-
२०७६ जेठ १०, शुक्रबार
कुसुण्डा भाषा बोल्ने ज्ञानीमैयाको घरमा खानेपानी धारा जडान
विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्नुभएकी दाङ लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डाको घरमा खानेपानीको धारा जडान गरिएको छ । यसअघि खोलाको पानी पिउँदै आउनुभएकी कुसुण्डाको घरमा लमही खानेपानी तथा सरसफाइ संस्थाले धारा जडान गरेको हो । धारा जडान गरेपछि ज्ञानीमैयालाई अब खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता टरेको छ । ८५ वर्षीया ज्ञानीमैया घरमा एक्लै भएको र स्वच्छ खानेपानीको पहुँचभन्दा टाढा...
-
२०७६ जेठ १०, शुक्रबार
बस पुगेपछि गाउँमा खुशियाली
निस्दी गाउँपालिका वडा नं २ को सहलकोटमा पहिलोपटक बस पुगेको छ । बिहीबार पश्चिम नेपाल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ५७९३ नंको बस सहलकोटको पुरानथर गाउँमा पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयको सक्रियतामा सडक स्तरोन्नति गरेपछि गाउँमा बस पुगेको हो । गाउँमा बस लिएर पुगेका बस चालक र व्यवसायी समितिका पदाधिकारीलाई स्थानीयवासीले खुशी हँुदै स्वागत गरेका छन्...
-
२०७६ जेठ १०, शुक्रबार
मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावले आज शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार अहिले...
-
२०७६ जेठ १०, शुक्रबार
जन्ती र मलामीको अभाव
बसाइँसराइकै कारण केही वर्ष पहिलासम्म खचाखच रहेका गाउँ रित्तिएका छन् । ठूलो दूरीमा रहेका केही घरमा बस्नेहरुलाई जिउँदाको जन्ती र मर्दाको मलामी पाउनसमेत कठिन हुने गरेको छ । “बागलुङका गाउँबाट बसाइँ सर्नेको ठूलै लर्को दखियो, अलिअलि भएका युवापुस्ता विदेशमा, गाउँमा केटाकेटी र बूढाबूढीमात्रै”, जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र भट्टराईले भन्नुभयो, “शहर र सुगम खोज्नेका कारण गाउँ...
-
२०७६ जेठ १०, शुक्रबार
गलत सूचनाले विदेशी पर्यटक समस्यामा
अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडाँैबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो । अपि नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ । रसियाका कुरुगाभा इलिना र...
-
२०७६ जेठ १०, शुक्रबार
ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो...
-
२०७६ जेठ १०, शुक्रबार
अन्योलमा गणतन्त्र स्तम्भ
देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा छ । स्तम्भको नक्साको ढाँचा सबै तयार भए पनि बजेटको सुनिश्चित नहुँदा स्तम्भ निर्माण अन्योलमा रहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । स्तम्भ निर्माण गर्न रु एक अर्ब ८७ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जनले राससलाई...
-
२०७६ जेठ १०, शुक्रबार
वडाध्यक्ष कुटिएपछि स्थानीयको विरोध
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयले आज बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । बिहीबार राति पुनर्वासको डोकेबजार प्रहरी चौकीमा विवाद मिलाउने क्रममा प्रहरीले वडाध्यक्ष तुलसी अर्यालमाथि कुटपिट गरेको हो । कुटपिटबाट घाइते भएका अर्यालको टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारका लागि धनगढी लगिएको छ । स्थानीयवासीले वडाध्यक्षमाथि कुटपिट भएपछि डोकेबजार चौकीमाथि...
-
२०७६ जेठ १०, शुक्रबार
छाब्दीखोला दोभानमा घाट निर्माण
ब्यास नगरपालिका वडा नं १ स्थित छाब्दीखोला दोभानमा कलाकार विक्रम परियारको स्मृतिमा विक्रम दाहसंस्कार घाटको निर्माण कार्य थालिएको छ । ब्यास नगरपालिकाका चार वटा वडाको सक्रियतामा विक्रम दाहसंस्कार घाटको निर्माण कार्य थालिएको हो । उक्त घाट निर्माणका लागि ब्यास १ नं वडा कार्यालयले रु छ लाख, ब्यास १३ नं वडाले रु तीन लाख, ब्यास १२ नं वडाले रु दुई लाख ५० हजार र ब्यास १२ नं वडाले रु दुई लाख विनियोजन गरेको...
-
२०७६ जेठ १०, शुक्रबार
सफाइ अभियानमा स्थानीयवासी
कैलालीका योग साधकहरुले शहर सफा राख्न सन्देश दिने उद्देश्यले डेढ वर्षअघि थालेकोे सफाइ अभियानमा स्थानीयवासीको सक्रियता बढ्न थालेको छ । योग साधकसँगै जनप्रतिनिधि, प्रहरी, कर्मचारी, शिक्षक, समाजसेबी र व्यापारीहरु सरसफाइ अभियानमा सहभागी हुन थालेका छन् । योग साधकहरुले कैलाली जिल्लाका विभिन्न बजारमा प्रत्येक शनिबार सरसफाइ गर्दै आएका छन् । उनीहरूले शुरुका दिनमा विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्तिहरुलाई...
-
२०७६ जेठ १०, शुक्रबार
महरीमा बत्ती
पातारासी गाउँपालिकाको महरी गाउँमा बिजुली बलेको छ । उक्त गाउँमा रहेका ४२ घरधुरी झलमल भएका छन् । गाउँमा पहिलो पटक बिजुली बलेपछि त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । दियालोको भरमा रात बिताउने गरेका स्थानीयवासीले पहिलो पटक बिजुली बाल्न पाएका हुन् । रु ७० लाखको लागतमा ६ किलोवाट बिजुली उत्पादन गरिएको हो । बिजुली परीक्षणका क्रममा रहेकाले अझै क्षमता बढ्न सक्ने अनुमान गरिएको छ । गाउँमा २४ सै घण्टा...
-
२०७६ जेठ १०, शुक्रबार
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजारको निवेदन
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब तीन हजारले निवेदन दिएका छन् । नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा ल्याइएका जिल्लाका छ गाउँपालिकाका दुई हजार ९५४ जनाले बेरोजगार फारम भरेका हुन् । प्रत्येक स्थानीय तहको वडाबाटै बेरोजगार हुनेहरुको तथ्याङ्क सङ्कलन गरिएको थियो । चार वटा नगरपालिकामा...


