STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २४, शुक्रबार

    यार्सागुम्बा सङ्कलकको मृत्यु

    यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो । डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय मावि तल्लुमा कक्षा ९ मा पढ्दै थिए । योसंँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । 

  • २०७६ जेठ २४, शुक्रबार

    उपत्यकामा आइतबार सार्वजनिक बिदा

    सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार जेठ २६ गते काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

  • २०७६ जेठ २४, शुक्रबार

    ट्राफिकले लगायो सवारी साधनमा स्टिकर

    ‘सीमित गतिमा सवारी चलाआँै दुर्घटनाबाट बचाँै र बचाआँै’ भन्ने मूल नाराका साथ आज जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा सूचनामूलक नारा लेखिएको स्टिकर टासेको छ । जिल्लामा चल्ने नगरका चारपाङ्ग्रे र दुईपाङ्ग्रे करीब ९० सवारी साधनमा स्टिकर लगाइएको सो कार्यालयले जनाएको हो । सवारी साधनबाट हुने दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने र ट्राफिक नियमको पालना कसरी गर्ने भन्नेजस्ता विषयमा सवारी चालक, धनीलाई जानकारी...

  • २०७६ जेठ २४, शुक्रबार

    चट्याङले मकवानपुरमा दुई घाइते

    आज बिहान चट्याङ लागेर मकवानपुरमा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा राक्सीराङ गाउँपालिका–९ खैराङका ३० वर्षीय बुद्धलाल मोक्तान र अर्का घाइते सोही ठाउँका २१ वर्षीय विनोद पाख्रिन अचेत रहेको प्रहरीले जनाएको छ । आज बिहान हावाहुरीसँगै पानी पनि परेको थियो ।

  • २०७६ जेठ २३, बिहिबार

    लोपोन्मुख गिद्ध भेटिए

    विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ । सो स्थानमा विषेशगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन् । स्थानीय ललीत गुप्ताले १५ सम्म गिद्ध गनेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले दुई दिनदेखि गिद्ध गनिरहेको छु, पहिलो दिन १४ थिए भने दोस्रो...

  • २०७६ जेठ २३, बिहिबार

    एक सय बढीमा पाठेघरको क्यान्सरको आशङ्का

    ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ । तीमध्ये १०३ मा...

  • २०७६ जेठ २३, बिहिबार

    नुवाकोटको दुप्चेश्वरमा प्रहरी चौकी निर्माण

    नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित समुन्द्रटारमा सुविधासम्पन्न प्रहरी भवन निर्माण गरिएको छ । सो भवनको बुधबार प्रदेश नं ३ प्रहरी कार्यालय हेटाँैडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गर्नुभयो । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण अस्थायी त्रिपाल र कटेजमा बस्दै आइरहेका प्रहरीले अहिले तीनतले नयाँ भवनमा बस्न पाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको रु ८९ लाख ७७ हजारको...

  • २०७६ जेठ २३, बिहिबार

    छोराको आशमा सात छोरी

    जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा हुनुहुन्छ । घरनजिकैको स्कूल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उहाँ अस्पताल आइपुग्नुभयो । अस्पतालमा उहाँले भन्नुभयो, “यो मेरो एक्लो छोरा हो । जसरी पनि बचाइदिनुुस् डाक्टर’साब । यो छोरो रहेन भने म पनि...

  • २०७६ जेठ २३, बिहिबार

    स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह

    काठमाडौँ महानगरपालिकाले शहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन् । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ का नाममा महानगरको शहरी योजना आयोगले छ महीनाअघिबाट शुरु गरेको प्रतिस्पर्धाका लागि चार विषय प्रस्तुत गरिएको थियो । विभिन्न छ चरणमा विभाजन गरिएको प्रतिस्पर्धाअन्तर्गत पहिलो चरणमा छनोटमा परेका सोचलाई विज्ञ...

  • २०७६ जेठ २३, बिहिबार

    स्कार्पियो रुखमा ठोक्किँदा चार घाइते

    भक्तपुर दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज बिहान करीब ३ः०० बजे सडक किनाराको    रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन् । दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र २० वर्षीय अमन केसी...

  • २०७६ जेठ २३, बिहिबार

    धनगढी विमानस्थल अझै एक साता बन्द रहने

    एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताउनुभयो । उहाँका अनुसार विमानस्थलमा...

  • २०७६ जेठ २३, बिहिबार

    दुर्लभ हिमचितुवा र सुनौलो बिरालो फेला

    गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड गरिएको हो । आयोजनाले दोलखाको बिगु गाउँपालिका अर्थात् साविक लामाबगर गाविस–१ को लप्ची उपत्यकाका विभिन्न ११ ठाउँमा इन्फ्रारेड क्यामेरा राखेर गरिएको अध्ययनबाट हिमचितुवाका तीन तस्वीर रेकर्ड...

Pages