-
२०७६ आषाढ ३०, सोमबार
काङ्ग्रेसको नियमावली पारित
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रथम दिन यही असार २२ गते नियमावली संशोधन मस्यौदा समितिका...
-
२०७६ आषाढ ३०, सोमबार
फोनिज गण्डकीको अध्यक्षमा मगर
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकी प्रदेशको अध्यक्षमा एमबी मानबहादुर आस्था मगर सर्वसम्मत निर्वाचित हुुुनुभएको छ । आइतबार अबेर सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट आस्था कास्की को अध्यक्षतामा १७ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । त्यसैगरी उपाध्यक्षमा दिल शिरिष बागलुङ उपाध्यक्ष महीलामा कमला राना नवलपुर महासचिवमा रुद्र श्रीसमगर कास्की, सचिवमा खिमा गुरुङ सङ्गठन...
-
२०७६ आषाढ ३०, सोमबार
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुलेखानीको...
-
२०७६ आषाढ ३०, सोमबार
डेढ दर्जन घर पहिरोले भत्कायो, सयौँ घर जोखिममा
पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् । जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले भत्काएको र केही घर पहिरोले पुरेको उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले...
-
२०७६ आषाढ ३०, सोमबार
एक सय ४६ घरपरिवारलाई सौर्य ऊर्जा वितरण
विद्युत्को केन्द्रीय प्रसारण लाइनदेखि टाढा रहेका निस्दी गाउँपालिकाका १४६ घरपरिवारलाई सौर्य ऊर्जा प्रदान गरिएको छ । यहाँका २ र ६ वडाका नागरिकलाई भौतिक तथा पूर्वाधार मन्त्रालय प्रदेश नम्बर ५ को सहयोगमा सौर्य ऊर्जा वितरण गरिएको हो । मन्त्रालयको ९० प्रतिशत अनुदान र उपभोक्ताको १० प्रतिशत लगानीमा दुई नम्बर वडाका ५३ घर र ६ नम्बर वडाका ९३ घरपरिवारले सौर्य ऊर्जाको सुविधा उपभोग गर्न पाउने भएका छन् ।...
-
२०७६ आषाढ ३०, सोमबार
हिमपात पीडित कृषकलाई प्रदेश सरकारको रु ४९ लाख राहत
गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यही असार २७ देखि २९ सम्म मुस्ताङका पाँचवटै गाउँपालिकाका पीडित ३७७ किसानलाई रु ४९ लाख २२ हजार ५० राहतस्वरुप वितरण गरेको मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले बताउनुभयो । हिमपातले कृषकले पालेका...
-
२०७६ आषाढ ३०, सोमबार
चीनको जिडिपी वृद्धिदर ६।२ प्रतिशत
चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण चीनको आर्थिक वृद्धिदर खुम्चिएको हो । चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार दोस्रो चौमासिक अवधिमा कूल गार्हस्थ्य उत्पादन ६।२ प्रतिशत देखिएको छ जबकी पहिलो चौमासिक अवधिमा चीनको आर्थिक वृद्धिदर...
-
२०७६ आषाढ ३०, सोमबार
कंगोको गोमा शहरमा इबोला देखियो
प्रजातान्त्रिक जनगणतन्त्र कंगोको पूर्वी शहर गोमामा पहिलो पटक प्राणघातक इबोला संक्रमित व्यक्ति फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुटेम्बो शहरमा एक जना इबोला संक्रमित व्यक्तिसँग भेटघाट गरेर फर्किएका इसाई पादरीमा इबोला संक्रमण भएको पाइएको हो । इबोला–पोजेटिभ देखिएका उनलाई तत्कालै उपचार केन्द्रमा भर्ना गरिएको छ । मन्त्रालयले गोमा शहरमा इबोलाको भाइरस फैलिने जोखिम निकै कम रहेको जनाएको छ ।...
-
२०७६ आषाढ ३०, सोमबार
सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन आग्रह
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गर्नुभएको हो । साथै...
-
२०७६ आषाढ ३०, सोमबार
जनजाति र संस्कृत भाषा
सबै भन्छन् संस्कृत भाषा अमृत समान हो र तर जनजातिहरु भन्दछन् संस्कृत भाषा मृत भाषा हो । हुनसक्छ उनीहरुले पनि अमृत भन्छुभन्दा अ भन्न बिर्सेर मृत मात्र पो हुन कि । एकजना भोजपुरी कवि पं. दीघनारायण मिश्रले नीतिके वचन मा भनेको छन् जहाँ सद्भाव हुन्छ त्यहाँ नै सुमित हुन्छ । जहाँ दुर्भाग्य हुन्छ त्यहाँ कलह हुन्छ अनि त्यहिँबाटै सुखशान्ति हराउँछ । जनजातिहरुले संस्कृत भाषालाई मृत भाषा भन्दै दुर्भावना...
-
२०७६ आषाढ ३०, सोमबार
भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन
भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ । यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको छ । चन्द्रयान–२ नाम दिइएको यो अभियान भारतको महत्वाकाँक्षी अन्तरिक्ष कार्यक्रम हो । रुस, संयुक्तराज्य अमेरिका र चीनले आफ्ना अन्तरिक्ष यान चन्द्रमामा पठाइसकेका छन् । सतिश धवन स्पेस सेन्टरबाट अन्तरिक्ष यान प्रक्षेपणको...
-
२०७६ आषाढ ३०, सोमबार
जोखिममा भूमिहीन बस्ती
कञ्चनपुरको वनहरा नदी तटीय क्षेत्रमा रहेको भूमिहीन बस्ती जोखिममा परेको छ । बर्सातको पानीले वनहरा नदीमा पानी बढ्नाका साथै पूर्वदेखि दक्षिणी क्षेत्रको जमीन कटान तीव्र हुन थालेकाले भूमिहीन परिवार बस्दै आएको बस्ती जोखिममा परेको हो ।श्रीकृष्ण सामुदायिक वन छेउमा एक दशक बढी समयदेखि बस्दै आएका परिवार भूक्षयका कारण जोखिममा परेकाले सुरक्षित बासस्थानको खोजीमा लागेका छन् । पुस्तौँदेखि भूमिहीन रहेका परिवारले...


