STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ श्रावण ७, सोमबार

    विश्वभर ८५ लाख कम्प्युटरका विन्डोजमा समस्या

    क्यालिफोर्निया - शुक्रबार विश्वभर विन्डोजमा आएको समस्याका कारण ८५ लाख उपकरण प्रभावित भएको सफ्टवेयर बनाउने कम्पनी माइक्रोसफ्टले भनेको छ । साइबर सेक्युरिटी सफ्टवेयर कम्पनी क्राउडस्ट्राइकले अपडेटपछि विन्डोजमा समस्या आएको थियो ।  यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ । विश्वभर एकैचोटी यसअघि यो सङ्ख्याका उपकरणमा समस्या देखिएको थिएन । क्राउडस्ट्राइडकले सफ्टवेयर अपडेट गर्दा करप्टेड...

  • २०८१ श्रावण ७, सोमबार

    आइफोनमा पनि अब च्याटजीपीटी

    काठमाडौँ - आइफोन निर्माता कम्पनी एप्पल र च्याटजीपीटीको निर्माता ओपनएआईबीच साझेदारी भएको हल्ला चलिरहेको छ । केही दिन अघि एउटा एप्पलले आफ्नै एआई प्रोजेक्टमा काम गर्न छोडेको खबर आएको थियो । अहिले भने एप्पलको आईफोनमा च्याटजीपीटी सपोर्ट दिइने खबर आइरहेको छ । तर यसबारे दुवै पक्षले अहिलेसम्म पुष्टि गरेका छैनन् । ब्लुम्बर्गको एउटा समाचार अनुसार च्याटजीपीटी सपोर्टका लागि एप्पल र ओपनएआईबीच सम्झौता भएको छ...

  • २०८१ श्रावण ७, सोमबार

    ३५०० पाउन्डमा बिक्यो फ्लोरेन्स नाइटिङ्गेलको कपाल

    लन्डन - उत्तरी योर्कशायरमा भएको एउटा लिलामीमा चर्चित बेलायती नर्स फ्लोरेन्स नाइटिङ्गेलको कपाल ३ हजार ५०० पाउन्ड स्टर्लिङमा विक्री भएको छ ।  नाइटिङ्गेलकै हो भनेर पुष्टि भएको सो कपाल लिलामीमा २ हजार देखि ३ हजार पाउन्डसम्ममा बेचिने अपेक्षा गरिएको थियो । कपालमा टाँसिएको कागजमा नाइटिङ्गेलको हस्ताक्षर पनि थियो । कपाल टिनेन्ट्स अक्सनर्सले लेबर्नमा बेचेको हो । कपाल नाइटिङ्गेलको बहिनीको वंशजको स्वामित्वमा...

  • २०८१ श्रावण ७, सोमबार

    साढे ४ करोड डलरमा बिक्यो डाइनासोरको कंकाल

    न्यूयोर्क - अमेरिकाको न्यूयोर्क सिटीमा भएको एउटा लिलामीमा डाइनासोरको कंकाल झन्डै साढे ४ करोड डलरमा बिक्री भएको छ । सुथबिजको लिलाम गृहमा घाँसपात खाने स्टेगोसरस प्रजातिको डाइनासोर ४ करोड ४६  लाख डलरमा  बिक्री भएको हो ।  ११ फिट अग्लो र नाकदेखि पुच्छरसम्म २७ फिट लम्बाई भएको यो डाइनासोर सुथबिजको लिलाम गृहमा बेचिएको अहिलेसम्मकै सबैभन्दा पूर्ण कंकाल हो । सो कंकाललाई एपेक्स उपनाम दिइएको थियो । क्रेताको...

  • २०८१ श्रावण ७, सोमबार

    ड्रागन फ्रुट बिक्रीबाट वार्षिक रु १६ लाख आम्दानी

    तनहुँ - जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष रु १६ लाख आम्दानी गरेकी छन् । उनले नाै रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट रु १६ लाख आम्दानी गरेकी हुन् । ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताइन् । ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको...

  • २०८१ श्रावण ७, सोमबार

    गाउँभरि महिलाको सामूहिक रोपाइँ

    बाँके - जिल्लाको खजुरा गाउँपालिका–१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् । रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै व्यस्त देखिन्छन् । “घरमा लोग्ने मान्छे छैनन्, भान्सादेखि घरबाहिरको खेती किसानी सबै हाम्रै जिम्मामा छ”, धान रोप्दै गरेकी राधापुरकी...

  • २०८१ श्रावण ७, सोमबार

    द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

    काठमाडौँ - द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व. श्रेष्ठको शनिबार यहाँ रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो । लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराई रहेकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको हो ।  स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्...

  • २०८१ श्रावण ७, सोमबार

    मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने महानगर र स्थानीयबिच सहमति

    काठमाडौँ - काठमाडौँ महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।सोमबार भएको सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो ।  सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज...

  • २०८१ श्रावण ७, सोमबार

    लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

    काठमाडौं‍- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।

  • २०८१ श्रावण ७, सोमबार

    ढलमा भाइरस देखिएपछि उपत्यकामा पोलियो खोप दिइँदै

    काठमाडौं - ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले साउन ९ देखि १२ गतेसम्म काठमाडौं उपत्यकाका बालबालिकालाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने जानकारी दिएको हो । गत असार २९ मा टुकुचा–बागमती आसपासका ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टुकुचा–बागमती...

  • २०८१ श्रावण ७, सोमबार

    सिद्धिश्वरमान अक्षलोक साहित्यिक व्यक्तिहरूलाई सम्मान

    सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले नेपाली तथा नेपाल भाषाको साहित्यमा विशेष योगदान पुर्याएका साथै नेपाली संगीत, कला, र सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका बाइस जना व्यक्तित्व र दुई संस्थालाई एक समारोहमा सम्मान गरेको छ ।  आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न समारोहमा अक्षलोक साहित्यिक पत्रिकाको ६७औ अंकको लोकार्पण पनि गरिएको थियो । समाज सेवी तथा राजनिती कर्मी विजय सुब्बा, नेपालभाषाकी...

  • २०८१ श्रावण ६, आइतबार

    जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको हो : प्रधानमन्त्री ओली

    काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशा बनेकाले जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ४६ सालका पुस्ताले यतिचरम निराशा पहिलो पटक भोग्नुपरेको उल्लेख गरेका हुन्।  उनले भने,‘हामीले देशको जिम्मा लिँदा सिंगो देश यति बेला निराशामा छ। ४६ सालका पुस्ताले यति चरम निराशा सायद पहिलो पटक भोग्नुपरेको हो।’ उनले आयात र निर्यात दुबै घटेको उल्लेख...

Pages