-
२०७६ आषाढ १८, बुधबार
खामडाँडाका ८४ घरमा केन्द्रीय विद्युत् विस्तार
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको लिलिमा र खामडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको रु ४६ लाख ९६ हजार ७०९ लागतमा विस्तार गरिएको विद्युत् मङ्गलबारदेखि औपचारिक उद्घाटन गरिएको छ । लिलिमा र खामडाँडाका ८४ घर उपभोक्ताको घरमा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शुभारम्भ गर्नुभयो । लिलिमा र खामडाँडामा...
-
२०७६ आषाढ १८, बुधबार
बोक्सीविरुद्धको अभियान सम्पन्न
समाजमा यदाकदा देखिने बोक्सी कुप्रथा जस्ता अन्घविश्वास र कुरीतिको अत्न्यका लागि जनचेतना अभिबृद्धि गर्ने उदेश्यले सञ्चालन गरिएको अभियान मङ्लबार सम्पन्न भएको छ । बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा प्रदेशका विभिन्न १० जिल्लामा बोक्सी सो अभियान सञ्चालन गरिएको थियो । अभियानअन्तर्गत जिल्लामा सचेतनामूलक चलचित्र ‘अग्निदहन’...
-
२०७६ आषाढ १८, बुधबार
घुम्ती सेवाबाट ७३ लाई नागरिकता
प्रशासन कार्यालय धुलिखेलको टोलीले जिल्लाको रोशी गाउँपालिकाको वडा नं ४ र ५ लाई लक्षित गरी वडा नं ४ को महादेवटारमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७३ जनाले गाउँमै नागरिकता प्राप्त गरेका छन् । अरु बेला नागरिकता लिनकै लागि जिल्ला सदरमुकाम धुलिखेल धाउनुपर्ने त्यहाँका स्थानीय बासिन्दालाई जिल्ला प्रशासन कार्यालयको टोलीले गाउँमै पुगेर घुम्ती शिविर सञ्चालन गरी नागरिकता वितरण गरेपछि उनीहरु खुशी भएका हुन्...
-
२०७६ आषाढ १८, बुधबार
राज्यले दिएको सुविधा उपभोग गर्न नपाएको ज्येष्ठ नागरिकको गुनासो
दाङका ज्येष्ठ नागरिकले सरकारले आफूहरुलाई स्वास्थ्य, यातायातलगायतका क्षेत्रमा दिएको सहुलियत उपयोग गर्न नपाएको गुनासो गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रले मङ्गलबार तुलसीपुरमा ज्येष्ठ नागरिकसँग गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने ज्येष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१० निवासी ७६ वर्षीया सुमित्रा भण्डारीले उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक...
-
२०७६ आषाढ १८, बुधबार
गरीब परिवारलाई जस्तापाता वितरण
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रका गरीब परिवारलाई जस्तापाता सहयोग गरेको छ । खरको छानो विस्थापित गर्न नगरपालिकाले ल्याएको ‘गरीबलाई टिनको छाना’ कार्यक्रमअन्तर्गत गरीबीको चपेटामा रहेका परिवारलाई जस्तापाता वितरण गरिएको हो । १२ वडा रहेको नगरपालिकामा प्रत्येक वडाबाट पहिलो चरणमा चार–चार गरीब परिवारको छनोट गरी जस्तापाता वितरण शुरु गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । वडाको...
-
२०७६ आषाढ १८, बुधबार
म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता
पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र...
-
२०७६ आषाढ १८, बुधबार
चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्
प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विरोधका विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको...
-
२०७६ आषाढ १८, बुधबार
लोप हुँदै कुमाल पेशा
दाङमा कुमालहरुको पहिचान बोकेको माटाका भाँडा बनाउने पेशा लोप हुनथालेको छ । पुर्खाले गर्दै आएको माटाका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा गएको कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । दाङको प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा लोप हुने अवस्थामा छ । “लामो समयदेखि हामी वृृद्धवृद्धाले बनाउँदै आएका छौँ, अब हामीले खटिएर...
-
२०७६ आषाढ १८, बुधबार
एघार सय लिटर अवैध घरेलु मदिरा नष्ट
प्रहरीले स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाका विभिन्न भेगबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो । गल्याङ प्रहरी चौकीबाट...
-
२०७६ आषाढ १८, बुधबार
बस दुर्घटनामा १५ घाइते
अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हँुदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताउनुभयो । बस विपरीत दिशाबाट आइरहेको...
-
२०७६ आषाढ १८, बुधबार
विपन्न महिलालाई बाख्रा वितरण
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको म्याग्दे गाउँपालिकाका अतिविपन्न महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न महिलालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यसहित मन्त्रालयले गाउँपालिकाका २५ महिलालाई जनही दुईका दरले बोयर जातको बाख्रा वितरण गरेको हो । मन्त्रालयको विपन्न महिलालक्षित स्वरोजगार तथा आयआर्जन कार्यक्रमअन्तर्गत महिलालाई बाख्रा वितरण गरिएको मन्त्रालयका उपसचिव एवं सहकारी...
-
२०७६ आषाढ १८, बुधबार
लागुऔषधसहित दुई पक्राउ
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ८७४१ नंको बस जाँचका क्रममा बाँकेका २४ वर्षीय विप्लव शाहीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी निरीक्षक कुमारविक्रम थापाले...


