-
२०७६ आषाढ १९, बिहिबार
राहुलको ‘ट्वीटर प्रोफाइल’ फेरियो
भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिनुभएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गर्नुभएको छ । उहाँले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेख्नुभएकोमा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय राष्ट्रिय काँग्रेसको सदस्य लेख्नुभएको छ । उहाँको ट्वीटर ‘अकाउन्ट’ मा “यो राहुल गान्धीको आधिकारीक ‘अकाउण्ट’ हो, भनी लेखिएको छ...
-
२०७६ आषाढ १९, बिहिबार
गर्भवतीका लागि वरदान बन्दै ‘बर्थिङ सेन्टर’
‘व्यथा लागेपछि आत्तिँदै डोकोमा बोकेर दगुराउँथे, मर्ने बाँच्नेको पत्तै हुन्नथ्यो’, तमानखोला गाउँपालिका–५ खुंखानीकी आशमाया रसाइलीले विगत कोट्याउँदै प्रश्रव पीडा सम्झिनुभयो । आशमायाले दुःख पाएको त्यो पल, गाउँमा दक्ष जनशक्ति र स्वास्थ्य संस्था नभएको समय थियो । “अहिले गाउँमा मोटरबाटोसँगै गाडी पनि आउँछन्”, रसाइलीले भन्नुभयो, “एक÷दुई घण्टामा अस्पताल पु¥याउँछ, आश गर्ने ठाउँ बनेको छ ।” उ बेलाको जस्तो...
-
२०७६ आषाढ १९, बिहिबार
ढिकीजाँतो हराए
रुकुम पूर्व का गाउँमा सञ्चालन हुँदै आएको बिजुलीको विस्तारसँगै स्थापित आधुनिक मिलले गर्दा यहाँका ढिकी तथा जाँतो लोप हुँदै गएका छन् । गाउँगाउँमा धान कुट्ने, गहुँ, मकै, तोरी पिस्ने मिल भित्रिएकाले पुराना ढिकी तथा जाँतो लोप हुँदै गएका हुन् । एकदशकअघिसम्म जिल्लाको सबै ठाउँमा लोकप्रिय रहेको ढिकी र जाँतो विद्युत विस्तार भएसँगै पूर्ण विस्थापित भएको त्यस क्षेत्रका बासिन्दा बताउँछन् । रुकुमकोटमा आजभन्दा १०...
-
२०७६ आषाढ १९, बिहिबार
मनाङ्गे नेकपामा
मनाङ जिल्ला निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी नेकपा मा प्रवेश गर्नुभएको छ । नेकपा गण्डकी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङ र नेत्रविक्रम चन्द समूह कास्की जिल्ला सचिवालय सदस्य पुष्प कार्कीलाई टीका खादासहित नेकपाको सदस्यता हस्तान्तरण...
-
२०७६ आषाढ १९, बिहिबार
नेपालले सिङ्गापुरसँग खेल्ने
मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल नेपाली समयानुसार बिहान ७ ः४५ बजे प्रारम्भ हुनेछ । नेपाल सिङ्गापुर विरुद्वको खेलमा विजयी हासिल गर्न समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्ने तयारीमा भने पराजित भए समूहको उपविजेताका रुपमा सेमिफाइनमा रहनेछ । दुवै टोली...
-
२०७६ आषाढ १९, बिहिबार
मानवाधिकार उल्लङ्घनका ८५ घटना
इन्सेक सप्तरीले सन २०१९ को ६ महीनाको अवधिमा सप्तरीमा ८५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूबारे आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिँदै इन्सेकले सप्तरीमा ६ महीनाको अवधिमा सात जनाको हत्या, बालिका बलात्कारका १६, महिला बलात्कारका सात, घरेलु हिंसाका २५ घटनासहित ८५ वटा घटना...
-
२०७६ आषाढ १९, बिहिबार
उत्खननको पर्खाइमा फलामखानी
बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनीमा रहेका फलामखानी उत्खननको पर्खाइमा छन् । जङ्गलभित्र फलामखानीका सुरुङ र भग्नावशेष भेटिन्छन् । कुनै ताका गाउँलेले रैथाने प्रविधिबाट खानीबाट फलाम निकाल्ने काम गर्थे । स्थानीयवासीका अनुसार सो फलामखानी पाण्डवखानीको रमुवा र तमानखोलाको खुङ्गासम्म फैलिएको छ । “पहिले घरेलु औजार र सीप लगाएर फलाम निकाल्ने गरिन्थ्यो”, हर्कबहादुर विश्वकर्माले भन्नुभयो, “अहिले फलामखानी त्यसै...
-
२०७६ आषाढ १९, बिहिबार
शेयर बजार ः नेप्से आठ अङ्कले घट्यो
मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८।२७ बिन्दुले घटेर एक हजार २६०।४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।५३ अङ्कले घटेर २७१।४५ बिन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता...
-
२०७६ आषाढ १९, बिहिबार
तेह्र हजार मेट्रिकटन कम गहुँ उत्पादन
किसान उखुँखेतीतर्फ आकर्षित भएका र विगतकोभन्दा बढी जमीनमा उखुखेती गरिएकाले यस वर्ष पर्सा जिल्लामा १३ हजार मेट्रिकटन कम गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा ३१ हजार हेक्टर जमीनमा गहुँखेती गरी ८० हजार ६०० मेट्रिकटन उत्पादन गरिएकामा आव २०७५÷०७६ मा २६ हजार हेक्टर जमीनमा गहुँखेती गरी ६७ हजार ६०० मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष जिल्लाका किसानले उखुखेतीलाई...
-
२०७६ आषाढ १९, बिहिबार
होन्डुरसमा २७ को मृत्यु
होन्डुरसमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको दुर्गम क्षेत्रमा पर्ने मोस्क्वीटीया क्षेत्रमा माछा मार्ने डुङ्गा बुधबार दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार घटनामा परी अरु नौ जना अझै हराइरहेका छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ । सुरक्षा बलका प्रवक्ता जोसे मेजाले घटनास्थलबाट अरु ५५ जना भने जिवितै बाहिर निस्कन सफल भएको जानकारी दिनुभयो ।...
-
२०७६ आषाढ १९, बिहिबार
सन् २०१८ मा चीनको वेरोजगार दर ४।९ प्रतिशत
नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता रोजगार मात्रा विस्तृत हुँदैआएर रोजगारको संरचनामा क्रमशः सुधार भएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको सङ्ख्या ७७ करोड पुगेको र यो चीनको हालको कूल जनसङ्ख्याको आधाभन्दा बढी हो । रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस प्रतिशत र पचास प्रतिशत पुगेको छ भने नयाँ चीन...
-
२०७६ आषाढ १८, बुधबार
प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम
चीन भ्रमणमा रहनुभएका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको भ्रमणदलका सदस्य तथा उहाँका प्रेस सल्लाहकार शेरबहादुर केसीले...


