STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २३, बिहिबार

    सुडानमा १०८ सर्वसाधारणको मृत्युपछि प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

    सुडानमा प्रदर्शनकारीका नेताहरुरुले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ । सुडानको राजधानी खार्तुमस्थित जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा १ सय ८ जनाको मृत्यु भएपछि नेताहरुले वार्तालाई अस्वीकार गरेका हुन् । बुधबारसम्मा सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको चिकित्सकहरुले बताएका थिए । परिषद्ले सत्ता हस्तान्तरण सम्बन्धी नागरिक...

  • २०७६ जेठ २३, बिहिबार

    नेकपा सचिवालय बैठक स्थगित

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ ।   प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।    बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगे पनि एकछिन बसेर बैठक स्थगन गरियो । ‘‘दुवै...

  • २०७६ जेठ २३, बिहिबार

    कृषि, पर्यटन, ऊर्जा, शिक्षा र स्वास्थ्यमा बजेट वृद्धि हुनु सकारात्मक छः सत्तापक्ष, विकास खर्च गर्न नसक्ने बजेटले आर्थिक समृद्धि ल्याउँदैनः प्रतिपक्ष

    प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ राजश्व  र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुभएको थियो ।  आजको छलफलमा भाग लिँदै नेकपाका सोमप्रसाद पाण्डेयले आर्थिक समृद्धिको ढोका खुलाउने बजेट आएको र यसले पूर्वाधार विकास र सामाजिक सुरक्षामा विशेष जोड दिएको बताउनुभयो ।  उहाँले कृषि, पर्यटन, ऊर्जा, शिक्षा र...

  • २०७६ जेठ २३, बिहिबार

    पुलिस प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

    विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ० लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई पाँच विकेटले पराजित गर्दै फाइलनमा पुगेको हो । यही जेठ २५ गते हुने फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसंग...

  • २०७६ जेठ २३, बिहिबार

    घरदैलोमा सेवा पु¥याउँदै वडा कार्यालय

    रामपुर नगरपालिका–१ वडा कार्यालयले प्रदान गर्ने सेवासुविधालाई नागरिकको घरदैलोमा पु¥याउन थालेका छन् ।    स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले कार्यालयबाट प्रदान गर्ने सेवासुविधालाई नागरिकको घरदैलोमा पु¥याउन थालेको हो । यसका लागि वडा कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेका गाउँगाउँ र टोलटोलमा जनप्रतिनिधि तथा कर्मचारी पुगेर सेवासुविधा दिन थालेका छन् ।  रामपुर नगरपालिकाकै दुर्गम र विकटमा...

  • २०७६ जेठ २३, बिहिबार

    चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा

    पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले राजीनामा दिएका छन् । सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताउनु भएको छ । सरकारले लिएको वार्ता र संवादबाट सबै समस्याको हल हुन्छ भन्ने...

  • २०७६ जेठ २३, बिहिबार

    रातो मछिन्द्रनाथ जात्राका प्रचलन कायमै राख्न जोड

    झण्डै १६ वर्ष पहिलेदेखि रातो मछिन्द्रनाथको मूल पूजारीका रुपमा देवताको सेवामा लाग्दै आउनुभएको कपिल बज्राचार्य ६७ वर्षको हुनुभयो । उहाँ २२ २३ वर्षको उमेरदेखि मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आउनुभएको छ । बज्राचार्य आफूलाई रातो मछिन्द्रनाथलाई पाटन ल्याउनेमध्येका एक गुरु बन्धुदत्त बज्राचार्यको सन्तान भएको दावी गर्नुहुन्छ । उहाँले देवताको सेवामा बिताउनुभएको यो पाँच दशकमा पूजा विधिमा...

  • २०७६ जेठ २३, बिहिबार

    पेट्रोलियम पदार्थको हाहाकार

    पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् ।  नेपालले आयात गर्दै आएको पेट्रलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो । झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो...

  • २०७६ जेठ २३, बिहिबार

    एक हजारको आँखाको शल्यक्रिया

    कैलाली टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म केन्द्रले एक हजार १५० जनाको मोतिबिन्दु, २२ जना मासु पलाएका, ३५ जना आनोको समस्या भएका र १२ जना परेलाको उल्टो ढकनी भएका बिरामीको शल्यक्रिया गरिएको हो । उपचार केन्द्रले महीनामा सयभन्दा बढीको शल्यक्रिया गर्ने गरेको नेत्र सहायक लोक पुनले जानकारी दिनुभयो । उपचार केन्द्रमा...

  • २०७६ जेठ २३, बिहिबार

    बजेटले समाजवादको लक्ष्यलाई आत्मसात् गरेको छः अर्थमन्त्री

    सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री डा युवराज खतिवडाले संविधानले प्रदत्त गरेको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको बताउँदै वित्तीय सङ्घीयता कार्यान्वयनको काम जारी रहेकाले केही विषयमा कमजोरी भएको देखिन सक्ने स्वीकार्नुभयो ।  ...

  • २०७६ जेठ २३, बिहिबार

    पुरुषसरह ज्याला पाउँदा महिला खुशी 

    पातारासी गाउँपालिका– ४ का महिला पहिलोपटक पुरुषसरह ज्याला पाउँदा निकै हर्षित भएकी छिन् । यतिबेला पातारासी गाउँपालिका– ४ मा विउरेनी जलविद्युत्को काम निरन्तर भइरहेको छ । त्यहाँ काम गर्ने महिला पुरुष दुवैले एक दिनको रु ६०० का दरले ज्याला पाउने गरेका छन् ।  पहिलोपटक पुरुष बराबरको ज्याला पाउँदा निकै हर्ष लागेको पातारासी– ४ का स्थानीय जौकला बुढाले बताउनुभयो । टुकी र झरो बालेर रात कटाउने स्थानीयवासी...

  • २०७६ जेठ २३, बिहिबार

    अमेरिकी सीमामा आप्रवासी पक्राउ

    अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार ५४२ जना, बालबालिका ११ हजार ५०७ जना र एकल...

Pages