-
२०७६ जेठ २६, आइतबार
बढ्दै दुर्घटना, पढ्दै चालक
अघिल्लो हप्ता काठमाडौँको सुन्धारामा एउटा निजी कार र ट्याक्सी ठोक्कियो । क्षतिपूर्तिको विवाद महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म आइपुग्यो । उक्त दुर्घटनामा परेको कारका चालकले मादक पदार्थ सेवन मापसे गरेका थिए । उनले दायाँ बायाँ नहेरी एकसुरमा हुइँक्याउँदा ट्याक्सी ठोक्किन आएको प्रहरीको विश्लेषण छ । दुर्घटनाको गुनासो सुन्ने शाखाका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले कार चालकको पहिलो गल्ती...
-
२०७६ जेठ २६, आइतबार
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाल्पामा रु एक करोड ८४ लाख बजेट प्राप्त भएको छ । बेरोजगार युवालाई रोजगार दिने उद्देश्यले सञ्चालित सो कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा लागू भएको छ । तीमध्ये रम्भा र रिब्दिकोट गाउँपालिकाले कार्यक्रम शुरु गरिसकेका छन् भन्ने अन्य स्थानीय तहले शुरु गर्ने तयारी गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत रम्भा गाउँपालिकाले फारम भरेका ४५० युवामध्ये तीस जनालाई छनोट...
-
२०७६ जेठ २६, आइतबार
चिनियाँ राष्ट्रपतिले किर्गिजस्तान, ताजिकिस्तान भ्रमण गर्ने
चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी जुन १२ देखि १६ सम्म किर्गिजस्तान र ताजिकिस्तानको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार राष्ट्रपति सीले किर्गिजस्तानको राजधानी विश्केकमा आयोजना हुने १९औं शाङ्घाई सहयोग संगठन एससीओ को बैठकमा सहभागी हुनुहुनेछ । उक्त बैठकमा संगठनमा आबद्ध मुलुकका सरकार एवं राष्ट्र प्रमुखहरुको सहभागिता रहनेछ । साथै राष्ट्रपति सीले दुबै मुलुकको...
-
२०७६ जेठ २६, आइतबार
नाइजेरियामा भिषण सडक दुर्घटना
नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो । उक्त दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।...
-
२०७६ जेठ २६, आइतबार
बस र ट्याङ्कर जुध्दा १८ घाइते
चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११।३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् । घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित...
-
२०७६ जेठ २६, आइतबार
दोस्रो बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित हँुदै
प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा पूँजी बजारको दोस्रो शेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् । पूँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित भएको बताएका छन् लगानी स्कुल काठमाडौँ र सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीले संयुक्त रुपमा आयोजना गरेको शेयर...
-
२०७६ जेठ २६, आइतबार
भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्का भ्रमणमा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा आउनु भएको छ । श्रीलङ्कामा गत अप्रिल २१ तारिखका दिन २५० भन्दा बढीको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणपछि पहिलो विदेशी नेताको भ्रमण भएको हो । प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्स पुगेर उहाँ आइतबार श्रीलङ्का आउनु भएको हो । भ्रमणका क्रममा उहाँले श्रीलङ्काका उच्च पदस्थ...
-
२०७६ जेठ २६, आइतबार
ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु
फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो । कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरु...
-
२०७६ जेठ २६, आइतबार
बागलुङको पर्यटन विकासमा सङ्घीय सरकारको पाँच करोड
सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि रु पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो । बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको बागलुङ कालिका मन्दिर, ढोरपाटन, पञ्चकोट र भैरव स्थान मुलावारी गाजादहलाई रु ५०÷५० लाख विनियोजन भएको...
-
२०७६ जेठ २६, आइतबार
प्रदेश ३ मा ६० प्रतिशत अपाङ्ग बालबालिका विद्यालय जाँदैनन्
प्रदेश नं ३ मा अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन् । राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपाङ्गता भएका ब्यक्ति रहेकामा ४० प्रतिशत मात्र विद्यालय जाने गरेको महासङ्घको तथ्याङ्कमा उल्लेख छ । साथै अपाङ्गता भएकामध्ये ४८ प्रतिशतले मात्र परिचयपत्र पाएका छन् । विद्यालय जानबाट वञ्चित हुनाको मुख्य कारण पारिवारिक आर्थिक एवं सामाजिक समस्या रहेको बताइएको छ ।...
-
२०७६ जेठ २६, आइतबार
सुस्त श्रवण भएका व्यक्तिलाई साङ्केतिक भाषाको तालीम
जुम्लामा सुस्त श्रवण भएका बालबालिकाका अभिभावकका लागि “साङ्केतिक भाषा” को तालीम शुरु भएको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपालको आयोजनामा कर्णाली मावि अनामनगरमा अध्यनरत् सुस्त श्रवण भएको बालबालिकाका अभिभावकका लागि लक्षित गरी तीनदिने सो तालीम शुरु गरिएको हो । बुझ्न पाउने अधिकार सबै नागरिकको भएकाले साङ्केतिक भाषाको तालीम शुरु गरिएको प्लान नेपालका अधिकृत दिलीप बोहाराले बताउनुभयो...
-
२०७६ जेठ २६, आइतबार
इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन् ः काङ्ग्रेस नेता सिंह
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । “काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।” पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले वीरेन्द्रनगरमा आज आयोजित...


