-
२०७६ जेठ २३, बिहिबार
चीनको सहयोगमा विद्यालय निर्माण सम्पन्न
चीन सरकारले रु ८३ करोड लागतमा निर्माण गरेको सुविधासम्पन्न एक विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ । लमजुङको राइनास नगरपालिका–९ महोरियाकोटस्थित भैरव माध्यमिक विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको हो । आठ रोपनी क्षेत्रफलमा चारतले विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको राइनास नगरपालिकाका प्रमुखसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार...
-
२०७६ जेठ २३, बिहिबार
अतिविपन्न दलित समुदायको कार्यक्रम अलपत्र
सरकारले अतिविपन्न दलित परिवारलाई लक्षित गरी सञ्चालन गरेको जनता आवास कार्यक्रम सिरहा र सप्तरीमा अलपत्र परेको छ । कार्यक्रम कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका कारण कार्यक्रम अलपत्र परेको हो । कार्यक्रम अलपत्र हुदाँ नयाँ घर पाउने आसमा पुरानो घर भत्काएर बसेका सिरहा र सप्तरीका अतिविपन्न दलित समुदाय समस्यामा परेका छन् । नयाँ घर पाउँछु भन्ने आशामा घर भत्काएको दुई वर्ष भइसक्यो, सिरहा मिर्चैया...
-
२०७६ जेठ २३, बिहिबार
विश्वशान्तिको कामना गर्दै कपनमा महायज्ञ
निरौला बन्धु सेवा समाजले विश्व शान्तिको कामना गर्दै बूढानीलकण्ठ—१० कपनमा बाह्रदिने महायज्ञको आयोजना गरेको छ । निरौला बन्धु परिसर नीलोपुलमा पितृ उद्धार गर्ने पनि उद्देश्यले महायज्ञ आयोजना गरिएको समाजका सहसचिव सुरेश निरौलाले बताउनुभयो । “महायज्ञबाट सङ्कलित रकमबाट समाजको भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो । यही जेठ २१ गतेदेखि सञ्चालन भएको महायज्ञ जेठ ३२ गते सम्पन्न हुनेछ ।...
-
२०७६ जेठ २३, बिहिबार
लोकसेवा आयोगको विज्ञापन समावेशी र समानुपातिक भएन ःसांसद
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गर्नुभयो । बैठकमा उहाँहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गर्दै शून्य समयमा सदनमा राखेका धारणा शून्यमा नहराउन भन्दै शून्य समयका राखेका विषय के कति कार्यान्वयन भयो रु जवाफ दिन माग गर्नुभयो । सांसदहरुले संसद्...
-
२०७६ जेठ २३, बिहिबार
विपद् सिकाइ केन्द्र स्थापना
तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ जामुनेमा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र स्थापना गरिएको छ । स्थानीय समुदायमा जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनसम्बन्धी ज्ञान, सीप अभिवृद्धि गर्ने उद्देश्यसहित जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र स्थापना गरिएको हो । गोनेसा, हरियो वन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको सिकाइ केन्द्रमा जलवायु परिवर्तन तथा...
-
२०७६ जेठ २३, बिहिबार
‘म स्वस्थ मेरो नगर स्वस्थ’ अभियान शुरु
कैलालीको टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको छ । नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान शुरु गरेको हो । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, राजनीतिक दलका प्रतिनिधिलाई सामाजिकरुपमा प्रतिबद्ध गराउन थालेको छ । नगरपालिकाले सार्वजनिक कार्यक्रममा सामूहिक प्रतिबद्धता गर्न...
-
२०७६ जेठ २३, बिहिबार
लुङ्खु–हुवास सडक कालोपत्र हुने
पर्वतको सदरमुकामदेखि कुस्मा बजारसम्म जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढेको छ । पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुङ्खु हुवास सडक कालोपत्र गर्नका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना आरसिआइपी पर्वतले टेण्डर आह्वान गरेको हो । टेण्डर आह्वानसँगै कालोपत्रका लागि प्रक्रिया शुरु भएको छ । आरसिआइपीले लुङ्खु हुवास सडकको १५ किलोमिटर खण्डका ठेक्का आह्वान गरेको छ । सङ्घीय...
-
२०७६ जेठ २३, बिहिबार
बेपत्ता चालक दलका सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो
इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ । गत शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो । यस कार्गो जहाजमा १८ व्यक्ति सवार...
-
२०७६ जेठ २३, बिहिबार
हुण्डी कारोवार गर्ने दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । बुधबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकस्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रीसमेतको जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका जिल्ला बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने वर्ष २२ को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने वर्ष २२ को...
-
२०७६ जेठ २३, बिहिबार
वास्तविक पीडित अझै समस्यामा
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कास्कीद्वारा अन्नपूर्ण गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले वास्तविक पीडित अझै समस्यामा रहेको गुनासो गरेका छन् । प्राधिकरणबाट समयमा किस्ता रकम निकासा हुन नसकेको, गुनासोको बेवास्ता गरिएको, प्राविधिक आउनुअघि नै बनाइएका घरको अनुदान पाउन समस्या भएको, कार्यविधि नभएको बहानामा...
-
२०७६ जेठ २३, बिहिबार
ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ ः मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै उहाँले ऐनले निजी चिकित्सा शिक्षाको क्षेत्रमा भएका विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण संस्था स्थापनाका लागि पूँजी लगानीमा प्रोत्साहन गरेको...
-
२०७६ जेठ २३, बिहिबार
कोपा अमेरिकाबाट नेमार बाहिरिए
ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ । एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको...


