STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २४, शुक्रबार

    व्यावसायिक खेतीका लागि माटो परीक्षण

    माटोको उर्वराशक्तिअनुसार व्यावसायिक खेती लगाउने उद्देश्यले जन्तेढुङ्गा गाउँपालिकामा माटो परीक्षण शुरु गरिएको छ । गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको खेती गर्ने उद्देश्यले माटो परीक्षण शुरु गरिएको हो । गाउँपालिकाभित्रका छ वटै वडाका माटोको प्रकृति पत्ता लगाएर सो स्थानमा उत्पादन हुने उपयुक्त कृषि बाली सिफारिशका लागि यही जेठ १९ गतेदेखि किटबक्स विधि...

  • २०७६ जेठ २४, शुक्रबार

    स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गरिने

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले यसै वर्ष वैज्ञानिक स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको नगर शैक्षिक सम्मेलनले आठ बुँदे प्रतिबद्धतापत्र घोषणा गर्दै यस्तो निर्णय गरेको हो । सम्मेलनले यसै वर्षभित्र स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिकसत्रबाट लागू गर्ने निर्णय गरेको छ । विद्यालयकोे भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिँदै सम्मेलनले...

  • २०७६ जेठ २४, शुक्रबार

    पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

    पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।

  • २०७६ जेठ २४, शुक्रबार

    यौनिक तथा अल्पसङ्ख्यकको पीडा

    रुपन्देहीको देवदहमा जन्मिएका ३२ वर्षीय रेशम न्यौपानेलाई तेस्रोलिङ्गी भएको थाहा पाएपछि सानै उमेरमा परिवारले घरबाट निकालिदिए । उनले आफूलाई त्यसो नगर्न बिन्ती गरे तर बुबाआमाले मानेनन् । आफूमाथि कुटपिट हुन थालेपछि उनी घर छाड्न बाध्य भए । परिवारको माया नपाएपछि पढाइलाई निरन्तरता दिन पनि सकेनन् ।   तेस्रोलिङ्गी भएकै कारण समाजले उनको अस्तित्व स्वीकार गरेन । कैयौँपटक आत्महत्याको असफल प्रयास गरे । जीविका...

  • २०७६ जेठ २४, शुक्रबार

    व्यावसायिक भैँसीपालनमा दलित समुदाय

    वीरेन्द्रनगर–१ का ५० घरधुरी दलित समुदायले व्यावसायिक भैँसीपालनको शुरुआत गरेका छन् । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैँसीपालनमा जुटेका हुन् । दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले त्यहाँका प्रत्येक घरधुरी कृषकलाई भैँसी अनुदान दिइएको हो । स्थानीय रामकला सार्कीले विगतमा आफूहरुको दूध बजारमा...

  • २०७६ जेठ २४, शुक्रबार

    आर्सेनिक प्रभावित वडा शुद्ध खानेपानीबाट बञ्चित

    पश्चिम नवलपरासीस्थित नेपालकै सर्वाधिक आर्सेनिक रहेको रामग्राम नगरपालिका वडा नं १२ र १३ का बासिन्दा अझै पनि शुद्ध पिउने पानीबाट बञ्चित छन् । दुई दशकअघि गरिएको परीक्षणका क्रममा सो वडामा नेपालमा सबैभन्दा बढी आर्सेनिक रहेको प्रमाणित भएको थियो । आर्सेनिक पत्ता लागेको लामो समय बितिसक्दा पनि उक्त गाउँमा आर्सेनिकरहित शुद्ध खानेपानीको व्यवस्थापन हुन नसक्दा स्थानीयवासी आर्सेनिकयुक्त पानी नै प्रयोग गर्न...

  • २०७६ जेठ २४, शुक्रबार

    खुकुरी व्यवसायले फेरिएको दैनिकी

    पुख्र्यौली पेशालाई आधुनीकिकरण र औद्योगीकरण गर्न सके स्वदेशमै मनग्य कमाइ गर्न सकिन्छ भन्ने नमूना उदाहरण हुन्, मन्दिरा भोजपुरे खुकुरी उद्योग बडहरामाल–२ बन्दीपुरका सञ्चालक ४५ वर्षीय टङ्कबहादुर विश्वकर्मा ।   पुस्तौनी रुपमा खुकुरी बनाउँदै आउनुभएका विश्वकर्माले खुकुरी व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । यही व्यवसायबाट उहाँले आफ्ना दुई छोरा, एउटी छोरीलाई लेखपढ र राम्रै थातथलोको पनि जोहो...

  • २०७६ जेठ २४, शुक्रबार

    चार वर्षदेखि पीडामा राउटे युवा

    विसं २०७२ पुसको पहिलो साता राउटे युवा कपिल शाही आगोले जलेर गम्भीर घाउते भए । अछामको पियालतडामा रहँदा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । त्यतिबेला गम्भीर अवस्थामा रहेका कपिललाई दुई महीना काठमाडौँमा राखेर उपचार पनि गराइएको थियो । आफ्नो बस्तीभन्दा बाहिर बास बस्नै नमान्ने राउटे समुदायलाई राउटे उत्थान प्रतिष्ठानको पहलमा दुई राउटेसँगै पठाएर कपिलको काठमाडौँमा उपचार गरिएको थियो । कपिललाई...

  • २०७६ जेठ २४, शुक्रबार

    यातायातमा प्राविधिक नहुँदा काम ठप्प

    गलकोट नगरपालिका–१ का वीरबहादुर कार्की सदरमुकाम बागलुङ बजारमा रहेको यातायात व्यवस्था कार्यालय धाउन थालेको दुई हप्ता भयो । सवारीचालक अनुमतिपत्रका लागि लिखित परीक्षा दिएर प्रयोगात्मकका लागि उहाँ यातायात व्यवस्था कार्यालय बागलुङ धाउने गर्नुभएको छ । सवारीचालक अनुमतिपत्र मात्रै होइन, उहाँले भर्खरै खरीद गरेको मोटरसाइकल पनि दर्ता गराउनुपर्नेछ । दुई हप्तासम्म कार्यालयमा धाइरहनुभएका कार्कीका दुवै काम भएका...

  • २०७६ जेठ २४, शुक्रबार

    शिक्षकलाई प्रारम्भिक कक्षा पठनसीप तालीम

    प्रारम्भिक कक्षा पठनसीप विकास कार्यक्रमलाई सघाउ पु¥याउने हेतुले कक्षा १ र २ का नेपाली भाषा शिक्षकलाई तालीम प्रदान गरिएको छ । रुम टु रिडको आर्थिक सहयोगमा पढ्नका लागि कोठाको प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको साक्षरता कार्यक्रमअन्तर्गतका ७८ सामुदायिक विद्यालयका शिक्षकलाई पठनसीप विकाससम्बन्धी तालीम प्रदान गरिएको हो । साक्षरता कार्यक्रम लागू भएका ७८ विद्यालयका शिक्षकलाई...

  • २०७६ जेठ २४, शुक्रबार

    चेतना अभावमा मृत्युको मुखमा पुग्छन् सुत्केरी

    पछिल्लो समय गर्भावस्था तथा सुत्ेकरी हुने बेलामा अस्पताल तथा वर्थिङ सेन्टर नपुग्ने कमै हुन्छन् । आम मानिसमा चेतनाको स्तरमा वृद्धि भए पनि यदाकदा चेतनाकै अभावमा सुत्केरी तथा नवजात शिशुको मृत्यु हुने गरेको सुन्न पाइन्छ । भौगोलिक विकटताका कारण अस्पतालको पहुँचमा नपुग्नु तथा चेतनाको अभावमा उमेर नपुग्दै विवाहबन्धनमा बाँधिनुले अझै पनि समाजमा छिटपुट रूपमा सुत्केरी तथा शिशुको मृत्यु भएको घटना घट्ने गरेका...

  • २०७६ जेठ २४, शुक्रबार

    वातावरण संरक्षणका लागि बुटिक चौतारी

    संरक्षणको अभावमा शहरी क्षेत्रका चौतारा लोप हुँदै गएको वास्तविकतामा यहाँका दुई संस्थाको अगुवाइमा गरिएको बुटिक चौतारी निर्माण यतिखेर उदाहरणीय बनेको छ । पोखराको हरियाली एवं वातावरणीय सुन्दरतासँगै पैदलयात्रीको विश्रामस्थलका रुपमा लिइएका बुटिक चौतारी सडकको दायाँबाँया निर्माण गरिएका छन् । सिद्धार्थ राजमार्गसँग जोड्ने मुख्य सडकखण्डको नागढुङ्गादेखि पृथ्वीचोकसम्म ७०० मिटर लम्बाइ क्षेत्रमा लगभग रु आठ लाखको...

Pages