-
२०८१ आश्विन १६, बुधबार
दसैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान
काठमाडौ- बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान साढे ४ बजेदेखि खुला हुने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुने छ। यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा...
-
२०८१ आश्विन १६, बुधबार
प्रधानन्यायाधीशमा प्रकाशमान सिंहको नाम सर्वसम्मतिले अनुमोदन
काठमाडौं- प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिइन्। संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको थियो। उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका थिए। समितिले...
-
२०८१ आश्विन १६, बुधबार
विपद् अपडेट : २४२ को मृत्यु, २२ बेपत्ता
काठमाडौं- पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ। बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन्। हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेसमा ८, उपत्यकामा १०१, बागमतीमा १०८ र लुम्बिनीमा २ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। बाढीपहिरोबाट मुलुकभर १ हजार ७६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ। विपद्का घटनामा फसेका १३ हजार १२९ जनाको उद्धार भएको सशस्त्र...
-
२०८१ आश्विन १६, बुधबार
वडाध्यक्षले हङकङबाट पठाउनुभयो राजीनामा
फुङ्लिङ (ताप्लेजुङ), १६ असोजः विगत ११ महिनादेखि हङकङमा रहनुभएका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उहाँले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो । विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उहाँले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त...
-
२०८१ आश्विन १६, बुधबार
बचत अपचलन मुद्दामा नगरप्रमुख नेपालीलाई कारागार चलान
गलकोट (बागलुङ), बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ । सोह्र महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान व्यूरोले भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरिएको थियो । इजालस अधिृकत ऋषिराम...
-
२०८१ आश्विन १६, बुधबार
दसैँलक्षित बजार अनुगमन सुरु
काठमाडौँ, सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो । बजार अनुगमनको सुरुआत गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भन्नुभयो, “सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न...
-
२०८१ आश्विन १५, मंगलबार
क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौं- नेपालको विमानस्थलबाट क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई अध्यागमन विभागले सोधपुछ गरी उनीहरु बसेकै होटल सञ्चालकको जिम्मामा छोडेको छ। यो सँगै बंगलादेशी नागरिक नेपाल आउने र एजेन्टमार्फत भारतबाट भिसा प्रक्रिया पूरा गरेर पुनः नेपालको अन्तर्राष्ट्रिय...
-
२०८१ आश्विन १५, मंगलबार
बाढीपहिरो र डुबानबाट २२६ को मृत्यु, २५ जना बेपत्ता
काठमाडौं- केही दिनअघिको परेको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा दुई सय २६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्। मङ्गलबार ६ बजेसम्मको तथ्याङ्कअनुसार सुरक्षाकर्मीले १३ हजार ६१ जनाभन्दा बढीको उद्धार गरेका छन्। यस्तै प्राकृतिक विपदमा १५९ जना घाइते भएको प्रहरीले जनाएको छ। यस्तै, अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरूद्ध भएको हुँदा लामो यात्रामा निस्कनुअघि...
-
२०८१ आश्विन १५, मंगलबार
छुटेपछि दुर्गा प्रसाईंले भने- अबको प्रधानमन्त्री मै हो
काठमाडौं - जिल्ला अदालत काठमाडौंबाट एक लाख धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यस पटक प्रधानमन्त्री केपी शर्मा ओली पनि आफूसँग हारेको बताएका छन् । साइबर अपराधसम्बन्धी मुद्दामा मंगलबार एक लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका प्रसाईंले माइतीघर मण्डलमा समर्थकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् । उनले आफूसँग एमालेले पहिले नै हारिसकेको अवस्थामा यस पटक प्रधानमन्त्री ओली पनि हारेको...
-
२०८१ आश्विन १५, मंगलबार
दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव
काठमाडौँ, वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् । यही असोज...
-
२०८१ आश्विन १५, मंगलबार
विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता
प्रगति ढकाल , राससललितपुर, १५ असोजः गोदावारी नगरपालिका–१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ । उहाँ भन्नुहुन्छ, “विपद्बाट त जोगियो, तर चार दिनदेखि धारामा पानी आएको छैन । कसरी गुजारा चलाउने रु” धारामा पानी आइहाल्छ कि भनेर आधा रातमै उठेर हेर्नुहुन्छ, पानी नआएपछि निरास हुनुहुन्छ उहाँ । ट्याङ्कीमा जम्मा भएको पानी पनि सकियो । “कहिलेसम्म...
-
२०८१ आश्विन १५, मंगलबार
हवाई जहाजको भाडा नियन्त्रण गर्न अखिलको माग
काठमाडौँ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गोविन्द गिरीको संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । “भर्खरै मात्र अविरल वर्षाले...


