-
२०७६ जेठ २२, बुधबार
किसान लक्षित सुलभ कर्जा सहजीकरण कार्यक्रम
प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको कृषि बाली विज्ञानका लागि...
-
२०७६ जेठ २२, बुधबार
झरीमा तप्तप्, धुपमा हप्हप्, न गाँस न सुरक्षित बास चन्द्रमाया मानन्धरलाई
आजकाल बेतालमा आउने हुरीबतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ । जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि १ पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा टहरोभित्रै थाप्नुपर्ने अर्को पीडा पनि त छ उहाँलाई । साथमा रहेका अबोध दुई छोरीलाई च्यापेर बस्नुपर्ने बाध्यताले कहाँ छोडेको छ र बनेपा नगरपालिका–७ झापालीटोलकी ४६...
-
२०७६ जेठ २२, बुधबार
क्यान्सर पीडितलाई आर्थिक सहयोग
क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उहाँलाई आर्थिक स्रोत जुटाउन स्थानीयवासी रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा नै सङ्कलित रु एक लाख १८ हजार २०० सोही वडाका वडाध्यक्ष धु्रव लामिछानेले मङ्गलबार उहाँकी श्रीमती अप्सरा रेग्मीलाई प्रदान गर्नुभएको हो । ...
-
२०७६ जेठ २२, बुधबार
पोखरामा इद उलफित्र पर्व
पोखराका मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् । आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नाका साथै गरीबलाई दान दिने गरेका छन् । पोखरा–१३...
-
२०७६ जेठ २२, बुधबार
म्याग्दीका अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित
म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मङ्गलबार सम्मान गरियो । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सो सम्मान गरेको हो । उक्त समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु,...
-
२०७६ जेठ २२, बुधबार
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम निस्दीमा
पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरिएको छ । कार्यक्रमअन्तर्गत गाउँपालिकाका अति विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सदरमुकाम तानसेनदेखि करीब ७० किलोमिटर पूर्व विकट भेगमा रहेको निस्दी गाउँपालिका वडा नं ७ ज्यामिरेका सरस्वती माध्यमिक विद्यालय र सृष्टि प्राथमिक विद्यालयका दुई सय विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । स्थानीय...
-
२०७६ जेठ २२, बुधबार
राष्ट्रपति भण्डारीबाट बागेश्वरी मन्दिरमा पूजा
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आज पूजा गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिनुभयो ।पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुग्नुभएकी भण्डारीले राष्ट्रप्रमुख भएपछि पहिलोपटक उक्त देवीको पूजा गर्नुभएको हो । राष्ट्रपतिलाई मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले...
-
२०७६ जेठ २२, बुधबार
प्रयोगविहीन माटाका भाँडा बनाउने उपकरण
माटाका भाँडा बनाउने उपकरण ल्याएको एक वर्ष भइसक्दा पनि तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीमा राखिएको सो उपकरण प्रयोगमा आउन सकेको छैन । माटाका भाँडा बनाउन सहज, छिटो, छरितो होस् भनी गरीबी निवारण कोषले एक वर्षअघि उपलब्ध गराएको ती उपकरण प्रयोगमा नआउँदा त्यसै थन्क्याउनुपरेकोे कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । “यी सामग्री ल्याएको एक वर्ष भयो”, उहाँले भन्नुभयो, “हामीलाई प्रयोग गर्न आउँदैन,...
-
२०७६ जेठ २२, बुधबार
छुवाछूत अन्त्यका लागि सबै हातेमालो गरी अघि बढ्नपर्छ
उत्पीडनमा रहेका दलित समुदायको समस्या सबैको साझा समस्या रहेकाले सो समस्या समाधानका लागि सबैले हातेमालो गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिइएको छ । दलित र गैरदलितबीच सहकार्य गरेर अभियान सञ्चालन गर्न सके व्यवहारिक रुपमै जातीय छुवाछूतलगायत सामाजिक समस्या हटाउन सकिनेमा पनि यहाँ आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिए । दलित अधिकारका लागि साझा अभियान पाल्पा शाखाको आयोजना र जिल्ला समन्वय समितिको...
-
२०७६ जेठ २२, बुधबार
विद्यार्थी कुट्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा
विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गर्नुभएकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिनुभएको थियो । स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’सम्बन्धी मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि १० दिन म्याद थप गरी होलेरी...
-
२०७६ जेठ २२, बुधबार
विश्व वातावरण दिवसमा वृक्षरोपण
विश्व वातावरण दिवसका अवसर पारेर आज चन्द्रगढी सामुदायिक वनको परिसरमा जिल्लाका सबै सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी भएर वृक्षरोपण गरेका छन् । डिभिजन वन कार्यालय र सामुदायिक वनको संयुक्तरूपमा आयोजित कार्यक्रममा पानीसाझ र लामपाते जातका बिरुवा रोपिएको छ । १२ बिघा क्षेत्रफलमा रहेको सो सामुदायिक वनको चार बिघा जग्गामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, जिल्ला...
-
२०७६ जेठ २२, बुधबार
अर्ना संरक्षित क्षेत्रमा बोरिङबाट पानी आपूर्ति
चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो । खडेरीकै कारण निकुञ्जको अन्य खोलाका मुहान पनि सुक्दै जाने क्रममा रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । पुरानो...


