-
२०७६ जेठ २४, शुक्रबार
तालाबन्दी हुँदा तल्लो मोदीखोला जलविद्युत् ठप्प
परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन् । आयोजनाले...
-
२०७६ जेठ २४, शुक्रबार
बेपत्ता भएको ७० वर्षपछि काजकिरिया
दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उहाँकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरु गर्नुभएको छ । बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उहाँले बताउनुभयो । “बुबा ३० वर्षको हुँदा घरबाट हराउनुभएको हो, त्यतिबेला म तीन वर्षको थिएँ रे, अहिले म ७३ वर्ष...
-
२०७६ जेठ २४, शुक्रबार
सडक हिलाम्य हुँदा बिरामीलाई सास्ती
जिल्ला सदरमुकाम मार्तडीको चक्रपथ समयमै नबन्दा जिल्ला अस्पताल जाने आउने बिरामीलाई समस्या हुने गरेको छ । बीच बजारमा निर्माणाधीन रहेको चक्रपथ समयमै निर्माण हुन नसक्दा समस्या भएको हो । वर्षात् शुरु भइसक्दा पनि ठेकेदारले काम नगरेको र सडकका खाल्डामा पानी जमेर हिलाम्मे भएका कारण बजारदेखि अस्पताल जाने आउने बिरामीलाई थप समस्या भएको छ । सदरमुकाम मार्तडीको बीच बजारमा रहेका तीन सडक अस्तव्यस्त अवस्थामा छन् ।...
-
२०७६ जेठ २४, शुक्रबार
पशुबली न्यूनीकरण सचेतना बढ्दै
धार्मिक कारणले हुने पशुबलीलाई न्यूनीकरण गर्नुपर्नेमा सचेतना बढ्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले गरेका पशुमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न धार्मिकस्थलमा हुने पशुबलीलाई निरुत्साहित गर्नुपर्नेमा पशुअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माग गर्नुभएको छ । हिन्दू, इस्लामलगायत केही तान्त्रिक विद्यामा आस्था राख्ने समूहले धर्मका आधारमा पशुबली...
-
२०७६ जेठ २४, शुक्रबार
विद्यालयलाई ल्यापटप वितरण
म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो । दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई चार, अमर मावि चिमखोलालाई तीन, मुक्तिधाम मावि भगवतीलाई चार, ज्ञानोदय मावि मौवाफाँटलाई दुई...
-
२०७६ जेठ २४, शुक्रबार
मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा
प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उहाँले राजीनामा दिनुभएको हो । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताउनुभयो । पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण पदबाट राजीनामा...
-
२०७६ जेठ २४, शुक्रबार
सालकको खपटासहित पक्राउ
झापाको दमक नगरपालिकाबाट बिहीबार साँझ सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३० वर्षीय सुरज चेम्जोङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लोपोन्मुख वन्यजन्तु सालकको ३५० ग्राम खपेटासहित चेम्जोङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चेम्जोङलाई इलाका प्रहरी कार्यालय दमकमा राखी...
-
२०७६ जेठ २४, शुक्रबार
उत्कृष्ट स्वास्थ्यकर्मी र संस्था सम्मानित
रामपुर नगरपालिकाले स्वास्थ्य सेवा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा गाडाँकोट स्वास्थ्य चौकीका निशा सारु, दर्छा स्वास्थ्य चौकीका कृष्णप्रसाद वाग्ले, रामपुर अस्पतालका धनबहादुर सारु, खालिवन स्वास्थ्य चौकीका अनिताकुमारी खड्का र गेझा स्वास्थ्य चौकीका श्रीकान्ती भण्डारी रहेका छन् । त्यस्तै रामपुर नगरपालिकाभित्र रहेका नौ स्वास्थ्य...
-
२०७६ जेठ २४, शुक्रबार
जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने
मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप ओभरले गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भन्नुभयो, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।” जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु...
-
२०७६ जेठ २४, शुक्रबार
सुनकोशी नदीको उत्खनन बन्द गराउन सर्वोच्चमा रिट
सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाएर अधिवक्ता पदमबहादुर श्रेष्ठ र चिरञ्जीवी भट्टराईले बिहीबार दायर गरेको रिट निवेदनमा सो कार्य बन्द गर्न माग गरिएको हो । रिट निवेदनमा सुनकोशी नदीबाट बालुवा, गिट्टी,...
-
२०७६ जेठ २४, शुक्रबार
माडीमा चक्लाबन्दी खेती शुरु
प्रदेश नं ३ सरकारको सहयोगमा माडी नगरपालिका–८ कान्तिपुरमा रहेको सूर्योदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती शुरु गरेको हो । संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार ६८ जना कृषकको १२० बिगाहा जमीनमा चक्लाबन्दी खेती शुरु गरिएको छ । कृषकलाई वार्षिक रुपमा एक कट्ठा जग्गाको एक मुरी धान दिने गरी १५ वर्षका लागि भाडामा लिएर सो खेती शुरु गरिएको हो । पौडेलले आम्दानीपछि बचत भएको...
-
२०७६ जेठ २४, शुक्रबार
हेटौँडा सिमेण्टको उत्पादन शुरु
हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ । रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएकोे छ । उक्त उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने जनाइएको छ । उक्त उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ...


