-
२०७६ जेठ २४, शुक्रबार
परीक्षामा एक करोड सहभागी
चीनमा उच्च शिक्षा आर्जन गर्न चाहने करिब एक करोड विद्यार्थी शुक्रबार प्रवेश परीक्षामा सामेल भएका छन् । चीनमा एकैसाथ हुने यो परीक्षा दुई दिन चल्नेछ । चीनको शिक्षा मन्त्रालयका अनुसार केही प्रान्तीय इलाकामा भने यो परीक्षा आइतबारसम्म पनि हुनेछ । प्रवेश परीक्षामा सामेल हुन चाहने विद्यार्थीको यो संख्या सन् २०१० यताकै उच्च हो । चिनियाँ शिक्षासम्बन्धी जानकारी दिने एक वेबसाइटले प्रकाशन गरेको वार्षिक...
-
२०७६ जेठ २४, शुक्रबार
खानेपानीको मुहानमै डम्पिङ साइट
अमरगढी नगरपालिकाले पानीको मुहान नजीकै डम्पिङ साइट बनाएपछि स्थानीय बासिन्दले विरोधमा उत्रिएका छन् । वडा नं ७ को कुयलीमा रहेको गुनेइगाड नजीकै डम्पिङ साइट बनाएर फोहर फाल्न थालिएकाले उनीहरूले विरोध जनाएका हुन् । स्थानीय बासिन्दाको जमीन भाडामा लिई नगरपालिकाले बजारको फोहर फाल्न थालेकाले खोलाको पानी र वरिपरिको वातावरण नै दुर्घन्धित भएकाले त्यहाँ फोहर फाल्न बन्द गर्नुपर्ने स्थानीयवासी राम भण्डारीले...
-
२०७६ जेठ २४, शुक्रबार
न्यून चापीय प्रणालीको प्रभावले भीषण हावाहुरी
पश्चिममा विकास भएको न्यून चापीय प्रणली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली बिस्तारै सर्दै आज बिहान काठमाडौँसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मौसमविद् बरुण पौडेलले बताउनुभयो ।...
-
२०७६ जेठ २४, शुक्रबार
हुमागाईंको ‘हाँस्ने खेल्ने’ बजारमा
लोक दोहोरी गायक तथा सञ्चारकर्मी शरण हुमागाईं र सपना गुरुङको स्वरमा हाँस्ने खेल्ने बोलको गीत बजारमा आएकोे छ । डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो शब्द शरण हुमागाईंको रहेको छ । पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गीतको ध्वनि सम्पादन खडक बाजुरालीले गर्नुभएको हो ।...
-
२०७६ जेठ २४, शुक्रबार
समृद्धिको आशा गाउँदै ‘नेपाल–गाथा’
हे मनमोहक पर्वतमाला गौरवशाली उच्च हिमाल शान्त मनोहर भव्य उपत्यका १ तराईका हे फाँट विशाल १ निर्मल, कञ्चन जलका धारा गण्डकी, कोशी गर्दछन् गान सुन्दरताको खानी भएको वैभवशाली देश महान् १ आरोहअवरोहका साथ विकास भएको नेपालको इतिहास अहिले समृद्धितिर उन्मुख भएको कथाका साथ ‘नेपाल गाथा’ गीतिनाटक सोमबार राष्ट्रिय नाचघरमा प्रस्तुत गरियो । साहित्यकार तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली‘शीतविन्दु’को लेखन...
-
२०७६ जेठ २४, शुक्रबार
राहत र उद्धारमा जुट्न काँग्रेसको आग्रह
नेपाली काँग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गर्नुभएको हो । हावाहुरीका कारण दुई जनाको मृत्यु र एक सयभन्दा बढी व्यक्ति घाइते, अङ्गभङ्ग तथा...
-
२०७६ जेठ २४, शुक्रबार
हात्तीले घर र मन्दिर भत्काए
महोत्तरी जिल्लको सुकुम्वासी बस्तीमा जङ्गली हात्तीको समूहले आधा दर्जन घर भत्काएका छन् । बर्दिबास नगरपालिका–८ स्थित सुकुम्वासी बस्तीमा जङ्गलबाट सात÷आठ वटाको सङ्ख्यामा आएको हात्तीले स्थानीयवासी विक्रम महतो, शान्ति महतो, भरत महतो, पदम भुजेल, सञ्जीव कापर र राधे विकको घर भत्काएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । ती हात्तीहरुले सोही बस्तीमा रहेको शिव मन्दिरको पर्खालसमेत भत्काइदिएको...
-
२०७६ जेठ २४, शुक्रबार
धेरै बाल विवाह हुने मुलुकमा नेपाल
संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष युनिसेसफ ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया लगायतका क्षेत्रमा बढी...
-
२०७६ जेठ २४, शुक्रबार
धाराको पानीमा लेदो आएपछि
धारामा लेदो पानी आएपछि ओखलढुङ्गा सदरमुकाममा खानेपानी सङ्कट उत्पन्न भएको छ । ओखलढुङ्गा खानेपानी उपभोक्ता समितिद्वारा वितरित पानी तीन दिनदेखि धमिलो लेदोसहित आएपछि सदरमुकाममा खानेपानीको समस्या भएको हो । बुधबार बिहानदेखि धारामा निरन्तर धमिलो प्रदूषित पानी आएकाले पिउने पानी नभएको सदरमुकाममा कोठा भाडामा लिएर बस्नुभएका रविना सुनुवारले बताउनुभयो । “एकदमै फोहर, माटैमाटो लेदो हेर्दै घिनलाग्दो पानी आउँछ...
-
२०७६ जेठ २४, शुक्रबार
मलावीमा सडक दुर्घटना बढ्यो
मलावीमा सन् २०१९ को पहिलो चौमासिक अवधिमा सडक दुर्घटनामा कम्तीमा दुई सय ८१ जनाको ज्यान गएको छ । गत वर्ष यही अवधिमा दुई सय ३४ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । मलावीका प्रहरी प्रवक्ता थोमेक न्याउडेले सन् २०१९ को पहिलो तीन महिनामा मुलुकभर दुई हजार ३५० वटा सडक दुर्घटना दर्ता भएको जानकारी दिनुभयो । उहाँले गत वर्ष यही अवधिमा केबल ९६५ वटा सडक दुर्घटना भएका थिए । दुर्घटनाको प्रवृत्ति अध्ययन...
-
२०७६ जेठ २४, शुक्रबार
आँधीबाट उत्तर प्रदेशमा १९ जनाको मृत्यु
भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताउनुभयो । उहाँले आँधी प्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी...
-
२०७६ जेठ २४, शुक्रबार
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् । युरोपेली युनियनबाट बेलायत बाहिरिने ९ब्रेक्जीट० का बारेमा संसदमा...


