-
२०७६ जेठ २६, आइतबार
भानु जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्छ ः वरिष्ठ नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्तको जन्मथलो चँुदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने आवश्यकमाथि जोड दिनुभएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदी र ५ बरभञ्ज्याङ जोड्ने चुँदीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै उहाँले निर्माण भएको गुरुयोजना अनुसार भानु जन्मथलोलाई पर्यटनको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिनुभएको हो । वरिष्ठ नेता...
-
२०७६ जेठ २६, आइतबार
नेपालभाषाको संरक्षणमा जोड
–गौतमबुद्ध वज्राचार्य नेपाल भाषासाहित्यको पर्याप्त विकास तथा सरक्षण गर्नेतर्फ सरकारको ध्यान जान सकेको छैन । लिच्छवि तथा मल्लकालमा विकास भएका नेपाल भाषासाहित्यका गीत, तथा काव्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रुपमा मन्दिर, देवालय, चैत्य, थ्यासफू आदिमा अझै देख्न पाइन्छ तर पुस्तान्तरणमा कमजोरीका कारण यस्ता ऐतिहासिक दस्तावेज भविष्यमा लोप हुँदै जाने हो कि भन्ने चिन्ता छाएको छ । अरु कसैलाई भन्न वा...
-
२०७६ जेठ २६, आइतबार
ट्राफिक व्यवस्थापनमा चेम्बरको ध्यानाकर्षण
ट्राफिक व्यवस्थापनमा सहज गर्ने लक्ष्यका साथ सरकारले मालवाहक सवारी साधन दिउँसोको समयमा गुड्न रोक लगाएकामा नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई ध्यानकर्षण गराउँदै यस व्यवस्थाले औद्योगिक उत्पादनलगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीकोे राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा गम्भीर असर...
-
२०७६ जेठ २६, आइतबार
तीन पटक चारै कुनामा फर्केर सर्वसाधारणसँग प्रमाण माग्दै भोटो प्रर्दशन
राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा आज सरिक हुनुभएको छ । राष्ट्रप्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ । सोही अवसरमा उहाँले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गर्नुभयो । अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाउनुभयो । सो अवसरमा...
-
२०७६ जेठ २६, आइतबार
गुठी विधेयकको विरोध ,नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ पक्राउ
काठमाडौँको नेवार समुदायले सरकारले हालै ल्याएको गुठी विधेयकको विरोधमा आज यहाँ बृहत् प्रदर्शन गरेको छ । माइतीघर मण्डलमा भएको उक्त विरोध प्रदर्शनमा प्रहरीले बलसमेत प्रयोग गर्नुपरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले चार आन्दोलनकारीलाई पक्राउ गरेको छ । यसक्रममा दुई जना घाइते भएका छन् । नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ, अनिष वैद्य, कृष्ण गोपाल श्रेष्ठ र विकास महर्जनलाई प्रहरीले पक्राउ गरेको छ...
-
२०७६ जेठ २५, शनिबार
नेवार समुदाय सिथि नखः पर्व मनाउँदै
– लक्ष्मी गारु नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी...
-
२०७६ जेठ २५, शनिबार
कर्णाली जलविद्युत् कम्पनीलाई लक्षित गरी बम विष्फोट
माथिल्लो कर्णाली जलविद्युत् आयोजनास्थलमा जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोटन गराएको छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असाराघाटमा रहेको जिएमआर कम्पनीले सम्पर्क कार्यालय बनाएको स्थानीय दीपक बिसीको घरलाई लक्षित गरी आज बिहान प्रेसर कुकुर बम विष्फोट गराएको अछाम प्रहरीले जनाएको छ । बम विस्फोटबाट घरको पूर्वतिरको भित्ता चर्किएको छ भने टिनले बनेको शौचालय क्षतविक्षत पारी...
-
२०७६ जेठ २४, शुक्रबार
हावाहुरीले बर्दियामा तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति
बिहीबार हिजो राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताउनुभयो । घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको...
-
२०७६ जेठ २४, शुक्रबार
रविन्द्र खड्काको चुनाव जित्ने दावी
नेपाल चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यही जेठ २५ गते नयाँ कार्यसमितिको लागि निर्वाचन गर्दैछ। सो निर्वाचनमा अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । भने, उपाध्यक्ष पदमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेतीले उम्मेदवारी दिएका छन् । महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडाको उम्मेदवारी परेको छ । सचिव...
-
२०७६ जेठ २४, शुक्रबार
किरियापुत्री भवन निर्माण
जनसहभागितामा तनहुँको व्यास नगरपालिका–३ मा किरियापुत्री भवन निर्माण गरिएको छ । मृत्यु संस्कारका लागि आवश्यकता महसुस गरी मादीसेती नदीको सङ्गमस्थल व्यास गुफा नजिकै भवन निर्माण गरिएको हो । विसं २०७५ वैशाख १४ गतेदेखि निर्माण थालिएको भवन अन्तिम चरणमा पुगेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनुभयो । नगरपालिकाका र जनसहभागितामा निर्माण शुरु गरिएको भवनका लागि हालसम्म रु ६३...
-
२०७६ जेठ २४, शुक्रबार
लम्कीमा ५१ श्ययाको अस्पतालको शिलान्यास
कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । सो ५१ श्यया रहने अस्पतालको सांसद झपट रावलले शिलान्यास गर्नुभएको हो । उहाँले अस्पताल निर्माण भएमा लम्कीचुहा नपा, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका नागरिकलाई उपचारमा सहज हुने बताउनुभयो । लम्कीचुहाका प्रमुख महादेव बजगाईंले गाडी किन्नका लागि छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेपछि लम्कीमा अस्पताल निर्माण...
-
२०७६ जेठ २४, शुक्रबार
हावाहुरीका कारण दुईको मृत्यु सय घाइते
भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी टिकापुर नगरपालिका–२...


