STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ १८, बुधबार

    स्वरोजगारसहितको प्राविधिक शिक्षामा जोड

    मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा आयोजित प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको विस्तार, विकास तथा गुणस्तर सुनिश्चितता विषयक परामर्श बैठकमा वक्ताहरूले दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका...

  • २०७६ आषाढ १८, बुधबार

    बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

    मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो । तर बाघ...

  • २०७६ आषाढ १८, बुधबार

    रामग्रामको विकास हुन्छ ः मन्त्री अर्याल

    भूमि व्यवस्थासहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताउनुभएको छ । मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार अहिले विकास र समृद्धिकै दिशामा अघि बढेको छ, लुम्बिनीसहित रामग्रामको विकास...

  • २०७६ आषाढ १८, बुधबार

    ‘टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन शुरु

    कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् । बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले...

  • २०७६ आषाढ १८, बुधबार

    अब विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ

    विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको सो विद्यालयमा कक्षा १२ सम्मको अध्ययन शुरु भइरहेकामा यस वर्षदेखि विज्ञान विषयको पनि अध्यापन हुने र यसका लागि...

  • २०७६ आषाढ १८, बुधबार

    झडपमा छ सुरक्षा आधिकारी र ३५ लडाकू मारिए

    अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताउनु भएको छ । तालिबान लडाकू समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमातीले जानकारी दिनु भएको छ । सोमबार रातीबाट शुरु भएको यो झडप मङ्गलबार बिहानसम्म जारी रहेको थियो । सुरक्षा अधिकारीहरुले गरेको जवाफी...

  • २०७६ आषाढ १८, बुधबार

    क्रिकेट–नेपालले चीनलाई हरायो

    एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले नेपाललाई ५४ रनको सामान्य लक्ष्य दिएको थियो । ५४ रनको विजयी लक्ष्य बोकेर मैदान...

  • २०७६ आषाढ १८, बुधबार

    आईफा अवार्ड नेपालमा नहुने भयो

    भारतीय फिल्म अर्वाड आईफ आयोजन गर्ने निर्णय फिर्ता लिएको छ । चौतर्फी विरोध भएपछि फिल्म आईफा अवार्ड कायैक्रम नहुने भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख अधिकृत दिपकराज जोशीले आइफा अर्वाड नहुने जानकारी दिनुभएको छ । अब एक दुइ वर्षपछि मात्र कार्यक्रम हुन सक्ने सम्भावना छ भन्नु भयो । अषार ८ गते भएको मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अर्वाड आईफा कार्यक्रम नेपालमा हुने भनिएको थियो । उक्त कार्यक्रम गर्न...

  • २०७६ आषाढ १८, बुधबार

    एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

    माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक ग्रेड वृद्धि परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ । कार्यालयका अनुसार २०७५ साल...

  • २०७६ आषाढ १८, बुधबार

    अविरल वर्षापछि छ लाख व्यक्तिलाई अन्यत्रै सार्न आदेश

    जापानको उत्तरपश्चिमी राज्य कागोशिमामा वसोवास गर्दै आएका करिब ६ लाख स्थानीयहरुलाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यम एनएचकेले बुधबार जनाएको छ । दक्षिणपश्चिम जापानको क्युसु द्वीपलगाउत कागोशिमा प्रान्तको प्रान्तीय राजधानी कागोशिमा सहरमा परेको अबिरल वर्षापछि सरकारको सो आदेश आएको हो । कागोशिमा शहरमा स्थानीय समयानुसार बुधबार बिहान ७ बजेबाट ८...

  • २०७६ आषाढ १८, बुधबार

    बालविवाहका कारण विद्यालय छाड्न बाध्य बालिकाहरु

    पाल्पाको निस्दी गाउँपालिका–२ का १५ वर्षीया मनमाया नाम परिवर्तन विवाहको तयारीमा जुटेकी छिन् । सोही गाउँपालिका–२ स्थित बालहित माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रहेकी ती किशोरी विवाहको तयारीमा पढाइ नै छाडिन् । “घरमा बसेर पनि पढ्ने वातावरण छैन, विद्यालय गएर मात्र के गर्नु भनेर बिहे गर्ने तयारीमा छु”, मनमायाले बताइन् । “सानै उमेरमा बालिकालाई विवाह गर्न बाध्य पार्ने हाम्रो सामाजिक संस्कार...

  • २०७६ आषाढ १८, बुधबार

    चार महीनामै स्याउ फल्दा किसान हर्षित

    जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिनुभयो । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो ।...

Pages