-
२०७६ जेठ २६, आइतबार
माटो किनेरै भए पनि परम्परा धान्दै सोमबहादुर
कुमाल समुदायको पुर्खौली पेशालाई जोगाउन रामपुर नगरपालिका–६ तिलकपुरका सोमबहादुर कुमालले माटो किनेर विभिन्न सामग्री तयार पार्नुहुन्छ । माटो अभावमा समुदायबाटै पेशा नै लोप हँुदै गएपछि ३१ वर्षीय कुमालले भने माटो किनेर भए पनि जसोतसो पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । सानै उमेरदेखि बाबुबाट माटोको भाँडा बनाउने सीप सिक्नुभएका कुमालले अहिले व्यावसायिक तवरबाट यो पेशा अँगाल्नुभएको छ । पहिले माटो...
-
२०७६ जेठ २६, आइतबार
पशुको स्वस्थ्यका लागि परजीवी नियन्त्रण आवश्यक
पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरिएकोे छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा पशु स्वास्थ्य, बाँझोपन निवारण शिविरमा उक्त कुरामा जोड दिइएको हो । पशुको स्वास्थ्य परीक्षणमा देखिएको जुका, चुर्नालगायत विभिन्न खालका...
-
२०७६ जेठ २६, आइतबार
खच्चडमा सामग्री लगेर मन्दिर पुनःनिर्माण
पर्यटकीय लेक घुम्टेस्थित सिद्ध र भैरव मन्दिरको पुनःनिर्माण भइरहेको छ । सडक नुपगेकाले घुम्टेमा निर्माण सामग्री पु¥याउनै हम्मे पर्छ । खच्चडले बालुवा, ढुङ्गा, सिमेन्ट र फलामका रड दैनिक खेप गर्छन् । करीब तीन हजार १२० मिटर उचाइमा मजदूर काममा खटेका छन् । तलैबाट अन्नपानी बोकेर लगेका छन् । टहरामा रात बिताउँछन् । कठिन परिस्थितिका बीच मन्दिर पुनःनिर्माणले भने गति लिएको छ । पर्यटन मन्त्रालयको रु २० लाख...
-
२०७६ जेठ २६, आइतबार
किसानलाई वर्गीकरण गरी पहिचान गर्ने –कृषि मन्त्री खनाल
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले कृषिको दिगो विकासका लागि संसारभरी नै किसान वर्गीकरणको व्यवस्था रहेको उल्लेख गर्दै कृषिको दिगो विकासका लागि किसानको वर्गीकरण गर्ने योजना सरकारको छ, यसपछि मात्र किसानको पहिचान हुने र योजना...
-
२०७६ जेठ २६, आइतबार
स्पोर्टस अवार्डमा गोल्डस्टारले साथ दिने
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलमार्फत विशेष योगदान पु¥याउने खेलाडीलाई सम्मान गर्न गोल्डस्टार जुत्ताले रु ११ लाख सहयोग गर्ने भएको छ । पल्सर स्पोर्टस् अवार्डका लागि किरण शुु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्ताले सो सहयोग गर्ने भएको हो । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ ले प्रदान गर्ने उक्त अवार्डलाई आठ लाख नगदसहित ११ लाख बराबरको सह प्रायोजना गर्ने विषयमा आज यहाँ आयोजित...
-
२०७६ जेठ २६, आइतबार
राहतको आशमा असिनापीडित
गत चैत २२ गते बेलुका अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण दैलेख पश्चिमको ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा ठुलो धनको क्षति भयो । असिनापानीले पाक्नै लागेको गहुँबाली, जौ, फलफूल र तरकारी खेती नष्ट ग¥यो । असिनापानीपीडितहरुले दुई महिना बित्नै लाग्दा समेत राहत पाउन सकेका छैनन् । अहिले यहाँका नागरिकहरु भोक–भोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् । राहत नपाएपछि चर्को मूल्यमा गहुँ,...
-
२०७६ जेठ २६, आइतबार
क्षयरोग निवारणमा चुनौती
सङ्घीयता कार्यान्वयनसँगै क्षयरोग निवारण गर्न थप चुनौती देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र रहेको सो कार्यक्रम रहेको छ । क्षयरोग उपचारका लागि दक्षजनशक्ति, प्रयोगशालाको अभाव साथमा दुर्गम क्षेत्रका बासिन्दामा ‘रोगलाग्दा उपचार गर्न स्वास्थ्य संस्थामा जानुपर्छ’ भन्ने अझै जनचेतनाका अभावका कारण निवारणका लागि चुनौती देखिएको हो । नेपालले सन् २०३५ भित्र सो...
-
२०७६ जेठ २६, आइतबार
विकास गर्दा ‘वातावरणलाई नबिगारौँ, सिंगारौँ’
प्रदेश नं। ५, कर्णाली र सुदूरपश्चिमलाई वातावरणीय सन्तुलनमा राखिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले जेठ २२ र २३ गते प्रदेश नं–५ को नेपालगञ्जमा आयोजित दुई दिने ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्यशाला गोष्ठी’ मा सहभागी स्थानीय सरकारका प्रमुख एवं उपप्रमुखले वातावरणीय सन्तुलनका लागि नीति तथा...
-
२०७६ जेठ २६, आइतबार
प्रशासकीय अधिकृत निलम्बित
सरुवा गरेको ठाउँमा नगएको आरोपमा रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् । विभागबाट निलम्बनमा परेको हो । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६ जेठ २ गते सरुवा गरेको पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेको कारण देखाउँदै कार्कीलाई निलम्बन गरेको हो । विभागको अवज्ञा गरेका भन्दै निजामती सेवा नियमावली २०५० को...
-
२०७६ जेठ २६, आइतबार
पार्टीको राष्ट्रिय जागरण अभियान सफल ः डा महत
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब दोस्रो र तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेशको निर्वाचन क्षेत्र र नगर एवं गाउँलाई केन्द्रविन्दु बनाएर अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । नेता महतले यस जागरणको...
-
२०७६ जेठ २६, आइतबार
सडक सञ्जालमा प्राथमिकता
दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आगामी आवमा ६० किलोमिटर सडक कालोपत्रे गर्ने नीति अघि सारेको बताउनुभयो । “यस वर्ष हामीले १५ किलोमिटर सडक कालोपत्रे ग¥यौँ”, उहाँले भन्नुभयो, “आगामी वर्ष सडक निर्माण वर्षका रुपमा योजना अगाडि सारेर ६० किलोमिटर सडक कालोपत्रे गर्ने छौँ ।” सडक नै समृद्धिको आधार...
-
२०७६ जेठ २६, आइतबार
गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुग्नुभएका सभापति देउवाले आज बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्वसमेत बोकेको ऐतिहासिक स्थलको...


