STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ १७, मंगलबार

    छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

    कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् । उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ । विद्यार्थीमा कन्र्भसन डिसअर्डर ९मास हिस्टेरिया०...

  • २०७६ आषाढ १७, मंगलबार

    हेलम्बुमा पर्यटकीय पदमार्ग निर्माण शुरु

    पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ६० किलोमिटर लामो हिमालयन हेलम्बु ग्रेट ट्रेल पदमार्ग निर्माण गर्ने सिलसिलामा हालसम्म १०० मिटरको काम सम्पन्न भएको छ । बहुवर्षीय योजनाअन्तर्गत कूल रु तीन अर्ब बजेट लाग्ने सो योजनाको चालू आर्थिक वर्षभित्र जम्मा १२० मिटर मात्र पदमार्ग निर्माण गर्ने योजना राखिएकामा हालसम्म १०० मिटर सम्पन्न भएको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले...

  • २०७६ आषाढ १७, मंगलबार

    एकै रात पाँच घरमा लुटपाट र चोरी

    सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रासेट, मोबाइल र टर्च चोरी भएको पीडितले बताउनुभयो । यसैगरी कैलु चौधरीको घरबाट नगद रु पाँच हजारका साथै कानमा लगाएको आधा...

  • २०७६ आषाढ १७, मंगलबार

    इँटा उद्योगलाई वातावरणमैत्री र बालश्रममुक्त बनाउन जोड

    इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री र बालश्रममुक्त बनाउन सरोकारवालाले जोड दिएका छन् । सोमबार रुपन्देहीको नयाँमिलमा भएको ‘श्रमिकमैत्री इँटा उद्योग, इँटा उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा उनीहरुले प्रदूषण र बालश्रममुक्त गराउन सरकारले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उक्त अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उद्योगले मुलुकको...

  • २०७६ आषाढ १७, मंगलबार

    पानी माग्दै देवताको शरणमा स्थानीयवासी

    लगाएको बाली खेतबारीमै सुक्न थालेपछि डोल्पाका किसान पानी माग्दै देवताको शरणमा पुगेका छन् । बाली लगाएदेखि अहिलेसम्म पानी नपर्दा मकै, धान सुक्न थालेपछि यहाँका किसानले चर्चित श्रीवाला त्रिपुरासुन्दरी मन्दिरमा पुगेर बलिसमेत चढाएका छन् । लामो खडेरी भई बाली सुकेपछि श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरबाट बाजागाजा शङ्खध्वनिसहित भगवतीको निशान निकालेर जलजात्रासमेत गरेको स्थानीय पूर्णचन्द्र न्यौपानेले...

  • २०७६ आषाढ १७, मंगलबार

    सिनामङ्गलमा दुर्घटना १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर

    काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । आज बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिनुभयो । घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा...

  • २०७६ आषाढ १७, मंगलबार

    उखु किसानद्वारा आन्दोलनको घोषणा

    हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो । भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसान अब यसपटक पनि एक साताभित्र मिलबाट भुक्तानी शुरु नभए राजमार्ग...

  • २०७६ आषाढ १७, मंगलबार

    डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

    कञ्चनपुरका सात नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन हुने भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो । दुई दिनभित्रै शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन हुने सुदूरपश्चिम...

  • २०७६ आषाढ १७, मंगलबार

    दुई स्थानीय तहले गरे छात्रालाई साइकल वितरण

    छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० बढी छात्रालाई साइकल वितरण गरेका छन् । जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवद्र्धन गर्न आफ्नो भूगोल क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत सो सङ्ख्याका छात्रालाई सोमबार जनही एक÷एक साइकल वितरण गरेका हुन् ।...

  • २०७६ आषाढ १७, मंगलबार

    ३३ प्रतिशत मकै वानरद्वारा सखाप

    विहादी गाउँपालिकाका किसान यतबेला बाँदर आतङ्कबाट हैरान बनेका छन् । किसानले खेतबारीमा लगाएको मकैलगायत अन्न बाली खानाका साथै तरकारी र फलफूलमा पु¥याएको क्षतिले किसान निराश बनेका छन् । विहादी – ४ लिङसियाकी रन्नता पाठकले भन्नुभयो, “ बाँदरले खेतबारीमा लगाइएको खेतीबाली सखाप पा¥यो पा¥यो, त्यसमाथि घरघरमा छिरेर बच्चा र बूढाबूढीमाथि समेत आक्रमण गरेर गाउँमा बस्नै नसकिने बनायो ।” वानरकै कारण पाँच रोपनी जमीनमा...

  • २०७६ आषाढ १७, मंगलबार

    प्रदेश नं ३ का स्थानीय तहले राजश्व बाँडफाँट गरेनन्

    चालू आर्थिक वर्षको करीब अन्त्यसम्म आइपुग्दा पनि प्रदेश नं ३ का १०० बढी स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँड गरेका छैनन् । राजश्व बाँडफाँड नभएपछि प्रदेशसभाअन्तर्गतको लेखा समितिले उपसमिति बनाएर स्थानीय तहमा स्थलगतरूपमा अनुगमन गर्न पठाएको छ । उपसमितिले प्रदेशका १३ वटै जिल्लाका स्थानीय तहमा अनुगमन गरी प्रदेश सञ्चित खातामा राजश्व जम्मा गराउन आजबाट स्थलगत अनुगमनमा निस्केको छ । उपसमिति संयोजक...

  • २०७६ आषाढ १७, मंगलबार

    तीन विधेयक टेबुल

    राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गर्नुभयो । ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत तेइसौँ संशोधन, विधेयक २०७६ रहेका छन् । बैठक शुरु हुनेबित्तिकै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई नेपाली काङ्ग्रेसका सांसद तारादेवी भट्टले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा काङ्ग्रेसका...

Pages