-
२०७६ आषाढ १९, बिहिबार
विप्लवलाई मूलधारमा ल्याउनुपर्छ ः उपसभामति निधि
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राख्नुभयो । अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै...
-
२०७६ आषाढ १९, बिहिबार
नेपालको जनजाति
नेपालका प्रथम राजवंशका रुपमा गोपाल राजवंशलाई मानिन्छ । त्यस पछि किराँत राजवंशले गोपाल राजवंशलाई पराजित गरी आफ्नो शासन चलाए । गोपाल राजवंश आर्यमूलका र किराँतहरु मंगोल थिए । किराँतहरुले नेपालमा कति वर्ष शासन गरे भन्ने विषय अपुष्ट नै भए तापनि कसैले ७०० वर्ष, कसैले १११८ वर्ष कसैले १६३० वर्ष, कसैले १८२० वर्ष, कसैले ३००० वर्षजति शासन गरे भनेर लेखेका छन् । त्यसपछि किराँतहरुलाई लिच्छवीहरुले विस्थापित गरे...
-
२०७६ आषाढ १९, बिहिबार
नौमहिने शिशुको बलात्कार आरोपमा बालक पक्राउ
नौमहिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो । बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पु¥याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको...
-
२०७६ आषाढ १९, बिहिबार
धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु
अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ । अष्टेलियाली नेसनल युनिभर्सीर्टी एएनयु ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ । उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी नलीसम्वन्धी समस्या तथा हृदयघातका कारण मृत्यु हुने गरेको उक्त अनुसन्धान प्रतिवेदनमा देखाइएको छ । यस विश्वविद्यालय अन्तर्गतको जनस्वास्थ्य...
-
२०७६ आषाढ १९, बिहिबार
तस्करीको ढोका बन्द भएको छ ः सचेतक भट्टराई
राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भन्नुभयो, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।” उहाँले सङ्घीय...
-
२०७६ आषाढ १९, बिहिबार
सिकारीटारका भूकम्पपीडित भन्छन्– ‘पुनःनिर्माणले हामीलाई सुकुम्बासी बनायो’
विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्पपीडितले पुनःनिर्माणले आफूहरुलाई सुकुम्बासी बनाएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक भक्तपुरले आज सूर्यविनायक नगरपालिका– ४ सिकारीटारमा आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका बासिन्दाले यस्तो गुनासो गरेका हुन् । स्थानीयबासी श्यामकुमार खड्काले...
-
२०७६ आषाढ १९, बिहिबार
आयोगको विज्ञापन संविधानको मर्मविपरीत
पछिल्लो समयमा प्रकाशित लोकसेवा आयोगको विज्ञापन संविधानको मूल मर्म तथा समानुपातिक समावेशी सिद्धान्त र परिवर्तनको आकाङ्क्षाविपरीत भएको भन्दै आपत्ति जनाएको छ । सो विज्ञापन संविधानको मूल मर्मविपरीत हुँदाहुँदै सर्वोच्च अदालतले अन्यायपूर्ण फैसला गरेको भन्दै आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्रबाट ‘आरक्षण बचाऔँ आन्दोलन’ नामक सङ्गठनले आपत्ति जनाएको हो ।...
-
२०७६ आषाढ १९, बिहिबार
दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार
संखुवासभाको सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ । गाँउपालिकाको ६ वटै वडाका ती परिवारलाई सोलार वितरण गरिएको हो । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका दुर्गम गाउँ पाँचतला, टुम्सीकुर, आपुङ, सिदेक्पा, इथुक्बु लगायत दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको ६ नम्बर वडाका वडाअध्यक्ष विकास पौडेलले जानकारी दिनुभयो । निःशुल्क सोलार सेट पाएका...
-
२०७६ आषाढ १९, बिहिबार
नौ बालबालिकाको उद्धार
मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ । बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीत जोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि केन्द्रीय बालकल्याण समितिले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोल महिला समाज नामक संस्थाबाट चार बालक र पाँच बालिकाको उद्धार गरेको हो । समितिले समाज कल्याण परिषद्, स्थानीय प्रहरी, बालबालिका खोजतलास...
-
२०७६ आषाढ १९, बिहिबार
कुकुरका लागि अमेरिकामा छुर्पी निर्यात
इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन । महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ । कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर, प्रोटिन मासुमा भन्दा बढी हुने यहाँका व्यवसायीहरु बताउँछन् । छुर्पी मासुभन्दा...
-
२०७६ आषाढ १९, बिहिबार
तीन अर्ब चार करोड अनुदान
सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । उक्त सहायतासम्बन्धी सम्झौता पत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।
-
२०७६ आषाढ १९, बिहिबार
सार्वजनिक नीति तथा सुशासनसम्बन्धी सम्मेलन शुरु
दक्षिण एशियाली मुलुकले अङ्गीकार गरेका सार्वजनिक नीति तथा शासन प्रणालीका अनुभव आदानप्रदान गर्ने उद्देश्यले ‘दक्षिण एशियाको सार्वजनिक नीति तथा सुशासन’सम्बन्धी तेस्रो सम्मेलन आजदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उद्घाटन गर्दै दक्षिण एशियाली मुलुक नेपाल, भारत र बङ्गलादेश एकै प्रकारका समस्याबाट गुज्रिरहेको बताउनुभयो । “दक्षिण...


