STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १२, आइतबार

    वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो

    जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आज  अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उहाँको साथमा भएको रु चार लाख लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ । उहाँ पानबारीबाट दिउँसो को१८प ५२९४ नंं नम्बरको मोटरसाइकलबाट धरान फर्कंदै गर्दा   तीन जनाको समूहले रोकेर लिफ्ट मागेका थिए । रोकेपछि लुटपाट गरेको र प्रतीकार गर्दा गोली प्रहार...

  • २०७६ जेठ १०, शुक्रबार

    चितवन दूधमा आत्मनिर्भर

    चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिनुभयो । विभिन्न समिति र उपसमितिहरु गठन गरी दूध र दुग्धजन्य पदार्थको वास्तविक तथ्याङ्क लिइएको उहाँले बताउनुभयो । कृषि तथा पशुपक्षीको...

  • २०७६ जेठ १०, शुक्रबार

    जिपबाट हाम फाल्दा एकको मृत्यु

    गुडिरहेको जिपबाट हामफाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नंको जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जिप ब्याक गर्दा हामफालेको बताइएको छ । हामफाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका...

  • २०७६ जेठ १०, शुक्रबार

    फरार अभियुक्त २० वर्षपछि पक्राउ

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले २० वर्षपछि बिहीबार सुर्खेतका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अभियुक्त साविकको साटाखानी गाविस–७ र हालको लेकबेँसी नगरपालिका–९ साँझेचौर सुर्खेतका हर्खबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीका अनुसार अभियुक्त दर्लामी विसं २०५६ कात्तिक ४ गते...

  • २०७६ जेठ १०, शुक्रबार

    जुम्लामा कालीमार्सी धान रोपाइँ शुरु

    जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ शुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् । जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम हुँदैछ । जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न शुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ...

  • २०७६ जेठ १०, शुक्रबार

    मोटरसाइकल किनबेचलाई ‘भटभटे एप’

    के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ रु त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो ।  यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण सो एपमा ‘पोष्ट’ गर्न सक्नेछन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाइन सम्पर्क...

  • २०७६ जेठ १०, शुक्रबार

    मोदीलाई सभापति देउवाको बधाई

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिनुभएको छ । देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिनुभएको हो । नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध...

  • २०७६ जेठ १०, शुक्रबार

    तेजपात भण्डारण प्रशोधन केन्द्रमा आगलागी, अढाई करोड क्षति

    उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा रु अढाई करोड बराबरको क्षति भएको छ । बिहीबार साँझ ५ः३० बजेदेखि आगलागी शुरु भएको र प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयवासीले गए राति १२ बजेमात्र आगलागी नियन्त्रणमा लिन सफल भएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो । तेजपातसहितको ठूलो भण्डारण घर र औषधि प्रशोधन...

  • २०७६ जेठ १०, शुक्रबार

    लुटेरा पक्राउ

    काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ नमोबुद्धस्थित जङ्गलछेउमा दाप्चाबाट सामग्री बेचेर फर्किएको बा३ख ७३६४ नंको गाडीमा हतियार देखाई लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा खोटाङ जिल्ला ऐँसेलुखर्क निवासी किशोर राई र गाडी चालक काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका–१ निवासी धर्मराज घोरसाइने रहेका...

  • २०७६ जेठ १०, शुक्रबार

    चन्द समूहका घोराही इन्चार्जद्वारा पार्टी परित्याग

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिनुभएको छ ।  उहाँले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएको बताउनुभयो । उहाँले अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आम नागरिकसरह जीवनयापन गर्न चाहेको बताउनुभयो । पछिल्लो...

  • २०७६ जेठ १०, शुक्रबार

    सिसी क्यामेरा छोपेर चोरी

    सप्तरीको राजविराजमा रहेको ग्लोबल कृषि सहकारी हाटबजारमा बिहीबार चोरी भएको छ । चोरी गर्न आएका चोरले राजविराज–७ स्थित बजारमा राखिएको सिसी क्यामेरामा कालो रुमालले बाँधी पाँच पसलबाट चोरी गरेको ग्लोबल बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले जानकारी दिनुभयो । चोरले दृष्टि चामल पसलबाट रु २५ हजार, गुलशन खातुनको किराना पसलबाट रु ५० हजार, रोशनी कस्मेटिक पसलबाट रु आठ हजार नगदसहित २५ हजार बराबरको सामान...

  • २०७६ जेठ १०, शुक्रबार

    भारतीय तीर्थयात्रीबाट रु आठ लाख राजश्व सङ्कलन

    हुम्लामा गत शनिबारबाट कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै वर्षेनी हजाराँै तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्ने गर्दछन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए । शनिबारदेखि बिहीबारसम्म नेपालगञ्ज हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३३२ महिला...

Pages