-
२०७६ जेठ २३, बिहिबार
इजिप्टमा १४ जना आतङ्की मारिए
इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी नै मारिएको उल्लेख छ । उनीहरु अल–मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षाफौजले जनाएको छ । उक्त घर खानतलासी गर्नेक्रममा सुरक्षाफौज र आतङ्ककारीबीच गोली हानाहान भएको थियो । सैनिक...
-
२०७६ जेठ २३, बिहिबार
महिला पत्रकारिता तालीम शुरु
नेपाल प्रेस युनियन पर्सा शाखाले आजदेखि दुईदिने लैङ्गिक समता र सुरक्षासम्बन्धी पत्रकारिता तालीम शुरु गरेको छ । महिलालाई पत्रकारिता क्षेत्रमा ल्याएर समाजप्रति उत्तरदायित्व बनाउने उद्देश्यले सञ्चालित सो तालीममा पर्सामा कार्यरत २० जना महिलाको सहभागिता रहेको छ । सो तालीमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले तालीमले महिलाको दक्षता वृद्धि गरी समाजप्रति...
-
२०७६ जेठ २३, बिहिबार
विद्यालयमा शुल्क निर्धारण भएन
नेपाल सरकारले विद्यार्थी भर्ना अभियान २०७६ को आदर्श वाक्य ‘सबै बालबालिकाहरुलाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ तय गरे तापनि ललितपुरभित्रका ६ वटा पालिकाको कुनै पनि संस्थागत विद्यालयमा हालसम्म निश्चित शुल्क निर्धारण हुन सकेको छैन । केन्द्र सरकारले शिक्षा ऐन निर्माणको काममा ढिलाइ गरेसँगै प्रदेश हुँदै सङ्घ र स्थानीय निकायमा आउनुपर्ने भएकाले पुनः एक पटक बनेको नियम नदोहोरियोस् भन्ने चाहनाका...
-
२०७६ जेठ २३, बिहिबार
राष्ट्रपतिको नेपालगञ्ज भ्रमणः सद्भाव र एकताको सन्देश
सद्भावको शहर नेपालगञ्जमा एउटा समुदायको चाडपर्वमा अर्को समुदायका व्यक्तिको जमघट हुन्छ । मुसलमानको चाडपर्वमा हिन्दू र हिन्दूको चाडपर्वमा मुसलमान सहभागी हुन्छन् । यो नेपालगञ्जको अत्यन्तै सद्भावपूर्ण धार्मिक संस्कार हो । दशैँतिहारजस्ता चाडपर्वमा मुसलमानहरु टीका थाप्न हिन्दूका घरमा पुग्छन् भने मुसलमान समुदायको चाडपर्वमा हिन्दू सहभागी भई शुभकामना आदानप्रदान गर्ने गर्छन् । नेपालगञ्ज मधेशी, मुसलमान र...
-
२०७६ जेठ २३, बिहिबार
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजना छनोट गरेको छ । नगरपालिकाले १२ वटै वडामा बेरोजगारलाई काममा खटाउन विभिन्न योजना छनोट गरेको हो । शुक्लागण्डकी नगरपालिकाका रोजगार सेवा केन्द्र प्रमुख प्रतिभा जिसीले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम मोटरमार्ग, नाला, सिँढी, पाइप...
-
२०७६ जेठ २३, बिहिबार
मध्यपुरथिमिमा जेठ २५ देखि स्थानीय पाठ्यक्रम लागू
मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । आगामी २५ गते पर्ने...
-
२०७६ जेठ २३, बिहिबार
विश्वकप क्रिकेट, अस्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा
इङ्ल्यान्ड एन्ड वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार अस्ट्रेलिया र वेस्ट इन्डिजबीच खेल हुँदैछ । नटिङ्घमको खेल मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले क्षेत्र रक्षण गर्ने निर्णय गरेको छ । यसअघिका खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई र अस्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेका छन् । वेस्ट इन्डिजको टिममा जेसन होल्डर कप्तान, क्रिस गेल, साई होप, ई लेविस, एन पूरान, एस...
-
२०७६ जेठ २३, बिहिबार
भ्रष्टाचार मौलाएको आरोप
नेपाली काँगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले गाउँगाउँमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ । काँग्रेसको जागरण अभियानका क्रममा सबै स्थानिय तहमा पुग्नु भएका नेता हुमागाईँले आज नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलमा भन्नुभयो, “प्रदेश सरकारले कार्यकर्तामुखी योजनाहरु बाँडेको भेटियो, प्रदेशबाट योजना हाल्ने ३० प्रतिशत कमिसन खाने जस्ता कार्यहरु भएका छन्, यो गलत काम...
-
२०७६ जेठ २३, बिहिबार
सीमा क्षेत्रमा नयाँ मितेरी पुल निर्माण
नेपाल –चीनबीच रसुवागढी नाकामा नयाँ मितेरी पुल निर्माण भएको छ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नं गुल्म टिमुरेका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार नेपाल चीनको सिमाना रसुवागढीको ल्हेन्देखोलामा चीन सरकारले निर्माण गरेको मितेरी पुलमा आजदेखि यातायात सञ्चालन भएको छ । नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्विका लागि पाँच–छ वर्ष अगाडि निर्मित पुल विसं २०७२ को भूकम्पले...
-
२०७६ जेठ २२, बुधबार
मुख्यमन्त्री राईद्वारा इद उलफित्रको शुभकामना
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको उपलक्ष्यमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज जारी शुभकामना सन्देशमा उहाँले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी...
-
२०७६ जेठ २२, बुधबार
अस्पतालको सेवा अब सफ्टवेयरमार्फत
यहाँको जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली एचएमआइएस जडान गरिएको छ । भेरी नगरपालिकाको रु छ लाखको सहयोगमा सोे सफ्टवेयर जडान गरिएको हो । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भन्नुभयो, “नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा यस्तो व्यवस्था गरिएको हो ।” अस्पतालको चौतर्फी विकास तथा व्यवस्थापनमा भेरी...
-
२०७६ जेठ २२, बुधबार
युवा विदेश पलायन भएपछि विवाहमा बूढापाकालाई सास्ती
मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका विभिन्न गाउँमा पनि असर परेको छ । घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्दै आएका छन् । आर्थिक अभाबका कारण बिदेशिने क्रम बढिरहेका बेला मुलुकमा भएको द्वन्द्वको समयमा पनि कतिपय युवा गाउँघर छाड्न बाध्य थिए । नेपाल सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन...


