STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २४, शुक्रबार

    शहीदको नाममा छात्रवृत्ति प्रदान

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले देशमा लोकतन्त्रको प्राप्तिपछि पनि जनताले खोजेको उपलब्धि अझै हासिल हुन नसकेको बताउनुभएको छ । आज सूर्यविनायकमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको सातौँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल उपलब्धिको सम्भावना नै सम्भावना बोकेको देश भएकाले आशा गर्ने ठाउँ धेरै छ ।”  नेता...

  • २०७६ जेठ २४, शुक्रबार

    जनचासोका विषयमा कलम चलाउनुहोस् ः मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा  जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै भन्नुभयो,  “राससमा आउने...

  • २०७६ जेठ २४, शुक्रबार

    माछापुच्छे« द्धारा विपन्न परिवारको स्वास्थ्य बीमा

    जिल्लाको माछापुच्छ« गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो ।   आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरीब परिवार यकिन गरी यही जेठ महीनादेखि लागू हुने गरी उनीहरुका सदस्यको स्वास्थ्य बीमामा...

  • २०७६ जेठ २४, शुक्रबार

    तातोपानीको रेन्बो ट्राउट व्यवसाय

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवा यस क्षेत्रका प्रेरणाको स्रोत बनेका छन् । स्थानीयवासी सुजन राम्जाली र इन्द्र थापाले रु २० लाखको लगानीमा गत वर्षदेखि व्यावसायिक रुपमा शुरु गरेको रेन्बो ट्राउट माछापालन विदेश नगई स्वदेशमा नै केही गरौँ भन्ने युवाका लागि प्रेरणाको स्रोत बनेको हो ।  राम्जाली र थापाले तातोपानी रेन्बो ट्राउट फार्म दर्ता गरी आठ वटा पक्की पोखरीमा शुरु गरेको यस...

  • २०७६ जेठ २४, शुक्रबार

    आरन चलिरह्यो, जीवन चल्न मुस्किल

    तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित हुनुभएको छ । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित हुनुभएको हो ।  पुर्खादेखि गर्दै आएको आरन पेशाले परिवार पाल्न गाह्रो भएपछि पेशाबाट नै विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । लामो समयदेखि हँसिया, खुर्पा, बञ्चरो बनाएर परिवार पाल्दै आउनुभएका विकले बजारमा आएको आधुनिक सामग्रीका...

  • २०७६ जेठ २४, शुक्रबार

    चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

    चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहनुभएको छ । त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गर्नुभएको बताइएको छ । उहाँले रुसको सेन्ट पिटस्बर्ग शहरले रुसका धेरै महत्वपूर्ण व्यक्तिहरु जन्माएको...

  • २०७६ जेठ २४, शुक्रबार

    प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनल शनिबार

    प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दुवै टोली उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् ।    पुलिसले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ...

  • २०७६ जेठ २४, शुक्रबार

    काष्ठमण्डप पुनःनिर्माण ३० प्रतिशत

    काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निर्माणको कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम भइरहेको छ । शाक्यले भन्नुभयो, “निर्माणको समयमा समितिले लिएको...

  • २०७६ जेठ २४, शुक्रबार

    नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएन

    प्रदेश नं ५ मा नदीजन्य पदार्थको अवैध उत्खनन् नरोकिएको सरोकारवालाहरुले औँल्याएका छन् । उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको स्वीकार गरे ।  रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा अर्थ, उद्योग तथा वातावरण समिति सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु धेरै भएपछि वातावरण समिति अनुगमनमा नगएको बताउनुभयो । “सबै अनुगमनमा जाने तर परिणाम...

  • २०७६ जेठ २४, शुक्रबार

    भुम्लुमा स्थानीय पाठ्यक्रममा शिक्षण

    भुम्लु गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी अध्यापन शुरु गरेको छ । पाँच विषयवस्तु समेटिएको उक्त पाठ्यक्रमका आधारमा गत बिहीबारदेखि स्थानीय विद्यालयमा शिक्षण शुरु गरिएको छ ।  भौगोलिक अवस्था तथा स्थानीय आवश्यकतालाई महत्व दिएर विपद्, सूचना–प्रविधि, कृषि, स्थानीय स्रोत तथा भुम्लुको परिचय समेटिएको पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख रमेशराज खरेलले बताउनुभयो । उहाँका अनुसार एक सय...

  • २०७६ जेठ २४, शुक्रबार

    आलेख ः किसानको मिहिनेतले बगर हराभरा

    जग्गा भएर के भयो र महोत्तरीको भङ्गाहा नगरपालिका–६ को पर्सा र सग्रामपुरका किसानको मिहिनेतले २०५ बिघा बलौटे जग्गामै फलपूmलका बिरुवा लहलहाएका छन्, तरकारी बाली फस्टाएको छ । त्यसैगरी, भङ्गाहा–७ का भूमिहीन दलितले पनि पछिल्ला चार वर्षयता बगरको पर्ति ऐलानी जग्गामा तरकारी बाली लगाएर मनग्य कमाउन थालेका छन् ।    रातु नदीले बलौटो थुप्य्राएको बगर जग्गामा अब लहलह बाली झुलेपछि महोत्तरी जिल्लाको भङ्गाहा...

  • २०७६ जेठ २४, शुक्रबार

    पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए

    अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको उल्लेख छ । सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १७ थान म्याग्जीन तथ ४५० थान बन्दुकका...

Pages