STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८० माघ २, मंगलबार

    निफको सातौँ संस्करणमा ४० देशका ८८ फिल्म देखाइने

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौं संस्करण आगामी चैत्र १ देखि ५ गतेसम्म हुने भएको छ ।  मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच महोत्सवको घोषणा गरिए अनुसार महोत्सवमा यो वर्षपनि अघिल्ला वर्षझैँ विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट फिल्म देखाइने भएको छ ।  महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी...

  • २०८० पौष २७, शुक्रबार

    माइकल ज्याक्सनको बायोपिक २०२५ मा रिलिज हुने

    काठमाडौं- आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवनकथा चाँडै पर्दामा हेर्न पाइने भएको छ । ‘पप किङ’को बायोपिक निर्माणका लागि हालका दिनमा तीब्र काम भइरहेको छ । यो फिल्म सन् २०२५ मा थिएटरमा आउने निर्माण पक्षले जनाएको छ । यसको निर्माणको काम यही जनवरी २२ बाट सुरु हुनेछ । फिल्ममा एन्टोनी फूक्वाको निर्देशन रहनेछ । यो प्रोजेक्ट लायन्सगेटको सहयोगमा निर्माण हुनेछ ।...

  • २०८० पौष २०, शुक्रबार

    “माया मिष्ट्रि” उपन्यासका लेखकको गीतमा पवन जोशीको म्युजिक भिडियो

    ऐतिहाँसिक कला, संस्कृति र सम्पदाको शहर रुपमा चिनिएको खोकनाको सिकाली मन्दिर परिसरमा “माया मिष्ट्रि” उपन्यासका लेखक मोहन के. श्रेष्ठको शब्द रहेको  एकल गीत “खुसि मागेको थिए” को म्यूजिक भिडियोको निर्माण कार्य हालै सम्पन्न भएको छ ।    अनिल तुलाधरले संगीत एरेन्ज गरेको यस गीतमा स्वर गायिका दिपा महर्जनको रहेको छ। यो गीतको रेकर्ड, मिक्सीङ र मास्टरिङ विजय मास्कीले गरेका थिए । गीतमा चर्चित मोडल आराध्य...

  • २०८० पौष १९, बिहिबार

    दयाहाङ्ग राई र सौगात मल्लको "हात्तीछाप”को प्रिमियर चितवनमा हुने

    चितवन- " लुट ” , " कबड्डी कबड्डी ” जस्ता धेरै सफल चलचित्रमा संगै अभिनय गरेका दयाहाङ्ग राई र सौगात मल्ल को जोडि रहेको  "हात्तीछाप”को प्रिमियर चितवनमा हुने भएको छ । किरण नेपालीको प्रस्तुति रहेको यो चलचित्र यही माघ २६ गते रिलिज हुने बहुप्रतिक्षित चलचित्र 'हात्तीछाप' को रेड कार्पेट प्रिमियर शो चितवनमा मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा माघ २४ गते, साँझ ६ बजे चितवनमा चर्चित कलाकारहरुको...

  • २०८० पौष ९, सोमबार

    बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुईजनाको मृत्यु

    काठमाडौं - बीपी मार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका– ३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान काठमाडौंबाट खोटाङ जाँदै गरेको बा.प्र–०१–००६ ख ४५९३ नं. को बसले बा ६० प ३५४५ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।  दुर्घटनामा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका– २ का ४५ वर्षीय कुमार राई र खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १० की १८ वर्षीय...

  • २०८० पौष ९, सोमबार

    ‘लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण असार ८ मा

    चितवन- सबै खाले कार्यक्रमको एउटै आधार लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण आगामी असार ८ गते हुने कुरा आयोजक संस्थाले जनाएको छ । मिडियाका महाप्रबन्धक हरि कार्की लक्कीले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड २०८१ असार ८ गते गरिने जानकारी दिनुभयो । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन...

  • २०८० मङ्सिर २२, शुक्रबार

    ‘सामूहिक अधिकार’ नारा बोकेर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म हुने भएको छ। यो महोत्सवको ११औँ संस्करणको रुपमा हुन लागेको यस पटकको महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।   महोत्सवको उद्घाटन  मंसीर २३ गतेका दिन लाइभ सांगीतिक कार्यक्रमसहित...

  • २०८० मङ्सिर २२, शुक्रबार

    महिला धिमेवादकको जीवनीमा चलचित्र बन्दै

    नेपालका पहिलो महिला धिमेवादक भक्तपुर कि इन्दिरा लाछिमस्यु को जीवनीमा आधारित बायोपिक फिल्म ‘इन्दिरा - धिमे मैं ’को विधिवत रुपमा भक्तपुरमा छायाङ्कन सुरु भएको छ । फिल्मको गत सोमबार भक्तपुरको प्रसिद्ध धार्मिक स्थल दत्तात्रय मन्दिर परिसरमा विधिवत पुजा गरिएको थियो भने भक्तपुर दरबार स्क्वायरमा एक औपचारीक कार्यक्रम सहित छायाङ्कन सुरु गरिएको हो । नेपालभाषाका ख्यातिप्राप्त चलचित्रकर्मि सुरेन्द्र तुलाधरको...

  • २०८० मङ्सिर १९, मंगलबार

    १६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ फिल्म देखाउने वन सिनेमाजलाई कारबाही

    काठमाडौं- भारतीय चलचित्र ‘एनिमल’ प्रर्दशनमा मापदण्ड उलङ्घन गरेको नयाँबानेश्वरस्थित चलचित्र हल वन सिनेमाजविरुद्ध कारबाही हुने भएको छ । चलचित्र विकास बोर्डले मापदण्ड विरुद्ध बालबालिकालाई भारतीय चलचित्र ‘एनिमल’ देखाएको पाइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको हो ।   सोमबार साँझ ६ः३० बजेको शोमा बालबालिकालाई टिकट बिक्री गरी चलचित्र देखाएको पाइएको बोर्डले जनाएको छ । छड्केका क्रममा मापदण्ड विपरित...

  • २०८० मङ्सिर १७, आइतबार

    आँचल शर्माको "हिटम्यान” अमेजन प्राइममा आउने

    नेपाली फिल्मलाई  विश्वव्यापी रिलिज गर्ने उद्देश्य सहित  बनाइएको इन्डो नेपाली  फिल्म " हिटम्यान ” को मोशन पोस्टर र टिजर अाइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । यो फिल्म नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुबईमा छायांकन गरिएको छ । आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने यो फिल्मको  प्रदर्शन मिति केही समय पछी सर्वजनिक गरिने कुरा निर्माता तथा निर्देशक बिष्णु अधिकारीले...

  • २०८० मङ्सिर ५, मंगलबार

    टुल्के दाई आउने

    कलाकार तथा निर्देशक सरोज दाहालको निर्देशनमा टेलिचलचित्र टुल्के दाइ आउने भएको छ। मंसिर १५ गते शुक्रवार देखि आउन लागेको टुल्के दाइको प्रोमो Tulke Dai Official युट्युब च्यानलमा सार्बजनिक भएको छ। सामाजिक र पारिवरिक कथा बस्तु बोकेको टुल्केदाइ टेलिसिरियलमा टुल्के दाइको भुमिका बाबुराम शाक्यले निर्वाह गरेका छन्।  बाबुराम शाक्यको साथमा मायादेबी श्रेष्ठ,  सरोज दाहाल, रश्मी भट्ट, कृष्ण भक्त महर्जन, बद्री...

  • २०८० मङ्सिर ५, मंगलबार

    “यो मन त मेरो नेपाली हो” निर्माण हुने

    हालै प्रदर्शनमा आएका परदेशी २ , पशुपति प्रसाद २ - भस्मे डन र दिमाग खराब चलचित्रले दर्शकहरुको मन जित्न सफल भए पछी चलचित्र निर्माणको क्रम बढ्न थालेको छ । यसै क्रममा नयाँ नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने घोषणा भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका...

Pages