STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २२, बुधबार

    खप्तड छेडेदह पहिलो साक्षर गाउँपालिका

    जिल्लाको खप्तड छेडदह गाउँपालिका साक्षर घोषणा हुने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये पहिलो भएको उक्त गाउँपालिकाका ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षरताको सूचक पूरा गर्ने अवस्थामा रहेकाले घोषणा गरिएको बताइएको छ । गत जेठ २० गते साक्षर घोषणा भएको यस गाउँपालिकामा १५ देखि ६० वर्ष उमेर समूहको कूल ११ हजार ८४४ जनसङ्ख्यामध्ये ११ हजार ३११ अर्थात ९५ दशमलव ४९ प्रतिशत जनसङ्ख्या...

  • २०७६ जेठ २२, बुधबार

    स्वच्छ वातावरण सबैको पहिलो शर्त बन्नुपर्छ ः मन्त्री बस्नेत

    वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विश्वको वातावरण सन्तुलन बनाई राख्न प्रत्येक व्यक्तिको सकारात्मक भूमिका हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज यहाँ प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वातावरण बिग्रन नदिन संस्थागत, समूहगत र एकल प्रयास आवश्यक हुने विचार व्यक्त गर्नुभयो । “यस वर्षको विश्व वातावरण दिवसको नारा ‘स्वच्छ वायु, स्वस्थजीवन’को नारालाई...

  • २०७६ जेठ २२, बुधबार

    जागरण अभियानले कार्यकर्तामा संवादको थालनी ः प्रवक्ता शर्मा

    नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताउनुभयो ।  जागरण अभियानले काङ्ग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “काङ्ग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।”...

  • २०७६ जेठ २२, बुधबार

    घोडेपानी–घान्द्रुक पदमार्ग निर्माण

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् । पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको...

  • २०७६ जेठ २२, बुधबार

    सरिता लामिछानेलाई करिश्मा र रेखाले साथ दिने

    नेपाल चलचित्र कलाकार संघको आगामी निर्वाचनकोलागि आफ्नो उम्मेदवारी बारेमा जानकारी गराउने उद्देश्यले सरिता लामिछानेको निमन्त्रणामा मंगलबार नेपाली चलचित्रका नायिकाहरु काठमाडौंमा तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा भेला भएर आसन्न निर्वाचन बारेमा छलफल गरेका छन्। चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी सरितालाई साथ दिन मञ्चमा गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापाहरु छलफलमा सहभागी भएका थिए भने...

  • २०७६ जेठ २२, बुधबार

    विद्युत् सेवा अवरुद्ध हुँदा समस्या

    डोटी जिल्लासहित सुदूरपश्चिमका पहाडी जिल्लामा मङ्गलबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, अछाम, बाजुरा र डोटीमा विद्युत् सेवा नहुँदा यहाँका नागरिक समस्यामा परेका छन् । मङ्गलबार दिउँसो डडेल्धुराको स्याउले सवस्टेशनमा आएको खराबीका कारण विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ । सवस्टेशनमा आएको खराबीका कारण यहाँको पहाडी जिल्लामा...

  • २०७६ जेठ २२, बुधबार

    दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।  वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।  बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै...

  • २०७६ जेठ २२, बुधबार

    बार परिसरमा रोपियो रुद्राक्षको बिरुवा

    विश्व वातावरण दिवसका अवसरमा नेपाल बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपिएको छ । वातावरणको संरक्षण गर्ने उद्देश्यले नेपाल बार एशोसिएशन तथा सर्वोच्च अदालत बार एशोसिएशनको वातावरण तथा कानून विभाग र प्राकृतिक संरक्षक समाजले संयुक्तरुपमा बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपेका हुन्।    बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र समाजका अध्यक्ष...

  • २०७६ जेठ २२, बुधबार

    मुक्तिनाथमा भारतीय तीर्थयात्रीको  सङ्ख्यामा वृद्धि

    पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो ।  सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महीनामा मात्र नौ हजार ३७२ मुक्तिनाथ आएका थिए । दोस्रो पर्यटकीय...

  • २०७६ जेठ २२, बुधबार

    स्वास्थ्य शिविरमा धामीझाँक्री

    कुनै समय डाक्टरले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय डाक्टरले सञ्चालन गरेका स्वास्थ्य शिविरमा गएर उपचार गराउन थालेका छन् ।  आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि डाक्टर कहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका शिखर नगरपालिका–९ का टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “धामीलाई देउता काप्न खबर गर्न जाँदा...

  • २०७६ जेठ २२, बुधबार

    वातावरण दिवसमा हनुमन्ते नदी सफाइ

    खानेपानीमन्त्री वीना मगरले मानिसमा रहेको विकृति र नकारात्मक सोचलाई सफा गर्नसके सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सकिने बताउनुभएको छ ।  ४६ औँ विश्व वातावरण दिवसको अवसरमा आज भक्तपुरको सूर्यविनायकमा हनुमन्ते नदी सफाइ अभियानले आयोजना गरेको सरसफाइ, वृक्षरोपण तथा पार्क शिलान्यास कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री मगरले भन्नुभयो, “बाहिर देखिएका...

  • २०७६ जेठ २२, बुधबार

    सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्ने

    शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ ।   जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयबीच नौ बुँदे साझा प्रतिबद्धतासहित सो नियम ल्याइन लागिएको हो । भेलामा सहभागीले शैक्षिक विकासका लागि उक्त प्रतिबद्धता...

Pages