STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १७, शुक्रबार

    सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक उपप्रधानमन्त्री यादव

    पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन् । सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५...

  • २०७६ जेठ १७, शुक्रबार

    काबुलमा कार बम आक्रमण

    अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले क्वाला–ए–वाजिर इलाकामा रहेका विदेशी सैनिकमाथि लक्षित गरी बम बिस्फोट गराइएको जानकारी दिनुभयो । यो घटना काबुल शहरको पूर्वतर्फ काबुल–जलालाबाद सडकमा भएको छ । स्थानीय समय अनुसार बिहान ८।४० मा भएको उक्त घटनाका घाइतेको उद्धार...

  • २०७६ जेठ १७, शुक्रबार

    इराकी बिस्फोटनमा चारको मृत्यु

    इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किर्कुकको मुख्य सडकमा छ वटा बम बिस्फोट गराइएको थियो । किर्कुक राजधानी बग्दादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको छ । किर्कुकका प्रान्तीय प्रहरी प्रवक्ता अम्मार अल जुबोरीले उक्त बिस्फोटका कारण एक जना प्रहरीको पनि मृत्यु भएको जानकारी दिनुभयो...

  • २०७६ जेठ १७, शुक्रबार

    हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

    यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको हो । साउदी अग्रसरतामा हवाई आक्रमण तिब्र भएसँगै ढाली प्रान्तमा पहिल्ला केही दिनदेखि सशस्त्र सङ्घर्ष चर्किएको छ । भिडन्तकै क्रममा सरकारी सेनाका ब्रिगेड कमान्डर सैफ सुक्राको मृत्यु भएको हो । स्रोतका...

  • २०७६ जेठ १७, शुक्रबार

    सात वर्षीय बालिका बलात्कृत

    दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । विहादी गाउँपालिकाकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती गरेको स्वीकार गरेको हुवास इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी...

  • २०७६ जेठ १७, शुक्रबार

    ४० नयाँ गन्तव्यको खोजी ः पर्यटनमन्त्री लम्साल

    गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिनुभयो । आज...

  • २०७६ जेठ १७, शुक्रबार

    डुबान प्रभावित क्षेत्रको अनुगमन

    बाँकेको नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारी तथा प्राविधिकसहितको संयुक्त टोलीले बाढीका कारण डुबानबाट वर्षेनी असर पर्दै आएको जिल्लाका विभिन्न क्षेत्र अनुगमन गरेको छ ।  नेपालबाट सिँचाइ विभागका महानिर्देशक सरिता दवाडी र भारतबाट सिँचाइ विज्ञ केएल दास नेतृत्वको संयुक्त टोलीले राप्ती नदीको सिधनियाँ घाटदेखि सीमावर्ती सुइँया बघौडासम्मको क्षेत्र अनुगमन गरेको हो । टोलीमा सहभागी नरैनापुर गाउँपालिकाका...

  • २०७६ जेठ १७, शुक्रबार

    क्रिकेट विश्वकप, इङ्ल्यान्डद्वारा दक्षिण अफ्रिका १०४ रनले पराजित

    एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारदेखि इङ्ल्यान्डमा शुरु भएको छ । पहिलो तथा उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डका बेन स्टोकको प्रभावशाली प्रदर्शनका कारण दक्षिण अफ्रिका १०४ रनले पराजित भएको छ । ओभलमा खेलिएको यस खेलमा बेन स्टोकको ८९ रनको व्यक्तिगत रनसँगै इङ्ल्यान्डले आठ विकेटको क्षतिमा ३११ रनको विशाल स्कोर खडा गरेको थियो । स्टोकले उत्कृष्ट क्षेत्ररक्षण गर्नुका साथै केबल १२ रन दिएर दुई विकेट...

  • २०७६ जेठ १७, शुक्रबार

    टेनिस, फ्रेन्च ओपनमा प्रभावशाली खेलाडीको जित

    फ्रान्सको पेरिसमा जारी फ्रेन्च ओपनमा विश्व वरियतामा माथिल्लो स्थानमा रहेका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी छ । पाँच दिनको खेल सकिँदा पुरुषतर्फ नोभाक जोकोभिक तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भएका खेलमा साल्भाटोर कारुसो, जा–लेनार्ड स्ट्रफ, बोर्ना कोरिक, फाबियो फोगनिनी, रोबर्टो बाउटिस्टा, डुसान लोजोभिक लगायतका खेलाडी विजयी भएका छन् । चार वर्षपछि पहिलो पटक फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश...

  • २०७६ जेठ १७, शुक्रबार

    नयाँ सीमा स्तम्भ निर्माणमा समस्या

    नेपाल–भारत सीमा क्षेत्र कैलालीको खक्रौला, फूलबारी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा स्थानीयवासीको विरोधका कारण नयाँ सीमा स्तम्भ निर्माणमा समस्या सिर्जना भएको छ । खक्रौलामा नयाँ स्तम्भ निर्माण गर्नका लागि गरिएको सर्भेक्षणका क्रममा साबिक ठाउँमा रहेको स्तम्भभन्दा करीब डेढ मिटर दक्षिण पश्चिममा निर्माण गर्नुपर्ने देखिएको भए पनि स्थानीयवासीको विरोधका कारण नयाँ स्तम्भ निर्माण हुन नसकेको नेपाल–भारत सीमा...

  • २०७६ जेठ १७, शुक्रबार

    घूससहित वडा सदस्य पक्राउ

    महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घूस लिँदै गर्दा पक्राउ गरेको हो । सो गाउँपालिका–४ मा रु १० लाखको लागतमा निर्माण भइरहेको ‘...

  • २०७६ जेठ १७, शुक्रबार

    कैदीबन्दीको सकसपूर्ण अवस्था

    दुई सय पचास जना अट्ने स्थानमा करीब ७५० जनालाई राखियो भने ती मानिसको अवस्था कस्तो होला रु हो, नेपालगञ्ज शहरको ठीक बीच भागमा रहेको बाँके जिल्ला कारागारका कैदीबन्दीले अहिले यस्तै सकसपूर्ण अवस्था र नियतिको सामना गर्नु परेको छ । कोठाभित्र मात्र नभएर बाहिरसमेत कैदीबन्दी बस्ने, सुत्ने स्थानको अभाव छ । “कारागारमा महिला कैदीबन्दी ६४ र तीन आश्रित बालबालिकासहित ७४५ जनालाई राखिएको छ, क्षमताभन्दा बढी भएकाले...

Pages