STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ ३०, सोमबार

    पुल निर्माणमा ढिलाइ, पाँच वर्षमा ५५ प्रतिशत मात्रै काम

    डडेल्धुराको रडुवा खोला र सकायल खोलामा निर्माण भइरहेका पक्की मोटरेबल पुल निर्माण गर्ने सम्झौताअनुसारको मिति सकिएको वर्षौं भइसक्दासम्म पनि पुल निर्माण हुन सकेको छैन । पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्य हुने गरेको नवदुर्गा गाउँपालिका–२ का स्थानीयवासी रामचन्द्र अवस्थीले बताउनुभयो । अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माणाधीन...

  • २०७६ आषाढ ३०, सोमबार

    प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

    बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक, खजुरा–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्की शनिबार राति १२ बजे फरार भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका चार थुनुवामध्ये तीन जना शौचालयको भेन्टिलेटरको ग्रिल...

  • २०७६ आषाढ ३०, सोमबार

    प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम

    शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ बाजुराद्वारा सञ्चालित खाजा कार्यक्रमले विद्यार्थीहरुको विद्यालयप्रति आकर्षण बढाउन विद्यालयमै दाल र भातको व्यवस्था गरेको छ । दिवा खाजाका रूपमा विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको खप्तड छेडेदह गाउँपालिकाको फूलबारी आधारभूत विद्यालय काँडाका प्रधानाध्यापक शेरबहादुर बुढाले बताउनुभयो । विसं २०५७ देखि विद्यालयमा...

  • २०७६ आषाढ ३०, सोमबार

    डेढ घण्टाको बाटो अब दुई मिनेटमा

    झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी र बागलुङवासीलाई आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले डेढ घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमा नै पुग्न सक्ने भएका छन् । बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध सिमाना मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय...

  • २०७६ आषाढ ३०, सोमबार

    ‘स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध’

    प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रासामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा यहाँ आज आयोजित जलवायुसम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै उहाँले नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित...

  • २०७६ आषाढ ३०, सोमबार

    वर्षासँगै सुनसान बन्दै ‘होमस्टे’

    वर्षा शुरु भएसँगै बागलुङका ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ‘होमस्टे’मा आउने पर्यटकको सङ्ख्या कम हुन थालेको छ । प्राकृतिक एवं धार्मिक सम्पदाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको ‘होमस्टे’मा पर्यटकको सङ्ख्या घटेको हो । सडकको असुविधा र वर्षाका कारण ‘होमस्टे’मा आउने पर्यटकको सङ्ख्या कम हुँदै गएको गल्कोट नगरपालिका–१० पाण्डवखानीस्थित सिद्धथान सामुदायिक होमस्टे सञ्चालक खिमबहादुर पुनले बताउनुभयो । “...

  • २०७६ आषाढ ३०, सोमबार

    कुलेखानीको जलाशय भरियो, आयोजना पूर्णक्षमतामा चलाइँदै

     पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन गरेर वा अन्य जुनसुकै उपाय अवलम्बन गरेर भए पनि जलाशयको पानी घटाउने तयारी गरेको छ । सो...

  • २०७६ आषाढ ३०, सोमबार

    असहायको भरपर्दो सहारा मानव सेवा आश्रम

    दिनरात खुल्ला आकाशमुनि नारकीय जीवन बिताइआएका असहाय एवं मनोरोगीका लागि यहाँको एक संस्था भरपर्दो सहारा बनेको छ । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित मानव सेवा आश्रमले सडकमा लामो समयदेखि कष्टकर जीवन बिताउँदै आएका मानिसहरुलाई उद्धार गरी गाँस, बास र कपासको व्यवस्थासहित न्यानो पारिवारिक वातावरण दिँदैआएको छ । पोखरा बजारका सडक एवं सार्वजनिक स्थलमा कहालिलाग्दो जीवन बिताउँदैआएका अनाथ, अशक्त, असहाय...

  • २०७६ आषाढ ३०, सोमबार

    अपाङ्गतामैत्री संरचना र व्यवहारका लागि प्रतिबद्धता

    अपाङ्गतामैत्री संरचना र व्यवहारका लागि सकारात्मक भूमिका खेल्ने पोखरा महानगर र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखरा र अपाङ्गता महिला सशक्तीकरण केन्द्र कास्कीको आयोजना एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र टेवा नेपालको सहयोगमा जनप्रतिनिधिसँग अपाङ्गता अधिकार तथा राष्ट्रिय अन्तरराष्ट्रिय नीतिनियम र कानूनसम्बन्धी दुईदिने...

  • २०७६ आषाढ ३०, सोमबार

    हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी विष्टलाई

    कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जित्नुभएको छ । ‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेसँगै सशस्त्र प्रहरी बलका विष्टले रु एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ । शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट...

  • २०७६ आषाढ ३०, सोमबार

    मानव बेचबिखन नियन्त्रणमा सरकारको सक्रियता

    सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पछिल्लो समयमा सक्रियता बढाएको छ । पछिल्लो समयमा गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली महिला विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढेसँगै सरकारले नियन्त्रणका लागि सक्रियता बढाएको हो । समाजमा जघन्य अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशैभरि सक्रियतासाथ काम...

  • २०७६ आषाढ ३०, सोमबार

    लोपोन्मुख बोटे जातिका लागि एकीकृत बस्ती निर्माण हुँदै

    लोपोन्मुख एवं सिमान्तकृत जातिका रुपमा रहेको बोटे समुदायका लागि मकवानपुरको मनहरी गाउँपालिकाका– ७ मा एकीकृत बस्ती निर्माण कार्य शुरु भएको छ । रमौली प्रतापपुरबाट बस्ती हस्तान्तरण गरी ल्याइएका बोटे समुदायका लागि मनहरी गाउँपालिकाबाट एकीकृत बस्ती निर्माण शुरु भएको हो । सरकारले उपलब्ध गराएको १० कट्ठा जमीनमा बस्दै आएका १४ घर बोटेका लागि व्यवस्थित बसोबास निर्माण भइरहेको छ । त्यसका लागि मनहरी गाउँपालिकाको...

Pages