STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ श्रावण ६, आइतबार

    एसिसी महिला एसिया कपमा नेपाल पाकिस्तानसंग पराजित

    काठमाडौं - एसिसी महिला एसिया कप अन्र्तगत नेपाल पाकिस्तानसंग पराजित भएको छ । श्रीलंकामा आइतबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसंग ९ विकेटबाट पराजित भएको हो।टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको थियो ।  जवाफमा पाकिस्तानले ११ दशमलब ५ओभरमा १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।   पाकिस्तानका लागि सबैभन्दा वढि गुल फिरोजाले ३५ बलमा १० चौक्कासंगै ५७ रन...

  • २०८१ श्रावण ६, आइतबार

    प्रधानमन्त्री ओलीले पाए दुईतिहाइ विश्वासको मत

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकबाट दुईतिहाइ सांसदको विश्वासको मत पाएका छन्। प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो। मत दिन्न भन्ने पक्षमा १ मत परेको छ। प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी पेश गरेको प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले...

  • २०८१ श्रावण ६, आइतबार

    त्रिविमा स्नातकका विद्यार्थीले अब मौका परीक्षा दिन पाउने

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा फेल हुने विद्यार्थीले एक महिनाभित्र मौका/पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रिवि प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको उपकुलपति केशरजंग बरालले जानकारी दिए । ‘सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ,’ उनले भने, ‘वार्षिक प्रणालीमा पनि...

  • २०८१ श्रावण ६, आइतबार

    बंगलादेशमा आरक्षण विरोधी आन्दोलन : अहिलेसम्म ३५ जनाको मृत्यु, देशभर कर्फ्यू

    बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । तर यो आन्दोलनले...

  • २०८१ श्रावण ६, आइतबार

    बङ्गलादेशबाट ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किँदै

    काठमाडौं- बङ्गलादेशमा जारी आन्दोलनका कारण असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीलाई सरकारले हवाई उद्धार गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १७ विद्यार्थीलाई ढाका विमानस्थलबाट काठमाडौं ल्याइने बताएका छन्। विद्यार्थीका परिवारसँगको छलफलपछि उनीहरूलाई नेपाल फर्काउन लागिएको प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्। नेपाल फर्कन चाहने अन्य विद्यार्थीका लागि पनि...

  • २०८१ श्रावण ६, आइतबार

    प्रधानमन्त्रीले आज विश्वासको मत लिने

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।  प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा...

  • २०८१ श्रावण ६, आइतबार

    गुरुजनप्रति सम्मान प्रकट गरी गुरू पूर्णिमा मनाइँदै

    काठमाडौं - आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा...

  • २०८१ श्रावण ५, शनिबार

    असोजमा हुने लक्की फिल्मी अवार्ड २०८१ को लोगो सार्वजनिक

    मोफसल रहेर नेपाली चलचित्रको श्रीबृद्दिमा सकृय लक्की मिडिया हाउसको अायोजना मा हुने गरेको लक्की फिल्मी अवार्ड २०८१ को लोगो एक समारोहका बीच सार्वजनिक गरिएको छ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सञ्चिता लुइटेल र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले अवार्डको लागो सार्वजनिक गरेका हुन् । मोफसलमा रहेर पनि रंग क्षेत्रको ठूलो कार्यक्रम गरेकोमा अभिनेत्री लुइटेलले आयोजक लक्की मिडिया...

  • २०८१ श्रावण ४, शुक्रबार

    एईमाथि नेपालको सहज जित

    काठमाडौँ -श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन...

  • २०८१ श्रावण ४, शुक्रबार

    न्यूरोडमा अझै आन्दोलन जारी, महानगरको डोजरमाथि चढे स्थानीयवासी

    काठमाडौं - न्यूरोडमा काठमाडौं महानगर र स्थानीयवासीबीच उत्पन्न भएको तनाव अझै साम्य भएको छैन । महानगरले डोजर चलाउने प्रयास गरेपछि स्थानीयवासी फेरि प्रतिकारमा उत्रिएका छन् । न्यूरोडमा सडक पेटी विस्तारका लागि महानगरले काम थालेपछि बिहानैबाट टकराब बढेको थियो । स्थानीयले अवरोध गरेपछि महानगरले काम गर्न पाएन । नगर प्रहरी र स्थानीयबीच बारम्बार घम्साघम्सी भएको थियो । अहिले बेलुकीपख बाक्लो संख्यामा प्रहरीको...

  • २०८१ श्रावण ४, शुक्रबार

    काठमाडौंको ढलमा पोलियो भाइरस पुष्टि

    काठमाडौंको ढलमा पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो । परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम पोलियो मुक्त देश घोषणा भएको १० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको बताए । तर, पोलियो भाइरस व्यक्तिमा हालसम्म पुष्टि भने नभएको उनले बताए । उनका...

  • २०८१ श्रावण २, बुधबार

    चन्द्रागिरि केबलकार डेढ घण्टा रोकिँदा ८ जनालाई भर्‍याङबाट ओरालियो

    काठमाडौं - विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । बुधबार दिउँसो साढे १ बजे विद्युत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्‍याङ हालेर जमिनमा ओरालिएको थियो । ८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको...

Pages