अशान्त मनको प्रभावमा पनि मन शान्त होस्, दृढ होस् भन्ने भावले यो गीत सृजना गरेको सर्जक पुष्पराजले बताउनु भएको छ । म्यूजिक भिडियो लोकार्पण...
-
२०७८ बैशाख १०, शुक्रबार
स्वतन्त्रसंसारको युट्युब र सांगीतिक प्रतियोगिताको टप २५ घोषणा
स्पाइनल ट्युमरका कारण तीनवर्षदेखि हिँडडुल गर्न असमर्थ भएका कलाकार स्वतन्त्र ‘संसार’ महर्जनं को सकृयतामा चलाइरहेको युट्युब अनलाइन टिभीमा हरेक साता व्यक्तित्व म्हसिका (व्यक्तित्व परिचय) टक शो प्रसारण भइरहेको छ। उक्त टक शोले २५ भाग पूरा गरेको र संसार क्रियसन नेपालले आयोजना गरेको सिंगिंग स्टारका टप २५ प्रतियोगी घोषणा अवसरमा खोकना स्थित कार्यविनायक परिसरमा बुधबार कलाकार, गीतकार, संगीतकारको ...
-
२०७८ बैशाख ९, बिहिबार
बाल गायक एरोनको म्यूजिक भिडियो सार्वजनिक
बाल गायक एरोन महर्जनको नेपालभाषाको गीत ‘यःमां’ को म्यूजिक भिडियो एक कार्यक्रमको बीचमा सोमबार सार्वजनिक गरिएको छ । कीर्तिपुरमा आयोजित सो कार्यक्रममा बोल्नु हुँदै कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का रिजालले कीर्तिपुर नगरपालिकाले पनि स्थानीय विषय अन्तर्गत स्थानीय मातृभाषा नेपालभाषामा पाठ्यक्रमको विकास गरीरहेको बताउनुभएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा आफ्नो मन्तव्य राख्ने...
-
२०७८ बैशाख ९, बिहिबार
महिलाहरुको लागि तीन महिने स्वरोजगार र आत्मनिर्भरता तालिम सम्पन्न
ललितपुर नगरपालिका १६ वडा कार्यालयको आयोजना र गर्जियस इन्ष्टिच्यूसन अफ फेशन टेक्नोलोजी (गिफ्ट) को संयोजनमा सञ्चालित तीन महिने फेसन डिजाईन तथा सिलाई तालिम मंगलबार समापन गरियो । सो तालिम तीन महिनासम्म सञ्चालन गरिएको हो । बजारको चाहना र माग अनुसार नयाँ नयाँ डिजाईनका पहिरन तयारमा महिलाहरुलाई दक्ष बनाउने उद्देश्यले सो तालिम आयोजना गरेको १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो भने उहाँले सीप...


