STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १७, शुक्रबार

    आलेख ः भाउ कुर्दै अलैँची किसान

    इलाम देउमाई नगरपालिका–२ का किसान घनश्याम खतिवडाले गत असोजमा उत्पादन भएको अलैँची बेच्नुभएको छैन । करीव चार मन अलैँची उत्पादन गर्नुभएका उहाँले भाउ बढ्ने आशामा अलैँची नबेच्नुभएको हो । अलैँची रोप्दाको समयमा पाँच वर्ष अघि प्रतिमन अलैँचीको मूल्य करीव एक लाख रुपैयाँ थियो । “के के न होला भनेर लगाइएको अलैँची ऐले भाउ नभएरै मा¥यो,” उहाँले भन्नुभयो । हुन त हाल पनि अलैँचीको भाउ नभएको भने हैन । तर पहिलाको...

  • २०७६ जेठ १७, शुक्रबार

    नगरपालिकालाई भौतिक संरचना हस्तान्तरण

    नेपाली सेनाको ज्वाला दल गणले निर्माण गरेको ट्रष्ट घर, शौचालय र पानी धारा भेरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  शिघ्र प्रभाव परियोजनाअन्तर्गत नेपाली सेनाले भेरी नगरपालिका– ४ बिपी पाटीकामा निर्माण गरिएको संरचना भेरी नगरपालिकालाई आज हस्तान्तरण गरिएको हो । धार्मिक तथा पर्यटनको महत्वसमेत बोकेको यस ठाउँमा निर्माण गरिएका संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने विश्वास लिइएको छ । सेनाको रु...

  • २०७६ जेठ १७, शुक्रबार

    आफ्नै पसलमा चोरी गर्ने पक्राउ

    बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ ।  घिमिरेले गत जेठ ११ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट रु तीन लाख १२ हजार नगदसहित रु ३२ लाख ९३ हजार २८४ मूल्य बराबरको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सामग्री हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।  उजुरीका आधारमा अनुसन्धान गर्दा...

  • २०७६ जेठ १७, शुक्रबार

    विकासका योजना छनोट गर्दा स्पष्ट हुनुपर्छ ः मुख्यमन्त्री राई

    प्रदेश समन्वय परिषद्को दोस्रो बैठकले प्रदेश तथा स्थानीय तहको सहकार्यलाई बलियो बनाउनुपर्ने सुझाव दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ आयोजित उक्त बैठकमा प्रस्तुत भएका योजनालाई दोहोरिन नदिने र राष्ट्रिय योजना आयोगले तयार पारेको आधारपत्रसँग प्रदेश तथा स्थानीय तहको तालमेल गराउन सके विकासले गति लिनसक्ने सहभागीहरूले जनाएका छन् । मुख्यमन्त्री शेरधन राईले बैठक शुभारम्भ गर्दै...

  • २०७६ जेठ १७, शुक्रबार

    पर्वतारोहीद्वारा विद्यालय भवन निर्माण

    दुई बेलायती पर्वतारोहीले भूकम्पबाट प्रभावित मकवानपुरका तीन वटा विद्यालयमा भवन निर्माण गरेको छ ।  पूर्वी मकवानपुर बकैया गाउँपालिकाका–९ भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत विद्यालय, वडा नं १० मन्थलीस्थित सरस्वती आधारभूत विद्यालय र वडा नं ११ ठिंगनस्थित लालकिरण आधारभूत विद्यालयमा दुई÷दुई कोठे भवन निर्माण गरिएको हो ।  बेलायतका पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाको सहयोगमा सो भवन निर्माण गरिएको हो...

  • २०७६ जेठ १७, शुक्रबार

    दुई स्वास्थ्य चौकी भवन हस्तान्तरण

    महाभारत र चौँरीदेउराली गाउँपालिकामा भूकम्पपश्चात् निर्माण गरिएका स्वास्थ्य चौकी भवन ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । कोरियाली रेडक्रस सोसाइटीको को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाबाट निर्माण भएका ती भवन गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको हो । महाभारत गाउँपालिका वडा नं ६ वनखुचौरमा निर्माण गरिएको स्वास्थ्य चौकी सोही  गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई...

  • २०७६ जेठ १७, शुक्रबार

    आलुको सत्यनाश

    हरेक वर्ष जेठ महीनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका–३ दमेकका किसान यो वर्ष भने शीतलमा बसेर दिन काटेका छन् । हिउँदेखेती उठाउन बारीमै दिन बिताउनुपर्ने समयमा किसानको दिन अग्लो रूखको छहारीमुनि बित्ने गरेको हो । वर्षा शुरु हुनुपूर्व पाखोबारीको सबै आलु उकेर्ने दमेकको नेपानेका भीमबहादुर थापा क्षेत्रीलाई अहिले भने फुर्सद नै फुर्सद छ । उहाँ जस्तै उहाँको परिवारका कसैलाई पनि कामको चटारो छैन् ।...

  • २०७६ जेठ १७, शुक्रबार

    योगशिक्षालाई विद्यालयस्तरमा राखिने

    योग शिक्षालाई विद्यालयस्तरमा राखिने भएको छ । शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग विषयलाई सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याउन पुस्तक छाप्ने काम भइरहेको जानकारी दिनुभयो । “नेपाल सरकारले योगलाई प्राथमिकतामा राखेको छ”, योग युनिभर्सिटी अफ अमेरिकाले बिहीबार आयोजना गरेको नेपाल–भारत योग प्रवद्र्वन कार्यक्रममा मन्त्री पोखरेलले भन्नुभयो ।  नेपालमा  चार वर्षदेखि  राष्ट्रिय र...

  • २०७६ जेठ १७, शुक्रबार

    जेष्ठ ३२ गते थापाथलीमा पानीको लागि हजारौं जनता भेला हुने

    उपत्यका खानेपानी पीडित दबाब समूहको संयोजकत्वमा खानेपानीको सहज व्यवस्था गर्नुपर्ने माग राख्दै आउँदो जेष्ठ ३२ गते शनिबार बिहान ११ बजे काठमाडौं र ललितपुरको सीमाना क्षेत्र थापाथली बागमती पुलमा विशाल नागरिक भेला हुने भएको छ । दबाब समूहका सदस्य प्रकाश अमात्य भन्नु हुन्छ, “सरकारले खानेपानीको व्यवस्था सहज रुपमा नगरेको हुनाले यसरी जनसमुदायबाट दबाब दिनको निमित उक्त कार्यक्रमको आयोजना गरिएको हो ।” मेलम्ची...

  • २०७६ जेठ १७, शुक्रबार

    मनकामना मन्दिरमा भारतीय भक्तजनको भीड

    गोर्खाको मनकामना मन्दिरमा यतिबेला दर्शन गर्नेहरु आधाभन्दा बढी भारतीय भक्तजन हुन थालेका छन् । भारतमा चर्को गर्मी छल्न घुम्न आउने पर्यटकहरु बढेसँगै मनकामना मन्दिर भारतीय पर्यटकले भरिएको हो । मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक गिरिधारी सापकोटाका अनुसार यो महीना शुरु भए यता मनकामना आउनेमा आधाभन्दा बढी भारतीय भक्तजन आउन थालेका हुन । मन्दिरमा दर्शन गर्न दैनिक ६÷७ हजार हाराहारी भक्तजन आउने...

  • २०७६ जेठ १७, शुक्रबार

    खोटाङमा साकेलाको रौनक

    किरात समुदायको महान् चाड साकेला उभौली का अवसरमा अहिले खोटाङमा वेग्लै रौनक छाएको छ । ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महीना दिनसम्म मनाउने पर्व हो साकेला उभौली ।् साकेलाको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा...

  • २०७६ जेठ १७, शुक्रबार

    धनुष आकारमा गाउँपालिका भवन बन्दै

    झापा हल्दिबारी गाउँपालिकाको भवन धनुष आकारमा निर्माण हुने भएको छ ।  जिल्लामै पहिलो पटक धनुष आकारको गाउँपालिकाको भवन निर्माण हुन लागेको हो । स्थानीयवासीले उपलब्ध गराएको एक बिघा नौ कठ्ठा जग्गामा रु तीन करोड ९० लाख ७९ हजार ३०३ को लागतमा सो भवन निर्माण हुन लागेको हो ।  हल्दिबारी–५ स्थित निर्माण हुन लागेको सो भवनसंगै ऐतिहासिक धनुष पोखरी रहेको छ । ऐतिहासिक धनुष पोखरीको पहिचान स्थापित गर्ने उद्देश्यले...

Pages